कृषि तालिमको आयोजना

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटा गोलभेडा खेतिका लागि सम्भावना बोकेको क्षेत्र हो ।

यसैलाइ लक्षित गरी गोलभेडाको उत्पादनलाई बढाउनकै लागि सहिदभुमि गाउँपालिका वडा नं ३ मा संचालित ५ दिने गोलभेडा खेती सम्बन्धी ब्यवसायिक सीप विकास तालिम दिइएको छ ।

सहिदभुमि महिला विकास साखाको आर्थिक सहयोग तथा वडाको आयोजनामा ५ दिन सम्म सञ्चालन गरिएको तालिममा वडा नं ३ स्थित पातलडाडा महिला समुहका २० जना महिला दिदीबहिनीको सहभागी थियो । तालिममा कृषि विकास शाखाका सहायक प्रमुख खिर प्रसाद राईले प्रशिक्षण दिउका थिए ।

तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष मनोज राईले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिए । गाउँपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेर कृषिलाई आधुनिकिकरण यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण , सिपविकास तालिमलाई निरन्तरता दिइरहेको उनले बताए ।

वडा नं ३ का वडा अध्यक्ष होम बहादुर राईले तालिममा सिकेको कुरालाई सदुपयोग गरेर आर्थिकोपार्जनको बाटो पहिल्याउनुपर्ने बताए । उनले व्यवसायिक खेति तर्फ लाग्न यो तालिमले सहयोग पुग्ने बताउदै थप आवाश्यक सहयोग गर्न वडा तयार रहेको प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा तालिममा सहभागीलाई विउपुँजी अनुदान स्वरुप नगद जनहि ३–३ हजार प्रदान गरिएको छ । उन्नत जातको टमाटरको बीउ खरिद गर्न जनही १५ सयका दरले यातायात खर्च समेत वितरण गरिएको वडा अध्यक्ष होम बहादुर राईले बताए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved