‘आमालाई बचाइदिनुहोस्’ भन्दै छोरीको अपिल ब्लड क्यान्सर पीडित आमाको जीवन बचाउन ५० लाख आवश्यक, छोरीले गरिन् सहयोगको आग्रह

  • चैत २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छन्।

गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन अहिले उनकी छोरी सुनेना परियारले सहयोगको अभियान सुरु गरेकी छन्।

आमाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो।

त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गरियो। चिकित्सकले उच्चस्तरीय उपचार आवश्यक रहेको भन्दै भारतको दिल्ली लैजान सुझाव दिएपछि परिवारले सोमबार उनलाई दिल्ली लगेको छ।

तर, उपचारका लागि झण्डै ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि उनकी छोरी सुनेनाले सहयोगका लागि सबैसँग अपिल गरेकी हुन्।

विराटनगरस्थित आइएसएमटी कलेजमा अध्ययनरत सुनेनाको पहलमा उनका साथीहरू पनि अहिले रकम संकलन अभियानमा जुटेका छन्। सामाजिक सञ्जालमार्फत समेत सहयोगको अपिल गर्दै उपचार खर्च जुटाउने प्रयास भइरहेको छ।

“आमालाई बचाउन सकिन्छ भन्ने आशा डाक्टरले दिएका छन्। तर उपचारका लागि ठूलो रकम आवश्यक छ,” सुनेनाले भनिन्, “सबैले सानो–सानो सहयोग गरिदिनुभयो भने आमाको जीवन बच्न सक्छ।”

उपचारका लागि आवश्यक रकम संकलन गर्न परिवारले आफ्नो सम्पर्क नम्बर र बैंक खाता सार्वजनिक गर्दै सहयोगका लागि अनुरोध गरेको छ।

निम्न सम्पर्क नम्बर वा क्यूआर कोडमार्फत सहयोग गर्न सकिने जनाइएको छ।  सम्पर्क नम्बर : 9819378254

sahayog_QR

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved