जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

  • असार ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जन्मदिनका दिन प्राय : परिवारसँग घुम्न जाने, साथीभाईसँग पार्टी खाएर रमाइलो गर्ने लगायतका कार्य गरेर मनाउने प्रचलन छ । तर केही समयदेखि भने जन्म दिन मनाउने शैलीमा परिवर्तन आएको छ ।

पछिल्लो समय जन्मदिनलाई सार्थकता बनाउनका लागि सामाजिक कार्य गरेर मनाउने प्रचलन बढेको हो । धरानका एक सक्रिय युवाले समेत शिक्षामा पिछडिएका बालबालिकालाई सहयोग गरेर जन्म दिन मनाएका छन् ।

सञ्चारकर्मी तीर्थ काकील्े धरान–५ स्थित ठिंगाबारीमा रहेको जनता आधारभुुत विद्यालयलाईे शैक्षिक सामाग्री तथा खाजा सहयोग गरेर जन्म दिन मनाएका हुन् ।

शुुक्रबार परेको आफ्नो जन्मदिको अवसर पारेर कार्कीले विद्यालयमा अध्यनरत ७५ जना विद्यार्थीका लागि शैक्षिक सामाग्री तथा एकदिनको खाजा सहयोग गरेका हुन् ।

जन्मदिन मनाउने बाहानामा हुुने खर्चहरुलाई कमजोर विद्यालयको शैक्षिक अबस्था उकास्न थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यले आफुुले विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाउने निर्णय गरेको कार्कीले बताए ।

‘आधुुनिक तथा शैक्षिक हबको रुपमा चिनिएको धरानको मुुख्य चौक नजिकैको विद्यालयको अबस्था निकै कमजोर देखेर आफ्नो तर्फबाट सहयोगको सुुरुवात गरेको हुुँ’ उनले भने । कार्कीकै पहलमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले पनि विद्यालयको भ्रमण गरि भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जन्मदिन मनाउन आयोजित कार्यक्रममा बोल्दै  र्‍याडिकल लाईट नेपालका अध्यक्ष हिमाल कार्की,व्यबसायी तथा अभियान्ता राम लिम्बुु, विद्यालयकी प्राध्यानाध्यापीका रिता पोख्रेल लगायतले विपन्न नागरिकका छोराछोरी पढ्ने विद्यालयलाई आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्ने महान उदेश्यको निरन्तरताको शुुभकामनापनि दिएका थिए ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved