Top 4

    Showing 6,501-6,510 of 9,400 items.
  • स्थानीयतह निर्वाचन विशेष: ‘जनताले गठबन्धन चाहेका छैनन्’

    २०३८ सालमा शिक्षा निकेतन माविमा अध्ययनरत हुँदा देखि नै नेकपा एमालेका धरान नगर इन्चार्ज नारायण सुवेदीको राजनीतिक जीवन शुरु भएको हो । वामपन्थी राजनीतिमा प्रभावित भएर सक्रिय बनेका सुवेदी अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य देखी राजनितिक यात्रा तय गरेका हुन् । अहिले पनि उनी पार्टीमा उत्तिकै सक्रिय रहेका छन् । विद्यार्थी समय देखिनै सक्रिय राजनीतिकमा आएका सुवेदीले युवासंघमा समेत सक्रिय भएर काम गरे । २०५७ साउनदेखि धरानको सैनिक भवमा सम्पन्न पार्टीको दोस्रो नगर अधिवेशनबाट नगर कमिटीको सदस्य बने । राजनीतिक जीवनमा जहिल्यै इमान्दार बनेर पार्टी संगठनमा अहोरात्र खटिदै आएका सुवेदी नगर कमिटीको सचिव, उपाध्य

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,506 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महभीरमा ‘रक क्लाइम्बिङ’

    धरान । इलाम नगरपालिका ८ स्थित महभीरमा रहेको रक क्लाइम्बिङ स्पट नमुनास्थल भएको पर्यटनकर्मीले ठहर गरेका छन् । ‘नेपालका अन्य रक क्लाइम्बिङ स्थलहरु कुनै पनि यो (महभीरको रक क्लाइम्बिङ स्थल) जत्तिको राम्रो र फराकिलो छैनन् ।’ त्यसैले यो ठाउँ बढी भन्दा बढी सम्भावना भएको उनीहरुको भनाई छ । दुवै मोहडाबाट सगरमाथाको आरोहण गरिसकेकी किर्तिमानी आरोही एवम् रक क्लाइम्बिङकी प्रशिक्षक तथा इलाम नगरपालिकाको पर्यटन सद्भावना दूत कल्पना महर्जनका अनुसार ‘महभीर पर्यटनका लागि इलामको गहना’ हो । उनले नेपालका कुनैपनि रक क्लाइम्बिङ स्थल महभीरमा जस्तो फराकिलो, राम्रो, अग्लो र धेरैवटा रुट बन्नसक्ने नभए

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 956 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बाध्यताले विदेशिनेको दशाः नाटक ‘बन्द बाक्सा’

    धरान । ‘अनुहारको चाउरी छिप्पिंदै गरेको आमाको सहारा हेरें । कुप्रिएको ढाड सोझ्याउने पटुका सकिएर झन कुप्रो हुँदै गएको देखें । मलाई काखमा राखेर को खाइ ? को खाइ ? भन्दै आधा पेट काटेर आमाले ख्वाएको दिन सम्झेर ल्याएँ ।’ ‘सिमेन्टीको बजारमा अनगिन्ती सपना बोकेको छुस्स अनुहार लिएर विदेशिएँ । वर्षाको मुसलधारे धार घरको छानाबाट झर्दा ‘टाल्छु’ भनी हजार कोसिस गर्दा पनि झन रिनको भारी थपिएपछि, ‘हामी मात्र भोटर हो’ भन्ने बुझेपछि, हरियो पासपोर्ट बोकेर आकाशमा उड्दै गर्दा निकै ठूलो सास फेरेको थिएँ तर, पचास डिग्री घाममा बेल्चा हान्दाहान्दै सास मात्र फेर्न सकें तर लिन सकिन

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,349 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘शहिदको बलिदानको उपहार संविधान’

    धरान । देशका शहीदहरूले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपालको इतिहास र नेपालीको भविष्यका लागि उपहार भएको नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले बताए । शहीद रत्नकुमार वान्तवाको ४३ औँ स्मृति दिवसको अवसरमा इलाममा नेम्वाङले शहीद वान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको  भूमिका र योगदानको चर्चा गरेका थिए ।  उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा वान्तवाको योगदान महत्त्वपूर्ण छ, त्यसलाई मनन गर्दे कम्युनिस्ट नेता कार्यकर्ताले ऊर्जाशील ढङ्गबाट अगाडि बढ्न तयार हुनुपर्छ ।’ आइतबार इलामको ठुलो टुँडिखेल स्थित रत्न चोकमा रहेको शहीद वान्तवाको स्मारकमा माल्यार्

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,096 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धनकुटामा हावाहुरीले घरमा क्षति

    धरान । आइतबार आएको हावाहुरीले धनकुटामा ५ घरधुरीमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हो । हावाहुरीका कारण घरहरु पूर्ण क्षति भएका छन् । हावाहुरीबाट भएको क्षतिको यकिन गर्न सकिएको छैन । क्षति भएका घरको उद्धारमा जनपथ प्रहरी, सशस्त्र प्रहरीको टोली लागेकोे सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘घटनामा कति क्षति भयो भन्ने कुरा अहिले एकिन हुन सकेको छैन, घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएका छन् ।’ उनका अनुसार हावाहुरीले कुनै मानवीय क्षति भने

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन : धरानको मेयरमा एमालेबाट ११ जना

    धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भए पछि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदमा ११ जनाको नाम सिफारिस गरेको छ । सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले बताए । एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘व्यापार घाटा कम गर्न उद्योग स्थापना गर्नुपर्छ’

    धरान । मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्नेमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । मोरङ व्यापार संघले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’ को आइतवार समापन गर्दै उनले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिंदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले संघीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको सन्त्रास कायमै : लागेन रामनवमी मेला

    धरान । भगवान् रामचन्द्रको सम्झनामा चैत्र शुक्ल नवमीका दिन मनाइने ‘राम नवमी’ पर्व आइतबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो । तर धनकुटाको हिलेमा यो वर्ष पनि मेला लागेन । रामनवमी पर्वकै दिन देशका विभिन्न ठाउमा मेला समेत लाग्ने गर्दछ । कोरोनाकै कारण दुई बर्ष यस्ता मेला लाग्न सकेको थिएन । धनकुटाको हिलेमा प्रत्येक बर्ष राम नवमीका दिन मेला लाग्थ्यो । तर कोरोनाको जोखिम घट्दै गए पनि यस वर्ष हिलेमा मेला लाग्न नसकेको स्थानीय कविराज घिमिरे बताउँछन् । उनले भने, ‘विगतका बर्षहरुमा रामनवमीका दिन भव्य मेला लाग्थ्यो, तर कोरोनापछि भने त्यसरी मेला लाग्न सकेको छैन, अझै पनि कोरोनाको सन्त्रास सर

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    धरान । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक पाँचथर फालेलुङ गाँउपालिका १ का २७ बर्षीय प्रेम कुमार गौली रहेका छन् । शनिबार राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना २ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई गौलीको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको र घटनाको सम्बन्धमा थप

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङले लागि महिलाको मृत्यु

    धरान । झापाको गौरादह नगरपालिका ५ स्थितमा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका ५ कि ४० बर्षीया मन माया थापा रहेकि छीन् । आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको अवस्थामा चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved