धरान । सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नो पक्षमा जित सुनिश्चितताका लागि उम्मेदवारहरुको भेटघाट र दौडधूप तीव्र गतिमा अघि बढिरहेको छ । शुक्रबार गठबन्धनका तर्फका उम्मेदवार शिवराज श्रेष्ठले धरान ८ का व्यवसायीलाई घरदैलो कार्यक्रम मार्फत आफ्नो प्यानलमा मतदान गर्न आह्वान गरेका छन् । वडा नम्बर ८ र ९ का बजार क्षेत्रमा उम्मेदवार श्रेष्ठले मतदाता समक्ष पुगेर मतदान गर्न आग्रह गरे । शुक्रबार साझ नै स्थानीय भवन निर्माण व्यवसायी संघ सम्बद्ध व्यावसायीहरुसग उम्मेदवार श्रेष्ठले अन्तर्कृया गरे । भेटघाटमा एजेण्डा र नेतृत्वका हिसाबले पनि उम्मेदवार श्रेष्ठ सक्षम रहेको व्यावसायीहरुले धारणा राखे । स
धरान । खोटाङमा चार करोड भन्दा बढीको लागतमा निर्माण भएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क सामान्य वर्षामै भासिएको छ । भासिनुमा स्थानीयहरुले गुणस्तरहीन सामाग्री प्रयोग गरेको आशंका गरेका छन् जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १– दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क सामान्य वर्षामै पर्खाल र मैदान भासिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७ सय ५१ रुपैयाँको लागतमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो । गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका
धरान । उर्लाबारीका एक हार्डवेयर व्यापाीरले स्थानीयको करोडौ रकम ठगेर फरार भएका छन् । उर्लाबारी जेसिसका पूर्व अध्यक्ष समेत रहेका विनोद ओलीले सर्वसाधारणको करोडौ रकम ठगेर एक महिनादेखि बेपत्ता भएका छन् । लामो समयदेखि उनले बरगाछीमा एक हार्डवयेर पसल सञ्चालन गर्दै आएका थिए । चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने गरेको पाइएको छ ।स्थानीयबासी, बैंक तथा वित्तीय संस्थासंग निर्माण सामाग्री उपलब्ध गराउने भन्दै करोडौ कुम्ल्याएर फरार भएको स्थानीयहरुले बताएका छन् । फरार ओलीका विरुद्ध प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरी गरेका छन् । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा
धरान। ग्रामीण क्षेत्रका व्यावसायीका मुद्दालाई आत्मसात गरी सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका शिवराज श्रेष्ठको अभियान पूर्वको पुरानो व्यापारिक केन्द्र चतरा पुगेको छ । चतराका व्यावसायीले श्रेष्ठ समूहको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाम्रीण क्षेत्रको बजारको विकासमा ध्यान दिन आग्रह गरेका छन् । र्संस्थाको सबल र सक्षम नेतृत्व गर्न सक्ने उम्मेदवारलाई भोट दिन चाहान्छौं, जसले संस्थालाई सबल ढंगले अगाडि बढाउन सकोस्,’ चतराका व्यावसायी डम्बरप्रसाद सिग्देलले भने, ’शिवराज श्रेष्ठमा त्यो खुबी देखिएको छ ।’ पूर्वी पहाडी जिल्लाहरुको
इलाम l सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि गएको असार ८ गते नेपाली काङ्ग्रेस कार्यकर्ता देवेन्द्र सुवेदीले गरेको दुव्र्यवहार प्रति गाउँपालिकाका कर्मचारीहरुले आपत्ति जनाएका छन् । गाउँपालिकाका कर्मचारीहरुबाट कुशल ढंगले कार्य सम्पादन भइरहेको बेला जनप्रतिनिधि र कर्मचारी बाहेकका राजनीति दलका कार्यकर्ता प्रवेश गरि गरेको दुव्र्यवहार प्रति कर्मचारीहरुले खेद व्यक्त गरेका छन् । बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले गाउँपालिका सँग घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । कुसल कर्मचारीमाथि भएका दुव्र्यवहार विरुद्ध जस्तोसुकै अवस्था
धरान । सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा बाटो हिड्ने दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए सर्वसाधारण तर त्यही ठाउमा अहिले त्यही ठाउँ आकर्षक पार्कको रुपमा परिणत भएको छ । विशेष गरी यो स्थानमा अहिले विविध कार्यक्रम गर्ने थलोको रुपमा परिचित भएको छ । कविता, कथा वाचन गर्ने संगम स्थल बनेको छ भने विदाको दिन बालबालिकालाई खेल्ने स्थान बनेको छ भने वृद्धवृद्धालाई भलाकुसारी गरेर समय विताउने स्थान बनेको छ । बुुधबार फलैचामा बसेर कुराकानी गर्दे गरेका दुई बृद्धाले
धरान । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा मुछिएकी प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले बुधबार पदबाट राजीनामा दिएकी छन् । खातुनले सभामुख प्रदिपकुमार भण्डारीसमक्ष दिएको राजीनामा बिहीबार सभामुखले स्वीकृत गरेका छन् । अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्याउन अनुमति दिन अस्वीकार गरेको थियो । सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्याउन माग गरेकी थिइन् । तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा
धरान । केही दिनदेखि अविरल परेको बर्षाका कारण धनजनको ठूलो क्षति भएपछि थप क्षति नपुगोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई र्याफ्टिङ र डुंगा प्रदान गरेको छ । बर्षादको समयमा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले मोरङको रंगेली , सुनवर्सी, धनपालथान र रतुवामाई नगरपालिकालाई उद्धारका लागि ¥याफ्टिङ र डुंगा प्रदान गरेको हो । यसले बाढी प्रकोपबाट सर्वसाधारणहरु बढीका समयमा सुरक्षित अवतरण गर्न सहयोग पुग्ने रंगेली प्रहरीले जनाएको छ । सोमबार रातिदेखि आएको बर्षाद्ले खोलामा आएको बाढी कारण डुबान, कटान गरिरहेको अवस्थामा विपदको अवस्थामा दिएको उद्धार सामाग्रीले सहज हुने इलाका प्रहर
धरान । सोमबारदेखि आएको अरिबल बर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा बुधबार पानीको बहाव एकलाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ । कोशी व्यारेजको ढोका खोल्ने तथा बन्द गर्ने विषय भारतको नियन्त्रणमा रहेकाले कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ । नद
धरान । गृह श्रमिक सरोकार समाज नेपाल रातो पुल काठमाडौंको आयोजना होम नेट साउथ एशियाको सहयोग गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल धरान सुनसरीको संयोजनमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । धरानको न्यू ड्रिम ल्याण्ड होटलको सभाकक्षमा गृह श्रमिकका सवाल र कोभिडको असर विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गृह श्रमिक सरोकार समाजकी अध्यक्ष प्रभा पोख्रेलको अध्यक्षता धरान उपमहानगरपालिकाका उपप्रुमख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यशाा गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन कुमार विश्वकर्मा संविधान सभा सदस्य किरण कुमार राईको उपस्थिति रहेको थियो । सो