प्रदेश सरकारले १९ जना श्रष्टालाई सम्मान गर्ने

  • असार २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

सम्मानित तथा पुरस्कृत हुनुहुने श्रष्टाहरूमध्ये .बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मानबाट भाषा, साहित्य र अनुसन्धान संकरणतर्फ सुनसरीका प्रा. डा गोबिन्द तुम्वाङ, अनुसन्धान, संस्करतर्फ झापाका प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु) रहेका छन् ।

यसैगरी प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट १२ जना सम्मानित हुने भएका छन् । टंक बहादुर खुलाल (मनु मन्जिल), उदयुरपमा.गोवर्धन तामाङ, इलामका विजय श्रेष्ठ, मोरङका भरत गुरागाई, सुनसरीकी ममता गिरी, सुनसरी धरानका .गोपाल देवान, इलामका .वीरबहादुर लाप्चा, सोलुखुम्बुका हरि कट्टेल, इलामका मान सिंह थुलुङ, सुनसरी धरानका महेन्द्र राई, सुनसरीका धरानका महेन्द्र राई, सुनसरीका जयन्तीरमण कण्ठ र भोजपुरका .नवराज राई (नवराज वर्तमान) रहेका छन् ।

यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९ बाट झापाका .लिला उप्रेती(लिला अनमोल), सुनसरीकी.यशोदाकुमारी लम्साल, इलामका चेतन आङ्थुपो, पाँचथरका .मधुराज केरुङ र झापाकी विमला चिमोरिया रहेका छन् ।

सम्मानित हुने स्रष्टाहरुलाईे असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा कार्यक्रमबीच सम्मानित हुने मन्त्रालयले जनाएको छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved