Top 4

    Showing 6,721-6,730 of 9,401 items.
  • सामुदायिक विद्यालयमा भिटामिन ‘डी’ को खोप लगाइने

    धरान । धरानमा रहेका सामुदायिक विद्यालयमा रहेका कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिड ‘डी’ खोप लगाइने भएको छ । स्वास्थ्य क्षेत्रमा गरिब तथा असहायको पहिचान गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर रोटरी क्लब धरान घोपाले धरानभित्र रहेका ४९ सामुदायिक विद्यालयका १२ हजार विद्यार्थीलाई भिटामिन डी को खोप लगाइने आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । आयोजक रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष तुलसीप्रसाद वस्तीले भिटामिन डी को कमीले धेरै रोगहरु लाग्ने भएपनि भिटामिन शरीरलाई चाहने भन्ने ज्ञान नभएकैले निजी विद्यालय तथा अभिभावकसँग सहल्लाह गर

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिवरात्री नजिकिदै : साधुहरुको तयारी शुरु

    धरान । सनातन हिन्दु धर्मालम्बीहरुको चाड मध्ये शिवरात्री आउँन केही दिन बाँकी रहँदा धरान स्थित पिण्डेश्वर मन्दिरमा चहलपहल शुरु भएको छ । कोरोनाका कारण विगत दुई वर्ष देखि मेला बन्द भएको थियो । यस वर्ष देखि केही खुकुलो भए पछि प्रदेश नं. १ कै धार्मिक स्थल धरान १४ पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका बाबाहरु धरान आउने क्रम शुरु भएको छ । अहिलेदेखि नै बाबाहरु शिवरात्री कसरी मनाउने भन्ने विषयमा साधुहरु उत्साहित बनेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व विशेष गरी काठमाण्डौको पशुपतिनाथ, झापाको अर्जुनधारा, धरानको पिण्डेश्वर लगायतका शिव मन्दिरहरुमा साधुहरुको घुईचो लाग्ने गर्दछ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलाडी उत्पादनमा उपमहानगरपालिकाको जोड

    धरान । धरान उपमहानगरपालिकाले खेलाडी उत्पादनमा जोड दिदै आएको छ । ग्रास रुटबाट नै खेलाडी उत्पादन गर्ने अभिप्रायले बालबालिकालाई फुटखेलको प्रशिक्षण शनिवारबाट शुरु गरेको छ । गत बर्षबाट नै शुरु गरेको यो अभियानमा यो बर्ष समेत शनिवारबाट प्रशिक्षण शुरु गरिएको हो । कोरोना संक्रमणका कारण समयमै हुन नसकेको प्रशिक्षण असारसम्म गरिने जनाइएको छ । खेलकुद विकास समिति सदस्य तथा प्रशिक्षण कार्यक्रम संयोजक सतिस केसीले जानकारी दिए । उनका अनुसार गत जेष्ठ महिनामै आयोजना गर्नुपर्ने कार्यक्रम फागुनबाट मात्र शुरु गरिएको बताए । उनले भने–‘कोरोना संक्रमणका कारण जेष्ठ हुनुपर्ने कार्यक्रम फागुनमा सरेको हो, अबदे

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्मार्ट बसपार्कले गति लियो

    धरान । करिब दुई दशक देखि विवादित बनेको धरानको स्मार्ट बसपार्कको निर्माणले गति लिएको छ । विवाद साम्य भएपछि बसपार्कको निर्माण कार्यको पहिलो चरण तिब्र गतिमा अघि बढेको हो । डिपिआर अनुसार बसपार्कलाई स्मार्ट बसपार्क बनाउने योजना अनुसार काम अघि बढेको छ । बसपार्कका लागि भुइ सतहमा ढलाइ हुदैछ भने चारकोशे जंगल हुँदै जाने मदन भण्डारी राजमार्ग जोड्नका लागि सडक तथा ड्रेनको काम समेत भइरहेको छ । समयमै बसपार्क निर्माण सम्पन्न गर्न दैनिक ४० देखि ५० जना मजदुरहरु खटिएका छन् । तिन वर्ष भित्रमा स्मार्ट बसपार्क निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ । धरानको भानुचोकमा रहेको बसपार्क साघुँरो हँुदै गए पछि

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,815 पटक पढिएको
    • "सन्देश तिमिल्सीना"
  • शनिबार धरान र बराहमा दिनभर बिजुली अवरुद्ध हुने

    धरान/ शनिवार (भोली) धरान उपमहानगरपालिका र बराहक्षेत्रको वडा नं १ र २ मा दिनभर बिजुली अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले भोली बिहान करिब ९ घण्टा लाइन अवरुद्ध हुनेछ । निर्धारित समय अगावै काम सम्पन्न भएमा साँझ५ बजे अगावै विद्युत सुचारु हुुने केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दकपुरको २० वर्षे पर्यटन गुरुयोजना

    धरान  । तेस्रो मुलकका २ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने इलामको गाउँपालिकाले २० वर्षे गुरुयोजना निर्माणको काम शुरु गरेको छ । पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको हो । तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको हो । सन्दकपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र पर्यटन विज्ञको प्रत्यक्ष सहभागितामा गुरुयोजना निर्माण थालिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । गुरुयोजनामा गाउँपालिका भित्रका पर्यटकी

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दोषी भए सजाय भोग्न तयार छु’

    धरान । बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँको दमौली प्रहरी कार्यालयमा उजुरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मी व्यक्तिहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ । उनले लेखेका छन्, ‘अडियो क्लिपमा समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।’ पलले अडियो रेकर्डसहित दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को नाममा शेर्पा जोड्न माग

    धरान । प्रदेश एक सरकारले नामाकरणका लागि सर्वदलिय सहजिकरण गरिरहेका बेला नेपाल शेर्पा संघले शेर्पालुङ–किरात–मधेश–लिम्बुवान नामकारण गर्न माग गरेको छ । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित पुगेको टोलीले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षम

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संचार विधेयक ल्याउने तयारी: ‘पत्रकारको हितमा छैन्’

    मोरङ/ प्रदेश एक सरकारले आउँदो फागुन १५ गते देखि शुरु हुने अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउने तयारी गरेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल समेत भएको छ । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बन्धन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको प्रदेश सरकारले दाबी गरेको छ । छलफलका क्रममा सरक

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भुमि आयोगको काम झन्झटिलो: ‘नो लालपूर्जा नो भोट’

    धरान/ फास्ट ट्रयाकबाट धनीपूर्जा वितरणको माग राख्दै सुकुम्बासीहरुले अहिले ‘नो लालपूर्जा नो भोट’ अभियान देशै भरी संचालन गरेका छन् । उनीहरुले स्थानीय चुनाव अगावै सुकुम्बासीहरुलाई ‘फास्ट ट्रयाक’ बाट धनी पूर्जा वितरण नगरिए स्थानीय निर्वाचनमा भाग नलिने भन्दै देशका विभिन्न स्थानीय तहहरुमा ज्ञापनपत्र नै बुझाएका छन् ।सुकुम्बासीको हक हितमा काम गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले फास्टट्रयाकबाट लालपूर्जा वितरणको माग राख्दै स्थानीय चुनावभन्दा अगाडि भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण नगरे निर्वाचनमा भाग नै नलिने चेतावनी समेत दिएका छन । बुधबार समाजले सुन्दर हरैचा नग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,220 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved