धरान/ आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुनसरीमा ४ जना अध्यक्षका लागि भिड्दैछन् भने १३ जना निर्विरोध निर्वाचित भएका छन् । महासंघको केन्द्र, प्रदेश र जिल्लामा आउँदो बुधबार हुने निर्वाचनको लागि सुनसरी निर्वाचन समितीले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि प्रेस चौतारी ओलि समुह सहितको प्यानलबाट सन्तोष काफ्ले, प्रेस युनियन सहितको प्रेस सेन्टर र प्रेस चौतारी माधव नेपाल समुहबाट जनकऋषि राई, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद गुरागाई बिच प्रतिष्पर्धा हुने भएको छ । प्रेस युनियनबाट अध्यक्षका लागि बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउन अन्ति
इटहरी । सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार विहान आगलागी भएको छ । आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ लगायत जिन्सि सहित महत्वपुर्ण कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो निभाउने प्रयास जारि रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरण देखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ । इटहरी , इनरूवा , दुहबी , धरान लगायतको बारूण यन्त्र , स्थानीय , प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन ।
धरान / प्रदेश नं एक विभिन्न स्थानमा भएको दुर्घटनामा परि आइतबार दुई जनको मृत्यु भएको छ । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको हो । बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै मोरङको बिराटनगरा (१४ का २५ बर्षीय कामेश्व
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन भन्दै मोरङको सुन्दरहरैंचा स्थित एउटा सिंगो गाउ“ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने १ सय भन्दा बढि स्थानीयहरू नेकपा एमालेमा प्रवेश गरेका हुन । यस अघि नेपाली कांग्रेस र एमाओवादीमा आवद्ध स्थानीयहरू पनि ओलीको जिन्दावादको नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनीहरूले सामूहिक हस्ताक्षर सहित नेकपा एमालेको वडा कमिटीलाइ एक कार्यक्रम गरी बुझाएका हुन । जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्तरुपमा हस्ताक्षर रहेको छ । गाउँ
धरान / बिराटनगर महानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो । उपाधीसंगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमकनगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ । बिराटनगरले उपाधी जितेको खुसियालीमा प्रतियोगिताका बिशिष्ट अतिथि समेत रहेका महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरिदिएका छन ।बिराटनगरको जितमा भुवन बस्नेतले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेल सुरु भएको तेस्रो मिनेटमै
धरान / बिरामीको चाप अत्याधिक बढ्न थाले पनि जनशक्ति अभाव हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुँदै गएको छ । अहिले विरामीहरुले सहजै उपचार पाउन कठिन बन्दै गएको छ । शुक्रबार संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउदै गरेको बस दुर्घटना भएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा विरामीको चाप अत्याधिक भएपछि घाइतेहरुले सहज रुपमा उपचार पाउन सकेनन् । उपचारमा आएकाहरुले बेड अभावमा भुइमा उपचार गर्न बाध्य थिए । उपचारमा ल्याईएका घाइतेका आफन्तले प्रतिष्ठानमा उपचार ढिलाई हुने गुनासो गरे ।घाइते हर्क मंग्रान्तीले प्रतिष्ठानमा ल्याउने वित्तिकै नर्सहरुले सामान्य
धरान । एन्फा एकाडेमीले फुटबल खेललाई व्यवसायीक बनाउने उद्देश्यले दिएको प्रशिक्षणमा प्रशिक्षण लिन आउनेहरुको रुचि बढेको पाइएको छ । केही दिन अघि एन्फामा संचालन भएको प्रशिक्षणमा ३१ जना विद्यार्थीहरुले प्रशिक्षण लिएका थिए । सुनसरीबाट छानिएका ३१ जनालाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी छनौटका लागि एन्फा एकेडेमी धरानले पठाइसकेको छ । अन्य जिल्लाहरुमा पनि एन्फाले विद्यार्थीहरुलाई फुटबल प्रशिक्षणमा आकर्षित गर्न कार्यक्रमहरु संचालन तयारी थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको क्रेज बढेसंगै एन्फाले समेत ग्रास लेबलबाट प्रशिक्षणलाई तिब्रता दिएसंगै फुटबल सिक्नेको सहभागिता बढेको हो । विगतमा अध्ययनलाई
इटहरी/ इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षिय केशव कार्की र छिमेकी ५१ वर्षिय कान्छा भनिने जिवनाथ रेग्मी बिच ४ वर्ष यता बोलचालनै बन्द थियो । एउटै बाटो हिड्ने उनीहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिडने गर्थे । बोलचाल बन्द हुनु अघि सम्म उनीहरु बिच घनिष्ठता थियो । चार वर्ष अघि नजिकैको जंगलबाट काठ ल्याउदै गर्दा गस्ती गर्ने सुरक्षाकर्मीले कान्छा भनिने रेग्मीलाइ पक्राउ गरे पछि सुराकीको आशंकामा दुई बिच बोलचाल नै बन्द भएको थियो । रेग्मीले ल्याएको सबै काठहरू प्रहरीद्वारा खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्कीको सुराकी हुन सक्ने भन्दै रेग्मीले शंका गरे । शंकाले बिवाद ल्याए पछि एक अर्क
धरान/ पोषण तथा आहार विषय अध्ययन गरेका दक्ष जनशक्तिको भविष्य अन्यौलमा रहेको छ । राज्यले पोषण तथा आहार विषय अध्ययन गर्ने व्यवस्था गरिदिए पछि सरकारी मान्यता पाउन नसक्दा उनीहरुको भविष्य अझै पनि अन्यौलनै रहेको छ ।अध्ययन पूरा भइसकेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) मा दर्ता गर्नुपर्ने हुन्छ, तर अहिले सम्म दर्ता प्रक्रियाको नीति बन्न नसक्दा उनीहरु अन्यौलमा छन् । एनएचपिसीमा दर्ता नहुँदा सरकारी मान्यता प्राप्त गर्न सकेका छैनन् भने लोकसेवा आयोगमा समेत भिड्न पाएका छैनन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको केन्द्रीय प्रविधी क्याम्पसमा २०६७ साल देखि पोषण विज्ञान अध्ययन हुने गरेको छ । अ
इटहरी/ प्रदेश एकको ब्यापारिक केन्द्र संगै पछिल्लो समय शैक्षिक हव समेत बनिसकेको सुनसरीको इटहरीमा नियमित अनुगमन तथा सम्बन्धित निकायले चासो नराखिदिदा शिक्षा क्षेत्रमा एक पछि अर्काे बेथितिहरू सार्वजनिक हुन थालेका छन ।सामुदायीक तथा निजी बिद्यालयहरूको नियमित अनुगमन तथा संरक्षण गर्ने जिम्मा लिएको स्थानीय सरकार इटहरी उपमहानगरले गम्भिर बनेर चासो नराख्दा बेथितिहरू बाहिरिन थालेका हुन । उपमहानगरले शिक्षा क्षेत्रलाइ थप सुधारोन्मुख बनाउन बार्षिक करोडौ रकम बिनियोजन गरेपनि संरक्षणको दायित्वबाट टाढिँदा लगानी बालुवामा पानी सरह बनेको छ । इटहरी १० खनार स्थित श्री मनमोहन आधारभूत विद्यालयको अवस्था अहिले दयनीय