Top 4

    Showing 641-650 of 8,084 items.
  • कोशीमा प्रहरीको फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान

    इटहरी/लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका मिलन नेवारलाई 'स्वर कोकिला लता मंगेशकर सम्मान' प्रदान

    सुनसरी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी चर्चित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ द्वारा सम्मानित गरिएको छ। नेपाल र भारतको संगीत क्षेत्रमा पुर्याएको उनको योगदानलाई कदर गर्दै सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित भव्य कार्यक्रममा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मानप्रति गायिका मिलन नेवारको प्रतिक्रिया सम्मान ग्रहण गर्दै मिलन नेवारले यो उपलब्धिलाई सम्पूर्ण नेपाल र नेपाली संगीत क्षेत्रकै सम्मान भएको बताइन्। उनले भनिन्,"यो सम्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला सीमाको कारण मौलाउँदै मानव बेचबिखन

    इलाम/ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनमा उल्लेखित कसुर मध्ये दफा ३ र ४ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा उल्लेखित कसुर गर्ने कसुरदारलाई सोही ऐनको दफा १५ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा निश्चित अवधिको कैद, जरिवाना तथा कैदको सजाय हुने व्यवस्था छ । तर पनि मानव तस्करहरूले व्यापार वा घुमफिरका नाममा महिला र बालबालिकालाई भारतीय कोठी र खाडी मुलुकमा लैजाने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेका हुन ।खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी,

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 267 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

    विराटनगर/  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु, गर्भवती महिलालाई सहज

    धरान/  धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु भएको छ। नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृहमा भर्खरै सञ्चालनमा ल्याइएको यो सेवा गर्भवती महिलाहरूका लागि उपयोगी हुने बताइएको छ। यसअघि भिडियो एक्स-रे नहुँदा गर्भवती महिलाहरू अन्यत्र जान बाध्य थिए। तर, अब यही अस्पतालमै सेवा उपलब्ध भएपछि उनीहरूलाई सहज भएको छ। उक्त भिडियो एक्स-रे धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले व्यक्तिगत लगानीमा १२ लाख रुपैयाँको भिडियो एक्स-रे मेसिन प्रदान गरेका हुन्। अस्पतालले अनमी स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानुनको पालनामा जिम्मेवार बन्नु आवश्यक

    हाम्रो देशमा सुशासन छैन । हरेक क्षेत्रमा अराजकता र उद्दण्डता छ । आर्थिक अनुशासन नहुनु र ठुल्ठुला भ्रष्टाचार हुनु पनि हाम्रा समस्या हुन् तर कानुनकै अभावमा यस्ता समस्या देखिएका भने होइनन् । कतिपय ऐन–कानुनमा समयसापेक्ष संशोधनको आवश्यकता नभएको होइन । समयानुकूल कतिपय नयाँ कानुन पनि बनाउनु आवश्यक हुन्छ तर सुशासन र कानुनी राज्यका लागि अहिले भएकै कानुन पनि अपर्याप्त भने छैनन् । मुख्य विषय त कानुनको पालना हो । हामीकहाँ सामान्य ट्राफिक नियमको पालना गर्न र हेलमेट लगाएर मोटरसाइकल कुदाउन पनि ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य हुन्छ । आप्mनै सुरक्षाका लागि पनि कसैले डण्डा चलाउनुपर्ने नागरिकहरूले बस

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 219 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थ्रीस्टार क्लब विराट गोल्डकपको फाइनलमा

    विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो। थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे। ८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेकाे जरा अभियानमा अग्रजकाे सदस्यता नवीकरण अभियान

    धरान / बाम आन्दोलनका ऐतिहासिक केन्द्रहरूमध्ये एक बलाहामा नेकपा (एमाले) को सदस्यता नवीकरण अभियानलाई तिव्रता दिइएको छ। यसै क्रममा, ८० वर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेल र ९२ वर्षीय वरिष्ठ नेता भवानी पोखरेलले आफ्नो सदस्यता नवीकरण गर्नुभएको छ। नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले सञ्चालन गरेको वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँहरूले सदस्यता नवीकरण गर्नुभएको हो। त्यस्तै, ७८ वर्षीय अच्युत खतिवडा, ७४ वर्षीय बुद्धकुमार नेपाल, ७३ वर्षीय गणेश निरौला, ७० वर्षीय मननारायण श्रेष्ठलगायत अग्रजहरूले पनि आफ्नो सदस्यता नवीकरण गरेका छन्। नवीन सदस्यताका रूपमा ३० वर्षीय सबिस पोखर

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं ५ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ। आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे। ते

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्जिला हेरेर चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी

    धरान/  देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र अन्जिलाको धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । फागुन २९ गतेदखि देशव्यापी रुपमा प्रदैशनमा आउृन लागेको उक्त चलचित्रको शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा आयोजित रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी,खेलाडी र स्थानिय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो । हङकङ र बेलायतको एल्डरसटस्थित एम्पायर हलमा ग्राण्ड प्रिमियर भैसकेपछी नेपालमै पहिलो पटक धरानमा ग्राण्ड प्रिमियर गरिएको हो । ग्राण्ड प्रिमियरको लागी भव्य सजावट , रेड कार्पेट ओछ्याएर तयारी गरेपनी चलचित्रको मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बु र अन्य मुख्य कलाकारहरुको उपस्थिती हुन नसके

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved