धरान । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई विहिबार बिहान वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । विहिबार देखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्तहुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताए । उनले भने, ‘कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गर्दछौं ।’ कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरि समिति गठन गरिएको महासंघद्धारा जार
विराटनगर । कोरोना संक्रमण भयावह रुपमा बढ्न थालेपछि प्रदेश १ सरकारले अस्प्तालहरुमा २ हजार १ सय बेडको थप्ने गृहकार्य शुरु गरेको छ । प्रदेशका संचालित ठूला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि बेड संख्या थप्ने सरकारले निर्णय गरेको हो । केन्द्र सरकारसंग सहयोग, समन्वय र अनुमतिका लागि प्रदेश स्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समिति –पिसिसिएमसी) ले प्रस्ताव गर्नेछ । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, नोवल मेडिकल कलेज शिक्षण अस्पताल र वी.एण्ड सी. अस्पतालमा कम्तिमा ५००÷५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिट
विराटनगर । प्रदेश १ को संसदीय समितिले कोरोना महामारीमा प्रदेश सरकारको उपस्थिति नै नेदेखिएको भन्दै जनताको मन जित्ने गरी आफ्नो उपस्थिति जनाउन सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीको अवस्था बुझ्न र तथ्य बटुल्न संसदको सामाजिक विकास समिति झापा, मोरङ र सुनसरी जिल्लामा अनुगमन गर्न निस्किएको थियो । तीन दिनसम्म भएको अनुगमनको तथ्य र निश्कर्षबारे बुधबार सामाजिक विकास मन्त्री उषाकला राईसँग छलफल गर्दै समितिले संकटका बेला जनतासमक्ष प्रदेश सरकार पुग्न नसकेको देखिएको जानकारी गराएको हो । समितिकी सभापति सरिता थापाले प्रदेशका प्रमुख तीन जिल्लाको अवस्था जानकारी गराउँदै मन्त्री राई समक्ष भनिन्,“जनता जो
मेष . आत्मविश्वासमा कमि आउनेछ । पछिकालागी कार्यहरु बन्नेछन् । मानसिक असन्तुष्टि बढ्नेछ । स्वजनबाट धोका हुन सक्नेछ । बृष . समय रमाइलो भएर बित्नेछ । भोजनमा मन रमाउने छ । कार्य अनुकुल सहयोग मिल्नेछ । आर्थिक बृद्धिदर बढेर जानेछ । मिथुन . शोक सन्ताप आउन सक्छ । संचित रकम खर्च हुन सक्छ । दबाबमा कार्य गर्नुपर्ने समय छ । मनमा चिन्ता बढिरहने छ । कर्कट .आर्थिक क्षेत्रमा फाइदा हुनेछ । सहयोगीहरु प्रशस्त भेटिने छन् । अतिथि सत्कार हुनेछ । आम्दानीका स्रोतहरु बढेर जानेछन् । सिंह . मनमा उत्साह बढेर जानेछ । कामबाट प्रतिष्ठा कमाउन सकिनेछ। नयाँ कार्यहरु सफल भएर जानेछन् । धैर्यपुर्वक कार्यलाई निरंतरता दिनुहोला
विराटनगर / प्रदेश नं. १ मा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ९ सय ९३ जना कोरोना सक्रमित थपिएका हुन् । थपिएकामध्ये मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १सय ६१, भोजपुर ३२ र संखुुवासभामा ३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा ६, पाँचथर ६, खोटाङमा १ र प्रदेश १ बाहिरका ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी ११, बुढीगंगामा ११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्
धरान/ सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो । संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएकाले प्रशासन कठोर निर्णयमा पुगेको बुझिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गते रातीबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताएका छन् । उनले फैलदो संक्रमणकाबीच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ बाट १५ दिनको अवधि
खोटाङ । खोटाङ जन्तेढुंगा गाउँपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । लडेर गम्भीर घाईते भएका उनको उपचारको लागि धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाँकीलाई थप उपचारको लागि धर
देशको हरेक क्षेत्रमा बिचौलिया हावी छ । बिचौलियाको मारमा नपरेको क्षेत्र देशमा कुनै छैन । बिचौलियाकै कारण सर्वसाधारण पीडित बनेका छन् । यस्तो अवस्थाको अन्त्य हुने छाँटकाँट पनि देखिँदैन । देशका अन्य क्षेत्रजस्तै कृषिक्षेत्रमा पनि बिचौलियाकै प्रभाव देखिन्छ । समय, श्रम र आर्थिक लगानी गरेर उत्पादन गर्ने किसानले आप्mना उत्पादनको उचित मूल्य नपाउने तर कुनै लगानीविना नै बिचौलियाले भने फाइदा लिने गरेका छन् । किसानले उचित मूल्य नपाए पनि उपभोक्ताहरूले भने कृषि उत्पादन महङ्गोमा किन्नुपर्ने अवस्था छ । अहिले देशका अधिकांश भागमा निषेधाज्ञा जारी भएको अवस्थामा त अझ किसानहरू ठूलो मारमा परेका छन् । तिनका उत्पादन ख
वराहक्षेत्र / वराहक्षेत्र १ खारखोलाका सन्तोष श्रेष्ठले कुटिमा बस्ने साधु तथा जोगिहरुलाई भोजन गराएर आफ्नी स्वर्गीय आमाको सम्झना गरेका छन् । सन्तोष सोमबार माता तिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर वराहक्षेत्र २ स्थित १३ आरडीमा कुट्टि साधु तथा जोगिलाई भेट्ने श्रीमति र सन्तान सहित पुगेका थिए । नेपाली कांग्रेस वडा नं १ का उप–सभापति समेत रहेका सन्तोषले साधुहरुलाई भोजना मिढाई, खिर , जुस र सम्मान स्बरुप रामनामी ओडाई दिएका थिए । साधुहरुले घर , परिवार त्यागेर संन्यासी जीवन पनि उनिहरुलाई एक प्रकारको नजिकको मान्छे छन् भन्ने भावना जागोर र उनिहरुको मुहारमा थौरै भए पनि मुस्कान मिलोस भन