बी क्याटोगेरी फुटसल प्रतियोगित हुने

  • असार १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । फुटबल खेलको लोकप्रियता संसारमै बढ्दै जादा नेपालमा समेत यो खेलको विकास हुदै गएको छ । त्यसमा पनि धरानलाई फुटबल खेलको मिनी ब्राजिलको रुपमा लिइने गरिएको छ । मोफसलकै ठूलो प्रतियोगिता बुढासुब्बा गोल्डकप प्रतियोगिता २९ बर्ष अगाडिदेखि निरन्तर हुदै आएको छ ।

तर पछिल्लो समय खेल मैदान अभावका कारण खेलाडीहरुले अभ्यास गर्ने ठाउको अभाव हुन थालेको छ । बढ्दो सहरीकरसँगे पछिल्लो समय फुटबलको विकल्पको फुटसल प्रतियोगिता हुन थालेका छन् । थोरै ठाउँमा खेल्न सकिने भएकोले पनि पछिल्लो समय खेलप्रेमीहरु यसतर्फ आकर्षित बनेका हुन् ।

धरानमा ८ देखि १० वटा फुट्सलहरु रहेका छन् । उनीहरुले दैनिक फुटबल खेलको गतिविधि गरिहेका हुन्छन् । पछिल्लो समय मितेरी स्पोर्ट्स सेन्टरले खेलकुद सबैका लागि भन्ने मुल नाराका साथ फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

धरान ११ स्थित मितेरी स्पोट्स सेन्टरमा यही असार १४, १५ र १६ गते बि क्याटोगोरी फुटसल प्रतियोगिता गर्न लागेको हो । सेन्टरले पत्रकार सम्मेलन गर्दै बि क्याटोगोरीका खेलाडीहरुलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको सञ्चालक लुकेन्द्र राईले जानकारी दिए ।

क्याटोगरी नछुट्याइ खेल आयोजना गर्दा उत्कृष्ट खेलाडीहरुले मात्र अवसर पाउने हुनाले अन्य खेलाडीहरुलाई पनि अवसर दिने आफ्नो उद्देश्य रहेको उनको भनाई थियो । प्रतियोगितामा प्रदेश नं १ को खेलाडीहरु सहभागी हुने राईले बताए । प्रतियोगितामा गत बर्ष फुटसल राष्ट्रिय लिग ए डिभिजन नखेलेका खेलाडीहरु सहभागी हुन पाउनेछन् । तर लिग खेलेका २ जना मात्र खेलाडीहरु प्रतियोगितामा एउटा टिमबाट सहभागी हुन पाउने आयोजकको भनाई छ । कम्तीमा ३० वटा टिम सहभागी हुने उनले जानकारी दिनुभयो ।

प्रतियोगितको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछ । व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट नव खेलाडीलाई पनि पुरस्कार दिइने राईको भनाइृ छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved