रेस्टुरेन्टको शौचालय सार्वजनिक

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–९, पुतलीलाइनको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टको शौचालयलाई निःशुल्करूपमा प्रयोग गर्ने गरी सार्वजनिक शौचालय घोषणा गरिएको छ ।

लायन्स क्लब अफ दन्तकाली र लिओ क्लब अफ दन्तकालीको संयुक्त पहलमा सो रेस्टुरेन्टसँग समन्वय गरेर शौचालयलाई सर्वसाधारणका लागि खुल्ला गरिएको लिओ क्लब अफ दन्तकालीका अध्यक्ष पोषणबाबु श्रेष्ठले जानकारी दिए । पर्यटक, आगन्तुक वा किनमेलमा निस्किएका सर्वसाधारणलाई शहरी क्षेत्रमा शौचालयको अभाव अट्किने गरेको छ ।

धरान नगर क्षेत्रमा पनि सार्वजनिक शौचालयको अभाव छ । यही आवश्यकतालाई महसुस गरेर फ्रेन्ड्स गार्डेनको शौचालयलाई सार्वजनिक गर्न आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए । आप्mनो आग्रहलाई स्वीकार गरेकोमा उनले रेष्टुरेन्टका सञ्चालक सुमन श्रेष्ठ संगमलाई धन्यवाद पनि दिए । अध्यक्ष श्रेष्ठले अन्य रेस्टुरेन्ट, बैङ्क, व्यापारिक प्रतिष्ठानलगायतलाई पनि आफ्नो शौचालयलाई सार्वजनिक बनाउन आग्रह गरे ।

उपमहानगरले सञ्चालन गरिरहेको भानुचोकको सार्वजनिक शौचालय अव्यवस्थित र दुर्गन्धित भएको कारण रेस्टुरेन्टको शौचालयलाई सार्वजनिक बनाइएको रेस्टुरेन्टका सञ्चालक संगमको भनाइ छ । धरानमा सबैभन्दा बढी मानिसको आउजाउ हुने भानुचोक क्षेत्रमा व्यवस्थित शौचालयको आवश्यकता महसुस गरी धरानमै पहिलोपटक रेस्टुरेन्टको शौचालयलाई सार्वजनिक बनाइएको उनले बताए ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved