Top 4

    Showing 6,661-6,670 of 9,401 items.
  • ‘राज्यले दुर्घटना न्यूनिकरणका विषयमा केही सोचेकै छैन’

    धरान । लामो समयदेखि यातायात क्षेत्रका काम गर्दै आउनु भएका हिरा उदासले ग्रामीण पहाडी क्षेत्रमा दुर्घटना बढ्नुमा अवैज्ञानिक ढंगले निर्माण भएका बाटो मुख्य कारक भएको बताएका छन् । दुई दशक लामो समयसम्म पूर्वाञ्चल यातायात व्यवसायी संघको अध्यक्ष भएर काम गरेका र हाल संरक्षक रहेका उदासले गाउ गाउमा सहरी साधन पु¥याउदा विकासले तिब्रता पाएको मान्ने सघीय, प्रदेश सरकारको मान्यता र राजनीतिक दलहरुले पनि जस लिनकै लागि बाटोको मान्यता पूरा नगरी सञ्चालन गरेकाले दुर्घटना बढेको तर्क राख्छन् । उनी भन्छन्–‘गोरेटो बाटो खोस्रेर जेभिसीले कोट्याएकै भरमा सडकको अवस्था, घुम्तीको अवस्था, यात्रुवाहक बसको क्षमत

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटक स्थल बन्दै इलामको कन्याम

    धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,514 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दुर्घटनाको कारण तिब्र गति’

    धरान । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जनाको घट्नास्थलमै र एकजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने १५ जनाकै सनाखत भइसकेको छ । बस ब्रेकफेल भएर दुर्घटना भएको घाइतेको भनाई उदृत गर्दै घाइतेका आफन्तहरुले बताएका छन् । तर प्रहरीले भने यसलाई पुष्टि गरेको छैन । प्रहरील भने तिब्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रवक्ता सुमन तिम्सिनाले बताए । उनले भने–‘दुर्घटना हुनुमा कच्ची सडक र तीब्र गतिमा चलाइएको ब

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,409 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो, हेलिकप्टरबाट धरान ल्याइएकी युकाको मृत्यु

    धरान/ संखुवासभाको मादि ६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने थप उपचारकालागी धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका ५ मध्ये ३० वर्षीय युका पोखरेल प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेक

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा बस दुर्घटनाः घाइते ५ जनालाई हेलिकप्टरबाट धरान ल्याइयो (तस्वीर सहित)

    धरान/ संखुवासभा ६ स्थित सातघुम्तीमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई धरान ल्याइएको छ । गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । दुर्घटनामा परि १४ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका थिए । मृतक मध्ये १० जनाको सनाखत भइसेको प्रहरीले जनाएको छ ।   संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 2,315 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई दिनमा पाँच कालोपत्रे सडक उदघाटन

    धरान । वहुवर्षे योजना अन्र्तगतका सडकहरु कालोपत्रे गरि इटहरीमा दुई दिनमा पाँच वटा सडक उदघाटन गरिएको छ । बुधबार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १ सय ४१ वर्ष सम्म वाँचेका नेपालकै जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोडने वीरनारायण माझी मार्ग उदघाटन गरे । बुधबार नै वडा नम्वर १० टावर देखि आमझोकी सम्मको करिव ८ किलोमिटर सडक उदघाटन गरेका हुन् । र्नुभयो । मंगलबार आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २० को तरहरा जोडने सडक ६ दशमलव १ किलोमिटर सडक, वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा स

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,254 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा बस दुर्घटनाः मृतक १४ मध्ये १० को पहिचान खुल्यो

    धरान । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्युभएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षकी उमेश भट्टराइ रहेका छन् । त्यस्तै, मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मादी नगरपालिका–५ का ४५ वर्ष

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,374 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा बस दुर्घटनाः १४ जनाको मृत्यु, ५ जना घाइतेलाई हेलिकप्टरबाट धरान ल्याइदै

    धरानः संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । घाइते भएका ५ जनालाई हेलिकप्टरबाट थप उपचारकालागि धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइदै गरेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । बसमा कति व्यक्ती सवार थिए के कारणले दुघार्टन भएको भन्ने विषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सियोन थ्री वाइ थ्री वास्केटवल : दुवै उपाधि होलिल्याण्ड स्कुललाई

    धरान । अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटवल प्रतियोगिताको महिला पुरुष दुवै तर्फको उपाधि होलिल्याण्ड स्कुलले हात पारेको छ । सियोन स्कुलको आयोजनामा मंगलवार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले पुरुष तर्फ युएनलाई १०–४ र महिला तर्फ आयोजक सियोन स्कुललाई ११–० अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । विजेता तथा उपविजेताले ट्रफि, कफि पव एण्ड रेष्टोको पाच सय रुपैया वरावरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि पुरुष र महिला तर्फ नै होलिल्याण्ड स्कुलका युडि लिम्वु र इच्छा लावती घोषित भइन । यसैगरि उदयीमान खेलाडि आय

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विदेशिने नेपालीको संख्या बढ्दै

    धरान । कोरोना महामारीको जोखिम कम हुँदै गए पछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको हो । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्र ५४ हजार ४ सय ७० जनाले श्रम स्वीकृति लिएको देखिएको छ । जसमध्ये ५० हजार ५ सय ३० जना पुरुष रहेका छन् भने तीन हजार ९ सय ४० जना महिला रहेका छन् । गत पुस महिनामा ६६ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४ सय २८ जना, भदौमा ३६ हजार ४०,

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 2,900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved