धरान । जन्मदिनका दिन प्राय : परिवारसँग घुम्न जाने, साथीभाईसँग पार्टी खाएर रमाइलो गर्ने लगायतका कार्य गरेर मनाउने प्रचलन छ । तर केही समयदेखि भने जन्म दिन मनाउने शैलीमा परिवर्तन आएको छ ।
पछिल्लो समय जन्मदिनलाई सार्थकता बनाउनका लागि सामाजिक कार्य गरेर मनाउने प्रचलन बढेको हो । धरानका एक सक्रिय युवाले समेत शिक्षामा पिछडिएका बालबालिकालाई सहयोग गरेर जन्म दिन मनाएका छन् ।
सञ्चारकर्मी तीर्थ काकील्े धरान–५ स्थित ठिंगाबारीमा रहेको जनता आधारभुुत विद्यालयलाईे शैक्षिक सामाग्री तथा खाजा सहयोग गरेर जन्म दिन मनाएका हुन् ।
शुुक्रबार परेको आफ्नो जन्मदिको अवसर पारेर कार्कीले विद्यालयमा अध्यनरत ७५ जना विद्यार्थीका लागि शैक्षिक सामाग्री तथा एकदिनको खाजा सहयोग गरेका हुन् ।
जन्मदिन मनाउने बाहानामा हुुने खर्चहरुलाई कमजोर विद्यालयको शैक्षिक अबस्था उकास्न थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यले आफुुले विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाउने निर्णय गरेको कार्कीले बताए ।
‘आधुुनिक तथा शैक्षिक हबको रुपमा चिनिएको धरानको मुुख्य चौक नजिकैको विद्यालयको अबस्था निकै कमजोर देखेर आफ्नो तर्फबाट सहयोगको सुुरुवात गरेको हुुँ’ उनले भने । कार्कीकै पहलमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले पनि विद्यालयको भ्रमण गरि भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जन्मदिन मनाउन आयोजित कार्यक्रममा बोल्दै र्याडिकल लाईट नेपालका अध्यक्ष हिमाल कार्की,व्यबसायी तथा अभियान्ता राम लिम्बुु, विद्यालयकी प्राध्यानाध्यापीका रिता पोख्रेल लगायतले विपन्न नागरिकका छोराछोरी पढ्ने विद्यालयलाई आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्ने महान उदेश्यको निरन्तरताको शुुभकामनापनि दिएका थिए ।