'ब्रेथलाइजर बिग्रियो'

  • असार २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ट्राफिक प्रहरीको हतियारको रुपमा मानिएको मादक पदार्थ सेवन गरे नगरेको जाच गने मेसिन ब्रेथलाइजर विग्रिएर थन्किदा मोरङमा सवारी जाँच प्रभावित बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र प्रहरीले प्रयोग गर्दै आएको ब्रेथलाइजर मेसिन बिग्रेको लामो समय भयो तर बिग्रिएको ब्रेथलाइज नबनाउदा सवारी साधनमा चलाउनेहरुले निर्वाधरुपमा मापासे गरी सवारी चलाउने गरेका छन् ।

ब्रेथलाइजर मेसिन मोरङ ट्राफिकसँग १२ वटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । १२ वटा सबै ब्रेथलाइजर मेसिन बिग्रिएर थन्किएका कारण मापसे चेकजाँच गर्न नै समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए । उनले भने ‘बिग्रेको ब्रेथलाइजर मेसिनले काम नै गर्दैन, नयाँ ल्याउन माग गरिएको अहिलेसम्म आएकै छैन ।’

उनले मेसिन बिग्रिए पनि मापासे चेकिङ भने नरोकिएको बताउदै चेकजाँच गर्न भने समस्या भएको बताए । उनले भने–‘ ब्रेथलाइजर नहुदा पनि मापसे चेकिङ हुन छोडेको छैन, अन्य माध्यमबाट पनि चेकिङ गर्न सकिने भएकाले मापासे गरी सवारी हाँक्ने कारबाहीको दायराबाट उम्कन पाउदैनन ।’

चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था प्रहरीसँग रहेको डियुटिमा खटिएका प्रहरीको भनाई छ । ‘अलि धेरै खाएको छ भने आँखा रातो भएको हुन्छ, शरीर झुल्न थालेको हुन्छ’, उनले भने । ब्रेथलाइनजरको मूल्य २० देखि ३० हजार हजार पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved