अपहरित बालिकाको सकुशल उद्वार: अपहरणमा संग्लग्न २ जना पक्राउ

  • साउन ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको बिराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अपहरणमा परेकी बालिकाको प्रहरीले सकुसल उद्धार गरेको छ ।

विराटनगर बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवका एक बर्षीया छोरी निकिशा यादवको प्रहरीले भारतबाट सकुशल उद्वार गरेको हो ।

उद्धारसँगै अपहरणमा संग्लग्न २ जनालाई प्रहरले पक्राउ गर्न सफल भएको छ । तीन दिन अघि अर्थात श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी भन्ने खबर पाएपछि एक नम्बर प्रदेश प्रहरी कार्यालयको रिट समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोलीले अपहरित बालिकाको खोजतलासलाई तिब्रता बताएको थियो ।

अनुसन्धानमा खटिएको प्रहरीले बिराटनगर महानगरपालिका–६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको रहस्य पत्ता लगायो । उनलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान गर्दा अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेको मोरङ प्रहरीका डिएसपी कार्कीले बताए । उनले भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको बताए । उनले भने–‘अनुसन्धानका क्रममा अपहरणमा थप एक महिला भएको पाइएको थियो बिराटनगर–५ कि २७ बर्षीया अनु साहको समेत संलग्न रहेका कारण हामीले उनलाई समेत प्रक्राउ गरिसकेका छांैं ।’ डिएपी कार्कीले भने–‘पक्राउ परेका दुबै जनाबीच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडिदेखि अनु शाहको अपहरित बालिकाको बुबा दिपेन यादवसँंग समेत चिनजान भएको पाइयो ।’

उनका अनुसार दवै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको बताएकी थिइन् । श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पूर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको रहस्य खुलेको डिएस्पी कार्कीले बताए । उनले भने–‘ अनुसन्धानमा बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी, भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको पाइयो, अपहरणको कारणका विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं ।’

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved