धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उमे
धरान/ नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताएका छन् । कारवाही पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहेका छन् । उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको विधान, नियमावली व
धरान । नेकपा एमालेको तर्फबाट वडा नम्बर ८ को वडाअध्यक्षको उम्मेदवार हुन् धन बाहादुर राई । विगत २८ बर्ष देखि जनताको सेवा तल्लिन छन् । वडा अध्यक्षमा जतताले विस्वास गरेर पठाए ५ बर्ष अवधिमा वडाको विकाशमा जनताको सेवक भएर काम गर्ने उद्देश्य लिएका छन् । यातायात मजदुरको रुपमा विगत १२ बर्ष देखि काम गर्दै आएका छन् । मजदुरहरुको हकहितका लागि आन्दोलन गर्दै २०३६ साल देखि २०४५ साल सम्म निरन्तर जन्ताकै सेवामा लागेर काम गरि रहेको धेरै अनुभव बटुलेका छन् । जतताको सेवा गर्दा गर्दै उनी राजनितिमा लागे । उनले वडाभरिको समस्या नियालेका छन् । त्यस्ता समस्यालाई कसरी न्युनिकरण गर्ने र वडाको विकासलाई कसरी अगाडि बढाउने उनल
धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स
धरान । वैसाख ३० गते हुने निर्वाचनमा घरदैलो कार्यक्रममा धरान १४ विजयपुर पुगेका लोकतान्त्रिक गठबन्धका उमेद्वारहरुले धरानको विजयपुरलाई धार्मिक पर्यटनको हव बनाउने प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट मेयरका प्रत्यासी बनेका किशोर राई र माओवादी केन्द्रका तर्फबाट उपमेयरका प्रत्यासी बनेका आइन्द्र विक्रम बेघाले सर्वसाधारणमाझ धरानको विजयपुरलाई धार्मिक पर्यटनको हब बनाउने प्रतिबद्धता जनाएका हुन् । घरदैलो कार्यक्रममा पुगेका मेयरका प्रत्यासी किशोर राईले धरानको विजयपुर मन्दिरै मन्दिर भएको ठाउ भएकोले यस ठाउलाई धार्मिक पर्यटनको रुपमा विकास गराउदै धेरै पर्यटक भित्र्याउने प्रतिब
धरान । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा दिवसमा वास्तविक श्रमिकको सहभागिता भने एकदमै कम रहेको थियो । दिवसकै दिन उनीहरु विहान बेलुका छाक टार्नकै लागि काम गरिरहेका थिए भने यता मजदुर नेता, राजनीतिक दलका अग्रज नेता कार्यकर्ताहरु भने मजदुर दिवसको अवसरमा र्याली तथा कोणसभामा सहभागी रहेका थिए । राजमिस्त्रीको काम गर्दै गरेका गोविन्द घिमिरेले श्रमिक दिवस कहिले हो, किन मनाउने गरिएको हो भन्ने भेउ समेत पाएका थिएनन् । आइतबार धरान १५ मा घर निर्माणमा व्यस्त उनी न त श्रमिक दिवसकोे र्यालीमा सहभागि थिए, न उनलाई श्रमिक दिवसकै बारेमा थाहा थियो । ‘श्रमिक दिवस कहिले मनाउने हो, किन मना
धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प
धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए । धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी
धरान । वैसाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालकामा उमेद्वारी दिएकाहरुमध्ये मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका २४ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन नियमको तालिमका अनुसार धरानमा पनि निर्वाचन अधिकृतको कार्यालय धरान १२ मा वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए । तथी मध्ये २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएक
धरान/ बैशाख ३० गते हुनगइरहेको निर्वाचनमा चार दलिय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन् । धरानको राजनीतिमा कृयाशील वेघा धरानको विकाशका मुद्धामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीव्न समेत विताएका वेघा जेल जीवन विताएका नेता हुन् ।माओवादीको परिवर्तनकारी एजेन्डा अनुसार मुलुकमा संघीय गणतन्त्र आएकोमा कसैको दुइमत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा वेघा यसपालीको स्थानिय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार छन् । २०७४ सालको चुनावमा मेयरको प्रत्याशी हुँदा ११ हज