धरान/ धरान उपमहानगरपालिकाको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका धनबहादुर राईले ८ सय २६ मत मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी चन्द्र कुलुङले ६ सय १२ मत प्राप्त गरे । यसैगरि, दलित महिलामा लिलामाया गहतेले ८ सय १३, खुला महिला सदस्य मिना तामाङले ८ सय २९, खुला सदस्यमा राजेन्द्र राईले ८सय ३ र गोरसमान गुरुङले ७ सय ४७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
वडा ४ मा मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६सय२५, गठबन्धनका किशोर राईले ५ सय ९६ र स्वतन्त्र हर्क साम्पाङले २ सय ३५ मत पाएका थिए ।
यस्तै, उपमेयरमा एमालेका पदम इस्वोले ७ सय ६१ र गठबन्धनका अइन्द्रबिक्रम बेघाले ६ सय ८० मत पाएका छन् । कुल २ हजार ३ सय ९० मतदाता रहेको वडा नं ४ मा १ हजार ७ सय ४२ मत खसेको थियो ।