गाँजा वैधानिकताको प्रश्न: जनता अभियान चलाउने, प्रशासन जेल पठाउने

  • असार २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालको कानुनमा गाँजा खेतिलाई अवैधानिक मानिन्छ । गाँजाको व्यापार व्यवसाय गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरेर कार्वाही गर्छ । देशभर दिनमा कही न कही गाजा कारोबारीलाई प्रहरीले प्रक्राउ गरेर कार्वाही गरिरहेकै छ ।

तर धनकुटाका सर्वसाधारणले भने गाजा खेतिलाई वैधानिकता दिनुपर्ने भन्दै अभियान नै चलाएका छन् ।

उनीहरुले ‘गाँजा वैधानिक महाअभियान’ चलाएर गाजालाई वैधानिकता दिनुपर्ने भन्दै हस्ताक्षर अभियान समेत चलाएका छन् ।

खाल्सा छिन्ताङ्ग धनकुटाका सर्वसाधारणले नेपालको गाँजा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै धनकुटामा हस्ताक्षर अभियान असार २३ गतेदेखि चलाएका छन् ।

धनकुटाको मदनचौकमा असार २३ गते बृहत् हस्ताक्षर अभियान शुरु गरिएको गाँँजा वैधानिक महाअभियान धनकुटाका संयोजक तिर्थ राईले बताए । उनले भने–‘गाँजा औषधिको रुपमा मानिन्छ, यो औषधीय वनस्पति हो, तर सरकारले यसलाइ लागू औषधको रुपमा लिएर उत्पादन गर्न दिँदैन, हामीले औषधीजन्य वनस्पतिलाई वैधानिकता दिनुपर्छ भनेर अभियान चलाएका हौं ।’

उनीहरुको अभियानलाई संसददेखि व्यापारी, सर्वसाधारण, व्यवसायीहरुले साथ दिएका छन् । अभियानका संयोजक राईले गाँजाले वैधानिकता पाउने कुरामा सबैले सहयोग गरेको बताए । उनले भने–‘हामी यो अभियानमा निरन्तर लागिरहन्छौ, हामीलाई सांसद, व्यापारी, व्यवसायीदेखि व्यापारीहरु सबैले साथ दिएका छन् ।’

यस्तै महाअभियानका प्रवक्ता नरेन्द्र कश्चितले गाँजाबाट विदेशमा औषधिको रुपमा प्रयोग गर्ने भएपनि नेपालमा भने यसलाई लागु औषधको रुपमा लिनु आश्चर्यजनक भएको बताए । उनले भने–‘गाँजा फाइदाजनक विरुवा हो, गाउँघरमाा पशुको पेट ढाडिएमा वा दुखेमा यसलाई खुवाउदा निको हुन्छ ।’

यस्तै गाँन्जाबाट विभिन्न प्रकारका औषधी,तेल,लत्ताकपडा,झोला,जुत्ता लगायतका विभिन्न सामाग्रीहरु निर्माण हुने र हजारौ युवाहरु उद्यम व्यवसायमा लागेर मनग्य आर्थिक समृद्धि हासिल हुन सक्ने उनको भनाई छ । यसाले गर्दा पनि सरकारले गाँजालाई वैधानिकता प्रदान गरेर जान पर्ने उनको भनाई छ ।

संयोजक राईले धनकुटाका विभिन्न जिल्लामा हस्ताक्षर अभियानलाई निरन्तता दिने बताएका छन् । उनले भने–‘हामी जिल्लाभरि हस्ताक्षर अभियान चलाउँछौं, संकलन भएको हस्ताक्षर नेपाल सरकारलाई गाँजालाई वैधानिक दिन मागससहत बुझाउछौं ।’

गाजालाई वैधानिकता दिनका लागि गाजा मेला नै सञ्चालन

धनकुटाको सहीदभूमि गाउँपालिकामा अखुवामा गाजा खेतिलाई वैधानिकता प्रदान गर्न माग गर्दै तीनदिने गाँजा सचेतना मेलाको आयोजना भएको थियो ।

चैत्र २१ गतेबाट शुरु भएको मेला २३ गतेसम्म सञ्चालन भएको थियो । मेलामा भोजपुर, उदयपुर, धनकुटाका अभियन्ताहरु सहीदभूमि गाउँपालिका वडा नं. २ को अखुवाटारमा भेला भएका थिए ।

मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्येवद्धता जनाउँदै गाँजा खेतीलाई बैधानिकता दिन माग गरेका थिए । सो अवसरमा गाँजा वैधानिकता महाअभियन्ताका केन्द्रीय सल्लाहकार राजीव काफले लगायत स्थानीय पालिकाका प्रमुखहरुले गाँजाको विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका काफ्लले संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशत भन्दा बढी औषधिय गुण भएको भन्दै आएको बताए । उनले भने–‘गाँजालाई संयुक्त राष्ट्र संघले लागुऔषधबाट हटाएको छ, तर नेपाल सरकार भने लागू औषधको नाममा पक्राउ गर्छ ।’

विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने सो अवसरमा अभियन्ताहरुलेबताएका थिए । ती मध्ये पनि नेपालमा पाइने गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य समेत बढी भएको बताएका थिए । अभियन्ताहरुले भारतमा ८ लाख र यूरोपमा

कार्यक्रममा बिश्व हिन्दुमहासंघका अध्यक्ष ऋषिकेशजंग शाह, गाँजा बैधानिक अभियान्ता जोसेफ मदन कोइराला, सहिदभूमी गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राई लगाएत स्थानिय कृषकहरुका प्रतिनीधिहरुले आफ्ना गाँजालाई औषधीय वनस्पतिमा लिएर आर्थिकोपार्जनको बाटो बनाउनुपर्ने भएका थिए ।

सो अवसमार नेपाल सरकारले गाँजालाई लागु औषधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ्ग क्षेत्रबाट मात्र हरेक बर्ष ३० जना भन्दा बढी ब्यक्तिहरु गाँजाको बिषयमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तिर्थ राईले जानकारी दिएका थिए ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved