धरानमा मोटरसाइकल हराउन छाडेन

  • असार ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय मोटरसाइकल चोरी गर्ने गिरोहको विगविगी बढेको छ ।

एक पछि अर्को मोटर साइकल हराउने क्रम रोकिएको छैन । यस्ता केही गिरोहलाई प्रहरीले प्रक्राउ गरी कार्वाही गरे पनि चोरीका घट्नामा नियन्त्रण भने हुन सकेको छैन ।

पछिल्लो समय विरामी रुग्न आएका उदयपुर बेलका नगरपालिकाका कर्मचारी नुनुराम राईको प्रतिष्ठान हाताभित्र पार्किङमा राखिएको मोटरसाइकल हराएको छ ।

असार २ गते धरान १७ मा पार्किङ गरी राखेको प्र. नं. १–०२–०४५ प ७६११ नं. को बजाज कम्पनीको पल्सर मोटरासाईकल हराएको हो ।

बेलका नगरपालिकाका कर्मचारी नुनुराम राईले विपी प्रतिष्ठानमा बिरामीका आफ्न्त ल्याएर खाजा खाना जाँदा साँझको करिब ९ बजे तिर मोटरसाईकल हराएको हो ।

मोटरसाइकल हराएको विषयमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएको राईले बताए । इलाका प्रहरी कार्यालयले भने खोजी कार्यलाई तिब्रता बनाएको बताएको छ ।

र्भखरै जेष्ठ २९ गते धनकुटाको शहीदभूमि गाउँपालिका–२ घर भएका २५ बर्षीय आश्वासन राईलाई सुरक्षामा खटिएको सुरक्षाकर्मीले मोटर साइकल चोरी गदैगर्दा प्रक्राउ गरेको थियो । डिउटीमा खटिएका सुरक्षा गार्डले ती बाइक चोरलाई नियन्त्रणमा लिएका थिए । यो मोटरसाइकल अरु कसैको नभएर धरान १७ सम्झना चौकका चन्द्रबहादुर राइको चोरी भएको थियो । चोरी नियन्त्रण गर्न प्रहरीको लागि टाउको दुखाइको विषय बनेको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved