उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एकजना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका ३ कि ७६ बर्षीय रामा माया आले रहेकी छिन् । बुधबार बिहान पौने ११ बजे स ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । त्रियुगा नगरपालिका ७ का २० बर्षीय बिण्णु भट्टराई र मोटरसाइकल लाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । विगत ६ वर्ष देखि धरान १७ स्थित हराईजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय बास्केटबल कपको छैठौं संस्करण चैत ५ गते देखि हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा हुने प्रतियोगितामा देशभरका ८ वटा टिम सहभागि हुने क्लबका अध्यक्ष बसन्त राईले बताए । उनका अनुसार प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लब सहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङ, त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स
विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।
धरान । सुनसरीको दुहबी नगरपालिकाका रौनियार सेवा समितीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ स्थित साह सेवा समितीको सभाकक्षमा होलि मिलन तथा पस्थापन सम्पन्न भएको हो । जय प्रकाश रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छदार रहेका थिए । प्रमुख अतिथि गच्छदारले नव निर्वाचित पदाधिकारीहरु सहयोगिदाताहरुलाई सम्मान गरेका थिए । रौनियारले समितीको सामुदायिक भवन बनाउन ५ कठ्ठा जग्गा दान दिएका थिए भने गणेश प्रसाद रौनियार र सियाराम रौनियार १ लाख ११ हजार १ सय ११ रुपैयाका दरले सहयोग गरेका थिए । अन्य ५ जना दाताहरुले ५१ हजा
धरान । कोरोनाको रोकथाम र नियन्त्रणमा सुधार हुँदै गए पछि नेपाली कामदारका लागि मलेसियामा रोजगारीका लागि जान पाउने भएका छन् । विगत दुई वर्ष देखि कोरोनाका कारण मलेशियामा रोजगारीका लागि जान बन्द भएको थियो । काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो । सिन्डिकेट प्रकरणका कारण ०७५ जेठ २ देखि नेपाली श्रमिक मलेशिया रोजगारीमा जान पाएका थिएनन् । त्यसको १० महिनापछि चैत ०७५ मा खुल्ला भएको थियो । पुनः कोरोनाका कारण बन्द भएको थियो । मलेशिया रोजगारी खुल्ला भए पनि शुल्कका विषयमा कुनै जानकारी नपाएको श्रम र
धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान रंगशालामा ८ नं. वडा र १९ नं. वडाको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाका लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–८ का आमोद माझी घोषित भए उनलाई नगद २५ सय रुपैया पुरस्कार प्रदान गरिएको थियो । बुधबार धरान रंगशालामा हुने पहिलो खेलमा वडा नं. ११ र १८ बिच हुने भएको छ । खेल दिनको ४ बजे सुरु हुने आयोजकले
धरान । बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका छन् । बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै व्यवसायीहरुले चरणबद्ध आन्दोलननै थालेका छन् । संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने लगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार नेपाल राष्ट्र बैंकको विराटनगर स्थित कार्यालयमा प्रदर्शन समेत गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब
धरान । कोभीड संक्रमणका कारण दुई वर्ष देखि स्थगित भएको भोजपुर ट्रेल रेसको पाचौं सस्करण चैत्र १२ देखि सन्चालन हुने भएको छ । विश्व नम्बर १ अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने ट्रेल रेस भोजपुरस्थित सानोदुम्मामा सन्चालन हुने मिरा राई फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए । रेसलाई पौवादुम्मा गाउँपालिकाले केही बजेट विनियोजन गरेको छ भने प्रदेश १ सरकारबाट मौखिक आश्वाशन पाएको छ । ८ देखि दस लाखको बजेटमा सम्पन्न हुने स्पर्धाले ट्रेल रेसको प्रवद्र्धन र नयाँ धावक धाविकालाई प्रोत्साहन गर्ने सचिव राईको भनाइ छ । रेसमा अनुमानित ३ सय धावक धाविका सहभागी हुने आयोजकको विश्वास छ । हङकङ, बेलायत, भारत ल
धरान । धरान–१६ स्थित शारदा बालिका नमुना मा.बि.मा रहेको ज्योतिपुन्ज बाल क्लबले सोमबार आयोजना गरेको १६ नम्बर वडा ब्यापि बालिका स्टार, सिजन–२ को गायनतर्फ निशा तामाङ र नृत्य तर्फ प्रतिष्ठा राई प्रथम बनेका छन् । बिद्यालय परिषरमा भएको प्रतियोगीतामा गायन तर्फ सियोन स्कुलकी छात्रा सजिना राई दोश्रो भईन भने सोनिया मुर्मु तेश्रो भईन । यता नृत्य तर्फ अनिसा थापा मगर र निर्मा राई क्रमशः दोश्रो र तेश्रो भए । बालिका स्टारकै अवसरमा भएको कविता प्रतियोगीतामा अनुस्का राई पहिलो भईन । सृष्टि लुइटेल र सोनिया राई क्रमशः दोश्रो र तेश्रो भए । त्यस्तै लघु कथा वाचन प्रतियोगीतामा तुलसा राई पहिलो भईन । सन्ध्या
रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका(१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनल