धरान । विराटनगर महानगरपालिकाको कलेज रोड पुर्व अक्सफोर्ड एजुकेशन एण्ड भिषा सर्भिसको कार्यालय शुक्रबार देखि संचालनमा आएको छ । प्लस टु पास गरि अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सहजीकरण गर्ने उद्देश्यले सेवा शुरु गरिएको संस्थाका संचालक त्रिलोचन गौतमले बताए । गौतम सगरमाथा बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल समेत हुन् । अष्ट्रेलियामा गोपाल गौतम विगत १५ वर्ष देखि सिड्नीमा बसी सहजीकरणको काम गर्दै आएका थिए । संस्थाले आफुले रोजेको कलेजमा पढ्ने व्यवस्था मिलाउनुका साथै खाने, बस्ने र काम समेत मिलाउने उनले बताए । अष्ट्रेलियामा एकाउन्टिङ, आइटी, नर्सिङ, इन्जिनियरिङ, हस्पिटालिटी, मेनेजमेन्ट, कुकरी विषय
धरान । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ । सामुहिक वस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका परिवार छन् । ‘महानगर आवास’ योजना अन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले वस्ती निर्माण गरी समुदायमा हस्तान्तरण गरेको हो ।
धरान । विराटनगर स्थित शिक्षादिप कलेजले चार्टर एकाउण्टेन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ । कलेजमा कक्षा १२ मा मेनेजमेन्ट संकायमा अध्ययरन ४ सय ६० विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ । आइतबारदेखि हुरु भएको अभिमुखिकरण सोमबार समापन भएको हो । सहभागि विद्यार्थीलाई सिए किन्जन पोखरेलले सहजिकरण गरेका थिए । चार्टर एकाण्टेन सम्बन्धी अभिमुखिकरणले भोली गएर विद्यार्थीलाई सिए पढ्न सजिलो हुने भएकोले हरेक वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कलेजले सिए सम्बन्धी अभिमुखिकरण तालिम दिने गरेको कलेजका को–अर्डिनेटर शंकर भट्टराईले बताए ।
धरान । नेपाल चिकित्सा आयोगले विराटनगरमा रहेको मेडिकल कलेजलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । चिकित्सा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले नोबल मेडिकल कलेजले विद्यार्थीको होस्टेलको वहानामा बढी रकम लिएको पाइएको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत कलेजले वेवास्ता गरेको भन्दै कलेजलाई कार्वाही भन्दा अर्को विकल्प नरहने बताएका हुन् । प्रा.डा. गिरीले सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिबद्धता जनाउदै भने, ‘छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको, छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन मिल्दैन ।
धरान । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिए पछि दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने सर्वसाधारण समस्यामा परेका छन् । धरानमा पछिल्लो समय उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको जीवनयापनमा समस्या भएको उनीहरुको गुनासो छ । धरान १५ की विमला बस्नेतले केही दिन अघिसम्म २ हजार ४ सय पर्ने सेलो तेल ३ हजारमा खरिद गरेको बताइन् । एक कार्टुनमा आधा केजीको २० पोका हुने उनी बताउँछिन् । अहिले त्यही कार्टुनलाई तीन हजार हाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामानको मूल्य यति बढेको छ कि किनेर खान नै धौ धौ पर्न थाल्यो । एक कार्टुन तेलमा ५०÷६० होइन एकैपटक ६ सय बढेपछि कसरी
धरान । नेपालको प्रमुख आय स्रोतको रुपमा चिनिएको पर्यटन क्षेत्र सरकारको कागजी नितिकै कारण गुम्दै जान थालेको छ । योजनाहरु व्यवहारमा नभई कागजमै मात्र सिमित हुँदा पर्यटन क्षेत्रहरुको आय आर्जन खस्किदै गएको हो । यसको उदाहरण सुनसरीको अमाह सिमसार बनेको छ । बराहक्षेत्र नगरपालिका ४ र ५ मा रहेको सिमसारको प्रवद्र्धनमा स्थानीय सरकारबाट खासै भुमिका खेल्न नसक्दा आयआर्जन खस्किदै गएको स्थानीयको गुनासो छ । गाउँकै आयआर्जनमा टेवा पु¥याउदै आएको सिमसारको संरक्षण र प्रर्वद्धनमा सरकारले खासै भुमिका खेल्न नसकेको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेले बताउँछन् । उनले भने, “माथिल्लो निकायहरुबाट क
धरान । एलाइनेट जिमको आयोजनामा आयोजित २१ औ मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आषिस राईले हात पारेका छन् । ७५ केजि तौल समुहका विजेता अषिश राईले नगद १ लाख रुपैया संगै तिन लाख रुपैया वरावरको मल्टि स्मिथ मेसिन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । मल्टि मेसिन फिटनेस चोइस इटहरीले स्पोन्सर गरेका हुन् । त्यस्तै गरि ७० तौल समुहका अर्पण लिम्वु दोस्रो र ६५ तौल समुहका सन्तोष लिम्वु तेस्रो र झुनाज फिटनेसका सन्तोष चौथो भएका छन । अर्पण र सन्तोष क्रन्च फिटनेसका हुन । उनिहरुले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि प्र
धरान । प्रविधिको प्रयोग बाट असहायका लागि, समाजका लागि केहि राम्रो पनि गर्न सकिन्छ भन्ने उदाहरण टिम ए टिकटकर्स गु्रपले देखाएको छ । टिम ए टिकटकर्स ग्रुप विदेशमा रहेको नेपालीहरुको हो । उनीहरुले केहि समय अघि मात्र टिकटक लाइभ मार्फत च्यारिटि अभियान चलाएका थिए । जसलाई हेरेर देश विदेशमा रहेका टिकटकर्सहरुले आर्थिक सहयोग गरेका छन । टिम ए टिकटकर्स ग्रुपले धरान पोजिटिभ समुहको मातहतमा रहेको एचआइभी पोजिटिभ तथा प्रभावित वालवालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षयकोषलाई एक लाख ९ हजार ६ सय रुपैया आर्थिक सहयोग गरेका छन । उनिहरुले एचआइभी संक्रमित वालवालिका र उनीहरुको अभिभावकलाई खाना र खाजा समेत खुवाएका थिए ।
धरान । सुनसरीको दुहबी नगरपालिकाको आयोजना र एलेभेन एरोज क्लबको संयोजनमा भएको चौथो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर ४ लाई २–० गोल अन्तरले पछि पार्दै चौथो मेयरकपको उपाधी हात पारेको हो । दुहबी वडा नम्बर १० का कुन्दन चौधरीले खेलको दोस्रो हाफको २२ औं मिनेटमा १ गोल र अतिरिक्त समयको २ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडी चौधरी घोषित भए । उनले २ हजार नगद र मेडल प्राप्त गरे । उपाधी संगै दुहबी वडा नम्बर १० ले १ लाख १ हजार नगद तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ले ५१ हजार नग
धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोग