धरान/ धरान उपमहानगरपालिका वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार वडा नं. ३ का वडाध्यक्ष विद्या शुन्दर शाक्यले १ हजार ४२ मत प्राप्त गर्दे विजयी भएका हुन् । जम्मा खसेको मत १ हजार ९ सय ८७ मतमध्ये वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४ सय १७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १हजार ४२ मत पाए भने पराजित पाख्रिनले ६ सय २५ मत पाए ।
यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १हजार४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १हजार८३ मत पाइन् । खुला सदस्य मनिष खड्गीले ११०६ मतले जिते भने मिङ्मा भोटेले ९सय ९९ मत ल्याएर विजयी भए ।
त्यसैगरी, वडा ३ बाट गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ७ सय २० मत पाए भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ४सय७, स्वतन्त्र हर्क साम्पाङले ५सय१४ मत प्राप्त गरेका छन् । यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८सय२३ र एमालेका उम्मेद्वार पदम इस्वोले ४सय ९७ मत पाए ।