बर्षा लागेसँगै कोशी किनारामा बस्नेलाई निन्द्रा लाग्दैन:अनर्गल प्रचारले अझै त्रास बढायो

  • असार ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बर्खा लागेसँगै सप्तकोशी नदी छेउछउमा बस्नेहरुलाई निद्रा लाग्न छोडेको छ । २०६५ साल भदौ २ गते कोशी नदीले तटबन्ध भत्काएर ठूलो धजनजनको क्षति भएको थियो । त्यही नियति नहोस् भनेर बर्षाद्को समयमा उनीहरु सतर्क हुने गर्छन्, नदीको बहाव बढ्न थालेसँगै उनीहरुले विभिन्न उपाय अवलम्बन गर्ने गर्छन् ।

सप्तकोशी किनारामा बस्नेहरु बर्षाद् लागेसँगै कोशीले कटान गरेर क्षति पु¥याउने हो भन्ने त्रासमा हुन्छन् । हिउदमा चयनको निन्द्रा लागेपछि बर्षा शुरु भएपछि उनीहरुको छट्पटाहट शुरु हुन्छ, राती राम्ररी निदाउदैनन् । अझ सामाजिक सञ्चाल,समाचार माध्यमहरुले फैल्याएको अनर्गल हल्लाले उनीहरुको मनोवल गिराउने काम गरेको उनीहरु बताउछन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. श्रीलंका टप्पुको छेउमा रहेको धरहरा टपनका स्थानीय राजमणि कार्कीले सप्तकोशीको वहान बढ्ने वित्तिकै निन्द्र नलाग्ने बताउछन् । उनले वहाव बढेसँगै छेउबाट कटान शुरु गर्ने गरेपछि धनजनको क्षति हुने हो भन्ने त्रास हुने उनी बताउछन् । उनी भन्छन्–‘बर्षा लागेसँगै कोशीको वहाव बढेपछि हाम्रो निन्द्रा नै गायव हुन्छ । त्रासमा रात विताउनुपर्ने अवस्था हुन्छ ।’

यस्तै भनाई सोही स्थानका दिलकुमार लिम्बुले पनि बर्षाद्को समयमा सप्तकोशीले गर्ने कटानका कारण ठूलो क्षति हुने त्रासमा स्थानीयहरु बस्नुपरेको बताए । उनले सुनसरीको बराहक्षेत्रको राजावास, श्रीलंका टप्पु धरारा टपन भन्दा पनि श्रीलंका टप्पु अझ जोखिम क्षेत्र भएको बताए । उनले भने–‘श्रीलंका टप्पुमा बर्षेपिच्छे खेतीयोग्य जमिन कटान गर्दै लाने क्रम रोकिएको छैन, बर्षेनी कटान गर्ने गरेको छ ।’

उनले कोशीको बाढीबाट ठूलो क्षति नपु¥यायोस् भन्ने उद्देश्यले पूर्व तयारी समेत गर्ने गरेका छन् । बोरामा बालुवा भर्ने, नदीले क्षति नपु¥यायोस भनेर पानीको वहावलाई कन्ट्रोल गर्न त्रिकोणा आकारको काठको पिल्लर लगाउने लगायतका उपाय अवलम्बन गर्ने गरेको बताए ।

सप्तकोशीले यहामात्र हैन भारतको विहार राज्यलाईसमेत ठूलो क्षति पार्ने भएकोले विहारबाट नियन्त्रणका लागि कर्मचारी टहरा बनाएर बस्ने गरेको र समयमा कोशीको पानीको वहाव मापन गर्ने लगायतका काम गर्ने र खतरा देखिए सूचना दिने काम गर्ने गरेको स्थानीय चेतनाथ प्रसाईले बताए । उनले भने–‘ बर्षा लागेपछि भारतको विहार राज्यबाट नियन्त्रणका प्रयास हुने गरेका छन्, क्षति न्यूनिकरणका प्रयास गर्ने गर्छन् ।’

अहिले पनि बराहक्षेत्र नगरपालिमा पर्ने, राजाबास, प्रकाशपुर, धरारा टपन लगायतका स्थानमा थोरै थोरै कटन भइरहेको स्थानीयहरु बताउँछन् । समाजिक सञ्जाल र अनर्गल हल्लाले पनि यहाँका सर्वसाधारणलाई बढी त्रास हुने बराहक्षेत्र नगरपालिकाका वडा नं. ९ का निवर्तमान वडाध्यक्ष दिपक लिम्बु बताछन् । उनी भन्छन्– ‘आफ्नो पाचबर्षे कार्यकालमा क्षति भएको कुरा आफूलाईथाहा नहुने तर देश तथा विदेशबाट अनर्गल हल्ला फैलिएर त्रास फैल्याउने काम हुने गरेको थियो । अहिले पनि त्यो यथावत नै छ ।’

बर्षेनी हुने क्षतिका कारण बराहक्षेत्र नगरपालिकाको कोशी किनारामा बस्नेहरुमा त्रास फैलिदै गएको हो । २०६५ सालमा कोशी किनारमा बस्ने सुनसरी लगायत अन्य जिल्लाको क्षति सम्झिदा उनीहरुलाई अझै पनि आङ सिरिङ हुने गरेको छ ।

त्यसबेला सप्तकोशी नदिले सुनसरीको पश्चिम कुसाहाको पूर्वी तटबन्ध भत्काएर गाउँ पस्ता ७ हजार ५सय ७२ घरपरिवारका ४२ हजार ८ सय नागरिक विस्थापित भएका थिए । अन्य स्थानमा पनि यो भन्दा धेरै ठूलो क्षति भएको थियो । अहिले पनि पीडितहरुले सरकारी स्तरबाट राहत पाउन सकेका छैनन् ।

यो क्षेत्रमा सुनसरीको दैवीप्रकोप उद्धार प्रकोप समिति, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले समय समयमा कोशीको क्षति न्यूनिकरण र पूर्व शतर्कताको उपाय अवलम्बनसँगै सर्वसाधारणलाई सचेत गराउने काम गरिरहेका छन् । यसको दीर्घकालीन समस्या भने अहिलेसम्म हुन सकेको छैन ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved