पर्यटकीय क्षेत्र चिण्डे डाँडा बर्षाद्को समयमा सुनसान

  • असार २७, २०७९
  • स्नेहा श्रेष्ठ
alt

धरान । धरानको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको धरान २० चिण्डेडाडाका सर्वसाधारण बर्षेनी बर्षाद्कोको समयमा सास्ती भोग्नु नियति नै बनिसकेको छ ।

बर्षादका समयमा आएको अविरल बर्षाका कारण सडक भत्किने, अवरुद्ध हुने भएपछि उनीहरुलाई सास्ती भोग्नुपरेको हो ।

धरान आसपासका अन्य क्षेत्रजस्तै चिण्डे डाडा समेत पर्यटकीय स्थल बन्दै गएको छ । यहाँबाट प्याग्लाइडिङसमेत सञ्चालनमा आउन थालेको छ तर सडकको स्तरोन्नति हुन नसक्दा यहाँका सर्वसाधारणले बर्षेनी बर्षाको समयमा समस्या भाग्नुपरेको छ ।

धरान २० चिण्डेडाडाका स्थानीय विजय राईले धरान उपमहानगरपालिकामा पर्ने चिण्डेडाँडा बर्षादको समयमा धरानसँग नै सम्बन्ध विच्छेद हुने गरेको बताउछन् । उनी भन्छन्–‘पर्यटकीय स्थलको सम्भावना बोकेको चिन्डे डाडा सम्म पुग्ने सडकको स्तरोन्नति गर्न नसक्दा यस्तो अवस्था आएको हो ।’ उनले निर्वाचनका समयमा यो सडक ममर्त सम्भार गर्ने प्रतिबद्धता जनाएपनि त्यो चुनावी नारामात्र भएको बताए । उनले भने–‘चिण्डेडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लान सके धरान उपमहानगरपालिकालाई आम्दानीको दह«ो स्रोत बन्ने सम्भावना बोकेको ठाउँ हो, तर यसतर्फ स्थानीय सरकारको खासै ध्यान जान सकेको छैन ।’

यता चिण्डे डाँडामा पाँच बर्षभन्दा अगाडिदेखि होटल व्यवसाय गर्दै आएका प्रेम राईले बर्षादका समयमा होटल नै सुनसान हुने बताए । सवारी साधन लिएर आउन नै कठिन भएकोले अहिले चिण्डेको व्यापार सुनसान भएको बताए । उनले भने–‘चिण्डेडाँडा धरानको गहना हो, हिउँदमा यहा धेरै मानिस घुम्न आउँछन्, त्यसबेला होटल सञ्चालकहरु व्यापार गर्न भ्याई नभ्याई हुन्छन्, तर हिउदमा प्रत्येक बर्ष बाटो बगाएर लगिदिन्छ, सवारी साधन त परै जाओस् हिडेर समेत सर्वसाधारण चिण्डेडाडा आउदैनन् ।

पहाडी भूगोल भएकोले पनि विष्णुपादुकाको चिण्डेमात्र हैन, धरान ११ मगलबारे देखि आले सम्मकोे सडक, चिण्डेको सडक लगायत धेरै यस्ता ठाउँहरुमा बर्षादका समस्या हुने धरान २० का वडाध्यक्षा पदमबहादुर लिम्बूले बताए । उनले भने–‘दीर्घकालीन सडक निर्माणका लागि पटक पटक कार्यपालिकाको बजेटमा कुरा राखेका छु, तर सुनुवाई भएकै छैन ।’ उनले यस क्षेत्रको सडक स्तरोन्नतिका लागि बजेट धेरै लाग्ने बताउदै यो समस्या तत्काल हुन नसक्ने बताए । उनले भने–‘अहिले तत्काल खोलामा जाली लगाउने, सडकमा डे«ेन बनाएमात्र पनि बर्षामा सडक बगाउदैन, यतिसम्म गर्न सके पनि धेरै समस्या हल हुन्छ ।’

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved