धरानमा लोहार समुदायको धार्मिक बन र मन्दिर: परम्परा जोगाउँदै नयाँ पुस्तालाई जोड्ने प्रयास

  • चैत ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt -रणध्वज लोहार

धरान / कोशी प्रदेशका लोहार समुदायले आफ्नो धार्मिक परम्परा संरक्षण गर्ने उद्देश्यसहित धरान–६ पानबारीस्थित रायचौरीमा धार्मिक बनसहित मन्दिर स्थापना गरेका छन्।

पाँचकन्या सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको उक्त मन्दिरमा अहिले लोहार दाजुभाइसँगै अन्य हिन्दु धर्मावलम्बीहरू पनि पूजा–पाठ गर्न आउने गरेका छन्।

भोजपुरको दुङ्मानामा जन्मिएका लोहार समुदायले वि।सं। २०५४ सालमा “खन्यवासी औतारी मन्दिर” स्थापना गरी पूजा–आराधना सुरु गरेका थिए। सुरुवातमा अर्काको निजी जमिनमा निर्माण गरिएको मन्दिरलाई दीर्घकालीन रूपमा संरक्षण गर्न कठिन भएपछि पाँचकन्या सामुदायिक वन क्षेत्रमा सारिएको हो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लोहारका अनुसार तत्कालीन वन उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलको सहमतिमा धार्मिक बनभित्र मन्दिर निर्माण गरी नियमित पूजा सञ्चालन गर्न थालिएको हो।

हाल मन्दिरका पुजारी सोभितमान लोहारले पूजा–पाठ सञ्चालन गर्दै आएका छन्। उनका अनुसार पुर्खादेखि चल्दै आएको भोजपुरको खन्यवासी मन्दिरको परम्परालाई निरन्तरता दिन र नयाँ पुस्तालाई आफ्नो धर्म–संस्कृतिसँग जोड्न यो प्रयास गरिएको हो।

मन्दिर व्यवस्थापन समितिका मेघराज लोहारले समुदायका सबै सदस्यलाई समेट्दै परम्परा जोगाउने काम भइरहेको बताए। उनका अनुसार पानबारी क्षेत्रमा मात्रै करिब ४५ भन्दा बढी लोहार परिवार बसोबास गर्दै आएका छन् भने कोशी प्रदेशभरिका लोहार समुदायलाई पनि यहाँ पूजा गर्न आह्वान गरिएको छ।

मन्दिरमा प्रत्येक मंसिर पूर्णिमा र वैशाख पूर्णिमाका दिन विशेष बंशावली पूजा गरिन्छ। साथै, प्रत्येक महिनाको अन्तिम शनिबार व्यवस्थापन समितिको बैठक बस्ने गरेको छ।

निकट भविष्यमा मन्दिरलाई कानुनी रूपमा दर्ता गर्ने तयारीसमेत अघि बढाइएको छ।
हाल स्थानीय लोहार समुदायले नै मिलेर मन्दिरको संरक्षण तथा धार्मिक बनको सम्वर्द्धन गर्दै आएका छन्।

धरान क्षेत्रमा विभिन्न जातजातिका यस्ता धार्मिक बनहरू स्थापना हुँदै जानुले सांस्कृतिक विविधता र सहअस्तित्वको उदाहरण प्रस्तुत गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved