झापा/ झापामा भदौ २४ गते जेनजि आन्दोलनका क्रममा प्रहरी कार्यालयमाथि भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये बिर्तामोडबाट १६ जना र दमक क्षेत्रबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोड गरेको आरोपमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि बिर्तामोड प्रहरीले छ
झापा/ झापा गाउँपालिका–५ पन्थापडाका करिब २० वर्षीय अडसाद अली लागूऔषधसहित पक्राउ परेका छन्। बुधबार साँझ करिब ७:२८ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको साथबाट ब्राउनसुगर फेला पारेको हो। विशेष सूचनाको आधारमा बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) रोकेर चेकजाँच गर्दा ५ थान प्लास्टिकको पोका सहित जम्मा ६३.०२० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले अडसाद अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
झापा/ जेन जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार पाँचथरको ओडारभित्र लुकाएको अवस्थामा फेला परेका छन्। विशेष सुराकीका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक–६ बाट एक युवकलाई पक्राउ गरेपछि हतियारको ठेगाना खुलेको हो। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँका २२ वर्षीय सुशिल फियाक (लिम्बु) रहेका छन्। प्रारम्भिक सोधपुछमा फियाकले Gen-Z आन्दोलन पछि दमकबाट लुटिएको हतियार आफ्नै गाउँस्थित ओडारभित्र लुकाएर राखेको स्वीकृति दिएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी
सुनसरी/ इटहरी उपमहानगरपालिका–२०, तरहरामा नियमित चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सवारी चलाउने ८ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। बुधबार (मिति २०८२।०८।०२) नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन रोकेर परीक्षण गर्दा उनीहरूबाट लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्मानित सुनसरी जिल्ला अदालतबाट&
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास&nda
सुनसरी/ विशेष सूचनाका आधारमा गरिएको प्रहरीले चेकजाँचमा ईनरुवामा ठूलो परिमाणको ब्राउनसुगर बरामद गरेको छ। मंगलवार दिउँसो १२:१५ बजेतिर ईनरुवा नगरपालिका–४ बसचौक नजिक लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य जानकारीपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएका प्रहरी टोलीले चिरौलीतर्फबाट आउँदै गरेको प्र १–०२–०५६ प ८२०५ नं. को स्कुटी रोकेर चेकजाँच गरेको हो। स्कुटी चालक इटहरी उपमहानगरपालिका–२० निवासी ५२ वर्षीय गोबिन्द तामाङको खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको ८.८९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जना
धरान/ इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधार क्षेत्रको दुर्गम भिरालो खोल्सामा मृत फेला परेकी छन्। घटनास्थल, शवको अवस्था र फेला परेका सामानहरूले घटनालाई शंकास्पद देखाएको प्रहरीको निष्कर्ष छ। तर प्रारम्भिक रूपमा भने प्रहरी पक्षले भिरालोमा लडेर मृत्यु भएको आशंका व्यक्त गरेको छ। मञ्जु कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। उनी घर नफर्केपछि परिवारले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजीको निवेदन दिएका थिए। त्यसपछि खोजीका क्रममा धरान–४ को बौद्ध विहार नजिकै कोशी लोकमार्ग छेउमा उनको रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब
सुनसरी/ धरानको पर्यटन प्रवर्द्धन र सामाजिक अभियानसँग जोडिएको प्रतिष्ठित ‘धरान १०K रन–चौधौँ नेवा च्यारेटी २०८२’ आगामी फागुन ९ गते (फेब्रुअरी २१, २०२६) हुने भएको छ। मंगलबार भएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमलाई यसपटक झनै भव्य र प्राविधिक रूपमा उन्नत बनाइने जानकारी दिइयो। ४ हजारभन्दा बढी सहभागीको तयारी विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न उमेरका महिला–पुरुषहरू गरी ४००० भन्दा धेरै धावक सहभागी हुने अनुमान गरिएको छ। पुरस्कार राशी भने यथावत राखिएको आयोजक तथा अध्यक्ष हेमन सुनुवारले बताए। • ओपन समूह (१६–३९ वर्ष) : रु ६०,०००, रु ४०,000, रु ३०,000 • Un
धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण प्रणालीको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘गुणस्तर सुधार प्रतिवेदन’ सार्वजनिक गरेको छ। कलेजले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै, “अब कलेजमा देखिनेछ अन्तर्राष्ट्रिय स्तरको शैक्षिक रूपान्तरण” भन्ने बलियो सन्देश दिएको हो। यस प्रतिवेदनलाई नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनासम्म कलेजमा बसेर गरेको अवलोकन, अध्यापन अभ्यास र कार्यशालाका निष्कर्षमा आधारित रहेर तयार पारेका छन्। प्रतिवेदनले अध्यापन शैलीको परिमार्जन, प्रविधिमूलक सिकाइ विस्तार, परियोजना&n
धरान/सुनसरीकाे धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको सम्मान तथा स्वागत समारोह भव्यभन्दा भव्य सम्पन्न गरेको छ। धरान–१५ को चुम्लुङ हिममा मंगलबार(आज) आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई अविर र खदासहित स्वागत गरिएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष तथा एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नुर खान, रामबहादुर लिम्बू, दिब्या झा लगायतले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शुभकामना दिएका थिए। समारोहमा प्रतिभावान, अनुशासित, स्कुल&ndash