धरान । धरान उपमहानगरपालिकाको विहानसम्म १० हजार १ सय ४८ मत गणना हुदाँ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार किशोर राईसँग एमाले उम्मद्वार मञ्जु भण्डारी मतान्तर घटाएकी छिन् ।
सुरुवाती गणनामा काँग्रेसका उम्मद्वार अग्र स्थानमा रहँदा स्वतन्त्र उम्मद्वार हर्क साम्पाङ दोस्रो स्थानमा रहेका थिए भने मञ्जु भण्डारी तेस्रो स्थानबाट पच्छ्याइरहेकी थिइन् । वडा नं. ४ देखी मतान्तर घटाउँदै मञ्जुले दोस्रो स्थानमा आइपुगेकी हुन् ।
मेयरमा कांग्रेसका किशोर राईले ३हजार ३ सय २२ ल्याउँदा नेकपा एमालेकी मञ्जु भण्डारीले २ हजार ५ सय ३ मत प्राप्त गरेकि छिन् भने स्वतन्त उम्मेद्वार हर्क साम्पाङले २ हजार २ सय ९५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ३ हजार ५ सय ९१ मत ल्याउँदा नेकपा एमालेका पदम लिम्बुले ३ हजार मत ल्याएका छन् । लिम्बुले पनि मतान्तर घटाएका हुन् ।