धरान । नवनिर्वाचित जनप्रतिनिधिहरु नगरका योजनामा केन्द्रित हुन्छन् । सपथग्रहण र पदभार ग्रहणपछि उनीहरु नगरका समस्या बुझ्ने र समस्या समाधान गर्ने कुरा छलफल राख्छन् र तल्लो स्तरमा पुगेर बुझ्ने काम गर्ने गर्दैनन् ।
तर धरानबाट स्वतन्त्र उमेद्वारमा मेयरमा जितेका हर्क साम्पाङले भने विगतका जनप्रतिनिधिभन्दा फरक ढंगले काम गर्न थालेका छन् । धरानको खानेपानी समस्या, धरानलाई सफा सहर बनाउने, भ्रष्टाचारशून्य अभियानका अभियन्ता समेत रहेका राईले सडकमै उत्रिएर सरसफाईमा सरिक भएका छन् ।
विहीबार धरानका मेयर हर्कराज साम्पाङ आफै हातमा पञ्जा लगाएर झाडु आफै बोकेर धरानको बसपार्कमा निस्केका हुन् विगतमा धरानलाई सफा नगर बनाउने एजेन्डा बोकेर निर्वाचित भएका प्रमुखहरुले एजेन्डामा मात्र सीमित राख्थे, कहा कस्तो अवस्था छ भनेर फिल्डमै गएर बुझ्ने काम गर्दैनथिए । तर भर्खरै निर्वाचित साम्पाङले भने हातमा पञ्जा लगाएर झाडु बोकेर धरानको बसपार्कमा सरसफाई गरे । उनी लगायत विगतमा उनको अभियानमा साथ दिने सर्वसाधारण तथा नगर प्रहरीले समेत सरसफाइमा साथ दिएका थिए ।
जे काम गर्दा पनि आफैबाट शुरु गर्नुपर्छ भन्ने मान्यता राखेका साम्पाङले सरसफाइमात्र गरेनन, जथाभावि फोहार नफाल्न सर्वसाधारणलाई अनुरोध गरे । उनले अब जथाभावि फोहोर फाल्नेलाई जरिवाना गर्ने समेत बताए । उनले भने–‘मेयर पद कुर्सीमा बस्नका लागि होइन, काम गर्नका लागि हो, विगतमा पनि जनताको जीवनसँग गाँसिएका हरेकको समस्या समाधानलाई मैले अभियानकै रुपमा लिएर गए, म मेयर निर्वाचित भएर आएपछि जनताले मलाई काम गर्न पठाएको हो, त्यही भएर जे काम गर्नुपर्छ आफैबाट शुरु गर्नुपर्छ भन्ने मनसायले धरानको भानुचौकमा सरसफाइ गरेको हो ।
उनले धरान सुन्दर भएपनि यसलाई विगार्ने फाहोर हो भने दोस्रो जथाभावि टागिएका तारहरु हुन् । उनले तारहरुलाई पनि विस्तारै व्यवस्थापन गर्दै लाने बताए । उनले भने–‘सफा र सुन्दर बनाउन धेरै काम गर्नेपर्दैन, जथाभावि फोहोर नफाल्ने, निश्चित ठाउमा फोहोर फाल्ने र धरानमा जथाभावि टाँगिएका तारहरुलाई व्यवस्थित गर्दा पनि धरान धेरै सुन्दर देखिन्छ ।’
उनले जनताको काम गर्न आएको बारम्बार दोहो¥याए । उपमहानगरपालिकको कुर्सीमा भन्दा पनि बढी फिल्डमा नै आफू खटिने बताए । उनले भने–‘म निर्वाचित भएपछि खानेपानी समस्याका विषया धरान ८ मा रहेको पम्पिङ साइडमै गएर बुझ्ने काम गरेको छु, म दुई तीन पटक पुगिसकेको छ, धरानमा खानेपानी समस्याको कारण पत्ता लगाउने काम गर्दैछु ।’
नवनिर्वाचित मेयर साम्पाङको सक्रियता देखेर धरानेहरु समेत उत्साहित भएका छन् । नगरपालिकाका कर्मचारीले सरसफाई गरेकै भरमा विगतका जनप्रतिनिधिहरु विश्वस्त हुन्थे भने मेयर आफैले उठाएको एजेन्डामा फिल्डमै गएर काम गरेको प्रति धरानेहरुले प्रशंसा गरेका छन् ।
विगत ३० बर्षभन्दा लामो समयदेखि धरान भानुचौकमा होटल व्यवसाय गर्दै आएका तीर्थ श्रेष्ठले जनप्रतिनिधिहरु नै आएर सरसफाइ गरेको भने पहिलो पटक देखेको बताए । उनले भने– ‘विगत ५÷७ बर्षदेखि छेउमै रहेको ढलमा सरसफाई नगर्दा दुर्घन्धले बस्न सकिएको छैन, मेयरसाफले यो समस्या समाधान गर्नुहुन्छ भन्ने हामीलाई आशा जागेर आयो ।’
यस्तै भनाई कोपिला भट्टराईको समेत छ । ५ बर्षदेखि फलफूलको पसल खोल्दै आएकी उनले सर्वसाधारणमा चेत नभएकै कारण भानुचौकमा फोहोर थुप्रिने गरेका बताइन् । उनले नगरप्रमुख साम्पाङले जथाभावि फोहोर पाल्नेलाई जरिवाना गर्ने उद्घोष गरेसँगै भविष्यमा धरान स्वच्छ, सफा हुने विश्वास पलाएर आएको बताइन् । उनले भनिन्–‘मेयरसाफ आफै सरसफाइ गरेर हिडेको मैले पहिलो पटक देखेकी हुँ, यसलाई कतिको निरन्तता दिनुहुन्छ त्यो भने हेर्न बाँकी छ ।’
विगतका जनप्रनिधिहरु कर्यभार सम्हालेपछि सभा, सम्मेलन, उद्घाटनमा समय विताउने गरेका थिए । तर साम्पाङले कार्यशैलीलाई नै नया रुपमा प्रस्तुत गर्दै गएका छन । उनले यस्ता काममा धरानका सर्वसाधारण, नागरिक समाज, राजनैतिक दलसँग समन्वय गरेर अगाडि समेत साम्पाङले बताएका छन् ।