बंगुरको प्रवद्र्धनमा जोड दिन व्यवसायीहरुको माग

  • असार ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा उत्पादन भएको कालो बंगुरका माग अत्याधिक भए पनि व्यवस्थित ढंगबाट विक्री वितरण गर्न नपाउदा समस्या भएको मासु पसल व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले धरानमा उत्पादन हुने कालो वंगुर देश विदेशमा नै परिचित रहे पनि स्थानीय सरकारबाट यसको प्रवद्र्धनमा सहयोग नपु¥याएकोले समस्या आएको भन्दै व्यवस्थित ढंगबाट व्याकिजिङ गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइदिन उपमहानगरपालिकालाई माग गरेका छन् ।

धरान मासु व्यवसायी संघ तथा धरान मासु व्यवसायिक प्राविधिक संघले शनिवार प्रेस विज्ञप्ती बुझाउदै धराने कालो बंगुरको प्रवद्र्धनका लागि आवश्यक कदम चाल्न माग गरेका हुन् ।

धरान मासु व्यवसायी संघ धरानका अध्यक्ष मदन तामाङ र धरान मासु प्राविधि सघकाका अध्यक्ष मनिकलाल खड्गीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ती धरान उपमहानगरपालिकालाई बुझाउदै धरान नेपाल सरकारको प्रधानमन्त्री आधुनिकिकरण अन्र्तगत वंगुर जोन पकेट क्षेत्र पनि भएको बताउदै पुर्वाञ्चलको सवै भन्दा वढी धरानमा नै वंगुरको मासु विक्रि वितरण हुने जनाएका छन् । मासु व्यवसायी संघका अध्यक्ष मदत तामाङले धरानबाट उत्पादन भएको कालो बंगुरको मासु काठमाण्डौ, पोखरा,वुटवल लगायत भारत र अन्य देशमा खपत हुने गरेको बताए । उनले भने–‘धराने कालो वंगुरको माग दिनानु दिन वढ्दै गइरहेको छ । यहाँ ३ सय भन्दा वढी मासु व्यवसायीहरुले व्यवसाय सञ्चालन गरिरहेका छन् भने वंगरपालक कृषकहरु पनि उतिकै छन् । कृषक र मासु व्यवसायीको जीवकोपार्जनमा ठूलो अर्थ र महत्व राखेको छ ।’

यस्तै धरान मासु प्राविधिक संघ धरानका अध्यक्ष मनिकलाल खड्गीले कालो बंगुर धरानको ब्राण्ड बन्दै गए पनि हाल आएर विभिन्न प्रकारको रोगको संक्रमणका कारण व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको बताए । उनले धरानमा दैनिक जसो ५ हजार केजी मासुको विक्रि वितरण हुदैँ आएको बताउदै बंगुरमा देखापरेको अफ्रिकन स्वाइन फिभरले वगुंर पालक र व्यवसायीहरुको व्यवसाय नै चौपट भएको बताए ।

उनीहरुले विज्ञप्तीमार्फत अहिलेको मुख्य समस्या बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरलाई नियन्त्रण गरी धरान भित्र उत्पादन हुने वंगुर र व्यवसाय सन्चालन गर्नको लागि तत्काल समस्या समाधान व्यवसायी र कृषकको व्यवसायीलाई संरक्षण गर्ने कुरामा पहल कदमी गरिदिन उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।

यो संगै उनीहरुले धरानमा मासु व्यवसायी के कसरी सञ्चालन भइरहेका छन्,
ऐन निमय अनुसार दर्ता भए नभएको अनुगमन गर दर्ता प्रक्रिया ल्याउन पहलकमदी गर्नुपर्ने, ,उपभोता र व्यवसायीलाई सचेतनाकरण कार्यक्रमको आयोजना गरेर दुवैीलाई सचेत गराउने खालका कार्यक्रम ल्याउनुपर्ने, ,पशु प्राविधिक सहित निश्चित पशु बधशालाबाट काटिएको मासुलाई मात्र मान्यता दिदै स्वास्थ्यकर मासु विक्री वितरणको लागि नियमित रुपमा ल्याव टेष्टको व्यवस्था गराउन उपमहानगरपालिकाले पहल गर्नुपर्ने, वंगर पालक कृषकहरुले पनि मापदण्ड अनुसार वंगुर पालेको स्थानमा गई अनुगमन गर्नुपर्ने लगायतका माग राख्दै उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा कृषक र व्यवसायको लागि आवस्यकता अनुसार वजेटको व्यवस्था गरी तालिम , गोष्ठी सहित उत्पादनलाई वढी प्राथमिकता हुने खालको कार्यक्रमको उपमहानगरपालिकाले ल्याउनुपर्नेमा समेत जोड दिएका छन् ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved