संस्कृति जोगाउन तालिम

  • असार ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हरेक जातजातिको आ आफ्नै संस्कृति परम्परा हुन्छ । तर पछिल्लो समय पुस्तौदेखि परम्परागत रुपमा चल्दै आएको संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप हुदै जाने क्रम बढ्दै गएको छ ।

ब्राम्हण तथा क्षेत्रीहरुको परम्परागत संस्कृतिको रुपमा रहेको बालन तथा संगीनी नाच पछिल्लो समय करिब करिब विस्थापित हुने क्रममा छ ।

विगतमा पहाडी क्षेत्रलगायत क्षेत्री, ब्राह्मणको बाक्लो बसोवास रहेका गाउँघरमा धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा विवाह व्रतबन्धमा बालन नाच तथा संगीनी नाच प्रचलन थियो । तर पछिल्लो पुस्ता आधुनिकतातर्फ ढल्किदै गएपछि अहिले यस्ता परम्पारगत संस्कृति लोप हुदै गएको छ ।

यसैलाई मध्यनजर गरी ब्राम्हणसमाज नेपाल धरान नगर समितिले यसको जगेर्ना गर्ने उद्देश्यले युवा पुस्तालाई प्रशिक्षण दिन थालेको छ । कुनै पनि जातिको पहिचान उसको संस्कृतिसँग जोडिएकोले ब्राम्हण क्षेत्रीको संस्कृतिलाई जीवन्तता दिनकै लागि भएपछि तालिमको आयोजना गरिएको व्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताए । उनले भने–‘आधुनिक जीवनशैलीसँगै सबै जातजातिको संस्कृति लोप हुँदै गएको छ, युवा पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले हामीले तालिमको आयोजना गरेका हौ ।’

यस्ता संस्कृतिलाई जीवनन्तत दिन स्थानीय स्तरबाट पनि सहयोग अपरिहार्य हुने गर्छ । हरेक जातजातिको भाषा, संस्कृति र पहिचानलाई जीवन्तता राखेर त्यसको प्रवद्र्धन गर्ने काम स्थानीय सरकारको हुन्छ । यस्ता संस्कृतिलाई जीवन्तता राख्न स्थानीय सरकारको समेत दायित्व भएको धरान उपमहानगरपालिका सामाजिक विकास शाखाकी प्रमुख प्रज्ञा निरौलाले बताइन । उनले भनिन्–‘हरेक जातजातिको संस्कृति स्थानीय सरकारको सम्पत्ति हो, यसको जगर्नेमा स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्छ ।’

युवा पुस्तालाई आफ्नो संस्कृतिको विषयमा बुझाउन नसकिएकै कारण पछिल्लो समय संस्कृतिहरु लोप हुद गएको नेपाली काँग्रेसकी नेतृ श्यामा रेग्मीले बताइन । नेपालमा रहेका सबै जातजातिको संस्कृतिलाई जोगेर्ना गर्ने काम एउटा जातिको मात्र नभइ सबैको भएको बताउदै नेपालमा रहेका संस्कृतिका कारण नेपालको पहिचान विश्वममा अलग्गै भएको बताइन् । उनले भनिन्–‘बालिन र संगिनी नाच सदियौदेखिको क्षेत्री तथा व्राम्हण समुदायको संस्कृति हो, यसलाई पछिल्लो पुस्ताले विर्सदै गएका छन्, यसको जगेर्ना गर्नको लागि सबै पक्ष लाग्नुपर्छ ।’

सो तालिममा बालन नाचमा प्रयोग हुने खैजडी बाजा प्रयोग गर्ने तरिका, गीत र नाच्ने तरिकाका विषयमा प्रशिक्षण दिएको थियो भने संगीनी नाच र गाउने तरिकाका विषयमा प्रशिक्षण गरिएको थियो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved