रंगेली नगरपालिकाको बजेट सार्वजनिक

  • असार १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । रंगेली नगरपालिका ले आर्थिक बर्ष २०७९÷२०८० को लागी बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार छैठौ नगरसभाले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजनिक तथा पारित गरेको हो । पालिकाले आगामी आर्थिक बर्षका लागि अनुमानित ८८ करोड ८९ लाख ४४ हजार ७ सय ७८ को बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाकी उप्रमुख भूमा पराजुलीले बजेट प्रस्तुत गर्दै चालू आर्थिक बर्षको विनियोजित बजेट रु २५ करोडौं ४१ लाख ५३ हजार १ सय एकतीस रुपैयाँ, पुजीगततर्फ करोड ३९ करोडौं ६८ लाख ५२ हजार २ सय ९२ रुपैयाँ , राजस्व संकलन तर्फ ३ करोडौं १५ लाख गरी ८८ करोड ८९ लाख ४४ हजार ७ सय ७८ आय हुने अनुमान गरेको छु । आन्तरिक आयवाट रु ४ करोड ३५ लाख ७० हजार प्राप्त हुने अनुमान गरेको छ ।

प्रस्तुत बजेटमा राजश्व बाँडफाँड संघीय सरकार बाट ११ करोड ९७ लाख ५९ हजार र प्रदेश सरकारबाट ७७ लाख २२ हजार प्राप्त हुने अनुमान गरेको छ । संघीय सरकारबाट जम्मा ४७ करोड ३२ लाख प्राप्त हुने अनुमान गरिएको छ । वित्तिय समानिकरण अनुदानबाट रु १६ करोड, शशर्त अनुदानबाट रु. २९ करोड ३७ लाख रुपैयाँ समपुरक अनुदानबाट रु ७० लाख ७५ लाख रुपैयाँ विषेश अनुदान बाट रु ५० लाख प्राप्त हुनेछ प्रदेश सरकारबाट ४ करोड ७९ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ । जस मध्ये वित्तीय समानिकरण अनुदानतर्फ ९३ लाख ५१ हजार रुपैया,ँ शशर्त अनुदान तर्फ रु २ करोड ८५ लाख ७३ हजार प्रदेश समपुरक अनुदानबाट रु. १ करोड, जिल्ला समन्वय समितिबाट रु ३४ लाख २ हजार ५ सय स्रोत प्राप्त हुने अनुमान गरिएको छ । अल्या तर्फ रु १२ करोड ६० लाख ६९ हजार ७ सय ७८ प्राप्त हुने अनुमान गरेको छ । व्यय तर्फ चालु कुल खर्च तर्फ रु ४९ करोड ४३ लाख ४१ हजार विनियोजन गरिएको छ । पुँजिगत कुल खर्च तर्फ रु. ३९ करोड ४६ लाख ३ हजार ७ सय ७८ विनियोजन गरेको छ । त्यसै गरी वडा तथा नगरस्तरीय रुपमा संचालन गरिने पूर्वाधार विकासका योजना तथा पूँजीगत तर्फ रु २५ करोड ९८ लाख ३ हजार ८ सय ७८ रुपैया बिनियोजन गरेको छ। रंगेली अस्पतालको सुदृढिकरणको लागि जम्मा रु १ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved