हिबिस्कसमा कानून विषय पढाइ हुने

  • असार २७, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । कानून विषयमा विद्यार्थीको रुचि र आवश्यकतालाई महसुस गरी पछिल्लो समय नीजि विद्यालयले समेत कानून विषयलाई समावेश गर्न थालेका छन् ।

विद्यार्थीको रुचिलाई मध्यनजर गर्दै धरानको हिबिस्कस इ.बो.स्कुलले कानुन बिषयमा अध्यन गराउने भएको छ ।

धरान १५ मा रहेको हिबिस्कस ईङ्गलिस बोडिङ्ग स्कुलले ११ र १२ मा कानुन बिषयको अध्यन गराउने भएको हो ।

आइतबार पत्रकार समेलन गरी पूर्वको शैक्षिक हबको रुपमा रहेको धरान शिक्षाको लागि महत्त्त्वपूर्ण क्षेत्रको रुपमा परिचित रहेकोले पनि नीजि विद्यालयमा पनि कानूनको अध्यापन गराउन लागेको हिबिस्कस स्कूलले जनाएको छ ।

शैक्षिक सत्र २०७९÷८० बाट कानुनको कक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको ाछ । धरानमा भने नीजि विद्यालयमा पहिलोपटक हिबिस्कस स्कुलले सञ्चालन गर्ने लागेको जनाएको छ ।स्कुलेल गत बर्ष देखि प्लस टु अध्यापन गराउदै आएको थियो । यस बर्षदेखि भने कानुन बिषय थप गरी प्लसटु सञ्चालन गर्ने लागेको स्कुलका प्रवन्ध निर्देशक गँगाराम राईले बताए । उनले भने– ‘अन्य विषयभन्दा कानुनका विषयमा विद्यार्थीको रुचि बढी देखिएकोले हामीले यो शैक्षित्रसत्रदेखि कानुन संकायमा पनि सञ्चालन गरेका हौ ।’ अहिले हिबिस्कस स्कुलमा ३५० बिधार्थी अध्यनरत रहेका छन । एउटा कक्षामा ३० जना राखेर ९० जनाको हाराहारीमा कानुन बिषयको कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको विद्यालयले जनाएको छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved