‘पाच दलीय गठबन्धनको घेराबन्दीमा पनि पार्टीले सफलता पायो’

  • जेठ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दोस्रो स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु समेत चुनिइसकेको अवस्था छ ।

सत्ता गढबन्धन दलका विरुद्धमा एक्लै निर्वाचनमा उत्रिएको नेकपा एमालेले मोरङमा सफलता पाएको भन्दै नेकपा एमाले मोरङले मतदाताहरुलाई धन्यवाद दिदै विजेता जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिएको छ ।

अध्यक्ष ऋषिकेश पोखरेलले एक विज्ञप्ती जारी गर्दै पाँच दलीय गठबन्धनको घेराबन्दी, राज्य शक्तिको दुरुपयोग, पार्टीको विरुद्धमा सिर्जना गरिएको अनेकौ चुनौति पार गर्दै मोरङमा अपेक्षाकृत सफलता प्राप्त गरेको उल्लेख गरेका छन् ।

उनले निर्वाचित जनप्रतिनिधिहरुले पार्टीका प्रतिबद्धता र आचारसंहिताका आधारमा जनअपेक्षालाई पूरा गर्दै पारदर्शी, भ्रष्टाचारशून्य र सहनशीलताको नीति अवलम्बन गर्दै काम गर्ने विश्वास पार्टीले लिएको जनाएका छन् । उनले विज्ञप्तीमार्फत एमालेबाट उठेका उमेद्वारलाई मत दिने मतादाता तथा पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई विज्ञप्तीमार्फत धन्यवाद समेत दिएका छन् ।

मोरङमा १७ स्थानीय तहमध्ये एमालेले मोरङमा उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, सुन्दर हरैचा नगरपालिका, सुनबर्षी नगरपालिका, लेटाङ नगरपालिका, रंगेली नगरपालिका, कानेपोखरी नगरपालिका र केराबारी गाउपालिकामाका आठ पालिकामा प्रमुख र उपप्रमुख जित हातेको, एक पालिका बेलबारी नगरपालिकामा प्रमुख र विराटनगर महानगपालिका,कटहरी गाउपालिका र रतुवामाई नगरपालिका गरी तीन स्थानीय तहमा मा उपप्रमुखमा जित हात पार्न सफल भएको उल्लेख गरिएको छ । यस्तै जिल्लाका १५९ वडामध्ये ७८ वडाध्यक्ष, ३६१ सदस्य जितेको विज्ञप्तीमार्फत जनाइएको छ ।

पार्टीले मोरङमा ८२९ जनप्रतिनिधिका लागि भएको निर्वाचनमा मेयर, उपमेर, वडाध्यक्ष तथा सदस्य गरी ४३९ जना निर्वाचित भएका छन् ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved