विश्व वातावरण दिवसको अवसरमा म्याराथुन

  • जेठ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले शनिवार मिनी म्याराथुन दौड र वृक्षारोपणको आयोजना गरेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर सचेतना फैल्याउने उद्देश्यले समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको जनाएको छ ।

क्याम्पस परिषरबाट शुरु भएको पाँच किलोमिटर दूरी मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए ।

मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक्षा यादव द्वितीय र नमुना आङ्बो लिम्बू तृतीय भएका थिए ।

सोही दिन क्याम्पसले क्याम्पस परिसरमा विभिन्न प्रजातिका २ सय ५० थान बिरुवा रोपेको थियो ।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्याराथनको उदघाटन गरेका थिए ।

वातावरण विज्ञान विद्यार्थी समाजका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख देवीप्रसाद आचार्य, डा. कृष्णप्रसाद भट्टराई, वातावरण विभाग प्रमुख दिवस दाहाल, कर्मचारी संघका अध्यक्ष कमलसिंह राजवंशी लगायतको उपििस्थति रहेको थियो ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved