फेलोसिप प्रदान नगरेकोमा चौतारीको ध्यानाकर्षण

  • जेठ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थिक बर्ष सकिन लाग्दा समेत महासंघले स्थानीय सरकारद्वार प्रदान गर्दै आएको फेलोसिपका विषयमा महासंघले चासो नदिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

पत्रकारको लेखनवृत्तिका लागि प्रत्येक बर्ष धरान उपमहानगरपालिकाले दिँदै आएको बजेट फ्रिज हुने अवस्था आइसक्दा पनि महासंघले त्यसतर्फ महासंघको ध्यान जान नसकेको भन्दै नेकपा एमाले सम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपाल धरान नगर कमिटीले महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।

चौतरा धरान नगर कमिटीका अध्यक्ष रोशन दाहालको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघ सुनसरीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ धरान उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ, प्रदेश कमिटी तथा महासंघको केन्द्रीय कार्यालयलाई बोधार्थ बुझाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, पत्रकारको लेखनवृत्तिका लागि प्रदान गरिदै आएको फेलोसिप र पुरस्को बजेट आर्थिक बर्ष सकिन लाग्दा पनि महासंघ सुनसरीबाट कुनै पहल नहुदा बजेट फ्रिज हुन लागेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवि पत्रकारहरुलाई आर्थिक सवलता, क्षमता विकास तथा स्थानीय सरकारको प्रोत्साहनको रुपमा पैदान गर्ने फेलोसिप कायषर््क्रमलाई समयमै सञ्चालन गर्न नसक्नु नेपाल पत्रकार महासंघको उद्देश्यप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।

चौतारी धरान नगर कमिटीका अध्यक्ष रोशन दाहालले पत्रकारले अवसरको रुपमा प्राप्त गर्दै आएको फेलोसिपमा महासंघ उदासीन हुनु श्रमजीवि पत्रकारका लागि राम्रो कुरा नभएको बताए । उनले उपमहानगरपालिकाले प्रदान गर्दै आएको पुरस्कार तथा फेलोसिपको रकम विनियोजन गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ सुनसरीकै कार्यालयमा पुगेर बुझाइएको ज्ञापनपत्रमा चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्लेको समेत सहभागिता रहेको थियो ।

282675966_589372682412275_5696439362673328338_n

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved