Top 4

    Showing 6,611-6,620 of 9,401 items.
  • धरानमा २ दिनमा ४ जना झुन्डिएको अवस्थामा फेला

    धरान । पछिल्लो २ दिनमा धरानमा ४ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यलय धरानका अनुसार धरानका बिभिन्न वडामा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थापा आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्था

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लेटाङ घटनाः प्रहरीको मृत्युपछि लेटाङमा बिहानैदेखि अनिश्चिकालिन कर्फ्यु

    धरान/ आइतबा मोरङको लेटाङमा प्रहरी र स्थानीय बिच झडपमा एक महिला प्रहरीको मृत्युु भएसँगै अनिश्चिकालिन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङले सोमबार बिहान एक सूचना जारी गर्दै बिहान ७ बजे देखी अनिश्चितकलीन कर्फ्यु जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो । आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काँग्रेस अनुकूल चुनाव चिन्हमा हरियो रंग’

    धरान । पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले काँग्रेसलाई अनुकूल हुने गरी चुनाव चिन्हमा हरियो रंग लगाएको आरोप लगाएका छन् । इलामको सूर्योदयमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा आयोगले काँग्रेसलाई अनुकूल हुने गरिको काम गरेको आरोप लगाएका हुन् । उनले भने, ‘रुखलाई हरियो पार्न सूर्यलाई पनि हरियो बनाउने ?, काँग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? काँग्रेसको रुख निलो पार्न निलो रंग चाहियो ?, दलहरूसँग निर्वाचन आयोगले के परामर्श ग¥यो ? किन काँग्रेसको अनुकूल हुने गरी काम गरिरहेको छ, सूर्य हरियो हुन्छ कहीँ, सूर्यलाई पनि हरियो बनाउने ?’ एम

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,069 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • धरानमा खानेपानीको चरम अभाव : ‘बोर्डको वितरण प्रणाली अवैज्ञानिक’

    धरान । अवैज्ञानिक वितरण प्रणालीका कारण धरानमा खानेपानीको चरम अभाव बढ्दै गएको पाइएको छ । खानेपानी बोर्डले खानेपानी वितरण प्रणाली व्यवस्थापन गर्न नसक्दा तिन चार दिनमा एक पटक पानी आउने गरेको छ । वर्षाै देखिको खानेपानी समस्या समाधान गर्न सन २०१२ मा एशियाली विकाश बैंकको ऋण तथा अनुदान सहयोगमा खानेपानी परियोजना शुरु भएको थियो । परियोजना सम्पन्न भए पछि धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभिएको छ । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई रहेका छन् । बोर्डको एक वर्ष देखि बैठकनै बस्न सकेको छैन् । जसका कारण वितरण प्रणालीलाई चुस्त बनाउँन नसक्दा खानेपानीको अभाव बढ्दै गएको हो ।

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,191 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज ओली इलाममा

    धरान । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो पटक इलामको सूर्योदय नगरपालिका आउने भएका छन् । ६ चैतमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका छैनन् । ‘उहाँले अहिलेसम्म कुनै पनि हैसियतमा यो क्षेत्रको कार्यक्रममा सहभागी हुनु भएको छैन’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले भने,‘चैत ६ गते पहिलो पटक आउन लाग्नु भएको हो ।’ इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 1,183 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • कृषिमा रमाउदै महालक्ष्मीबासी

    धरान । महालक्ष्मी नगरपालिकाका सर्वसाधारण सोचभन्दा बढी आम्दानी हुन भएपनि कृषि पेशामै रमाउन थालेका छन् । कृषि पेशाबाट परिश्रम गरे अनुसारको फल मिल्ने र मनग्गे आम्दानी हुने भएपछि उनीहरु कृषि पेशामा रमाएका हुन् । यहाका सर्वसाधार तरकारी खेतीसँगै पशुपालन व्यवसाय कृषकको दरिलो आम्दानी बनेकै कारण मुख्य पेशाको रुपमा कृषि पेशालाई अंगाल्दै आएका छन् । महालक्ष्मी नगरपालिका १ घुमाउनेका कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा पशुपालन व्यवसाय बनेको छ । सरकारी कर्मचारीदेखि लिएर वडा अध्यक्ष समेत तरकारी खेती तथा पशुपालन व्यवसायमा संलग्न हुन थालेको छन् । महालक्ष्मी नगपालिकाका १ का राम गुरुङ चार वर्ष ससस्

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 999 पटक पढिएको
    • " करिष्मा गुरुङ (प्रशिक्षार्थी)"
  • धरानमा पानीको चरम अभाव : जनप्रतिनिधिले किनेर खुवाउँदै

    धरान । सुख्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । अभाव सिर्जना भएसँगै एकगाग्री पानीका लागि दिन माया मार्दा समेत पाउन नसकेका अवस्था छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले समेत पानी खुवाउन नसक्दा धराने जनता काकाकुल अवस्थामा जीवन विताई रहेका छन् । एक साता अगाडि धरान ९ मा बोर्डले ट्यांकरमार्फत पानी वितरण गर्दा पानीको अभावमा बाँच्न बाध्य सर्वसाधारण पानी थाप्न तछाडमछाड गरेको दृश्यले समेत धरानमा खानेपानीको अवस्था कस्तो छ भनेर भन्नै पर्दैन । ट्यांकर आएर पानी वितरण नगर्दै तछाडमछाड गरे

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 2,710 पटक पढिएको
    • "गोविन्द वस्नेत"
  • युवाहरु लाहुरेमा भविष्य खोज्दै

    धरान । देशको राजनीतिक परिस्थितिका बाबजुद देश नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहन्जुलेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् । लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी । यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् । खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोेकेरै तालिम लिइरहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उनको छ

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 1,180 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

    धरान । झापाको बिर्तामोड नगरपालिका ५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड ५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहे

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीमा डुबेर बालकको मृत्यु

    धरान । इलामको माई नगरपालिका १ स्थित तेह्र कुने सिमसार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईका ११ बर्षीय छोरा बर्धन राई रहेका छन् । बिहीबार दिउँसो साढे ११ बजे राई साथीहरुसँग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले डुबेर बेपत्ता भएका राईलाई पानीमा डुबेको अवस्थामा मृत फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,099 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved