सहज परिस्थिति बन्दै गएपछि होटल व्यवसाय खुल्न थाले

  • जेठ २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । लामो समयको कोरोना संक्रक्रमका कारण थलिएको होटल व्यवसाय परिस्थिति सहज बन्दै गएपछि धमाधम नया नया होटलहरु सञ्चालन हुन थालेका छन् ।

धरानमा समेत धरानका युवाहरुको प्रयासमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ । धरान ९ पुतली लाइनमा सञ्चालन गरिएको सो बारको उद्घाटन शनिवार धरान उपमहानगरपालिकाका नवनिर्वाचित उपमेयर आइद्र विक्रम बेघाले उद्घाटन गरेका छन् ।

धरानको आन्तरिक तथा वाह्य पर्यटकको रुचीलाई ध्यानमाराखेर करिब १ करो ५० लाखको लागतमा धरान– ९ पुतली लाईनमा क्लाउड नाइन लाउञ्ज एण्ड बारको आज उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका धरान उपमहानरपालिका नव निर्वाचित उपमेयर आइन्द्र बिक्रम बेघाले रिबीन काटेर बारको उद्घाटन गरेका हुन् । कार्यक्रममा उपमेयरसंगै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र बारका सञ्चालक समितिको उपस्थिति रहेको थियो ।

धरानको आन्तिरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखि करिब १ करोड ५० लाखको लगानीमा खोलिएको हो । युवा व्यवसायी उत्तम कार्की, मानबहादुर मगर र तिलक पाण्डेको संयुक्त लगानीमा सञ्चालन गरिएको वारमा ग्राहकवर्गले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरु, बार, क्याफे, मिटिङ्ग, सेमिनार तथा विभिन्न कार्यक्रमका लागि हलको व्यवस्था रहेको छ । एसी जडित सुविधा सम्पन्न तथा अत्याधुनिके बारमा एक पटकमा १ सय ५० जना अटाउन सक्ने क्षमता भएका सञ्चालकमध्येका उत्तम कार्कीले बताए । १२ जना कर्मचारीबाट शुरुवात गरिएको सो बारमा आवश्यकताअनुसार कर्मचारी थपिने अर्का सञ्चालक मानबहादुर मगरले बताए । उनका अनुसार सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी अत्याधुनिक सिसी क्यामरा, सेक्युरिटी गार्ड सहित पार्किङ्गको सुविधा रहने जनाउदै विशेष अवसरहरुमा चर्चित कलाकारहरुसंगको सांस्कृतिक तथा सांगितिक कार्यक्रमहरुको पनि आयोजना गरिने जनाइएको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved