‘आसन्न निर्वाचनमा एमालेको वहुमत आउँछ’

  • आश्विन ४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/ नेकपा एमालेका स्थायी कमिटीका सदीय भानुभक्त ढकालले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेले वहुमत ल्याउने दाबी गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका ढकालले वर्तमान गठबन्धन सरकारप्रति प्रधान न्यायाधीशलाई महाअभियोगपछि गठबन्धन सरकारको विश्वास घट्दै गएको तर्क अगाडि सार्दै संविधानको रक्षार्थ एमाले जहिल्यै उभिने बताए ।

सोमबार संविधान दिवसका अवसरमा एमाले धरान नगरकमिटीले आयोजना गरेको नगरको विस्तारित वैठक एवम् प्रशिक्षण कार्यक्रम नेता ढकालले अघिल्को स्थानीयतह चुनावको मत परिणामलाई हेर्दा समेत गठबन्धनलाई पछि पार्दै एमाले अगाडि रहेको दावी गरे । उनले भने–‘सत्ता टिकाउन गठबन्धन सरकारले अनेक तिकडम गर्ने गरेको नेपाली जनताले बुझिसकेका छन्, गठबन्धनलाई सरकारमा पु¥याउदा देश भड्खालोमा पर्छ भन्ने बुझेका छन्, अब जनताले देशको संविधान बचाउन, मुलुकको विकास गर्न पनि एमालेको नेतृत्व आवश्यक छ भन्न थालिसकेका छन् ।’

नेता ढकालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वनेको वहुमतको सरकारले अघि सारको परिवर्तन, विकास र समृद्धि नेपालको परिकल्पनालाई पूरा गर्नको लागि भएपनि जनताले एमालेलाई जिताउने बताए । उनले भने– ‘यस अघिको स्थानीय चुनावमा ३४ प्रतिशत जनताले दिए, जुन मत प्रतिशत ०७४ को भन्दा वढी मत हो, २०७४ को चुनावमा ३३ प्रतिशत मत एमालले प्राप्त गरेको थियो ।’

आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जनताको ६ प्रतिशत मत प्राप्त गरेको खण्डमा एमाले नेतृत्वमा सरकार वन्ने ठोकुवा समेत गरे । उनले भने ‘अव एमालेको सरकार फेरी पनि वन्ने छ, हाम्रो नेतृत्वको सरकार वन्न कसैले रोक्दैदन , नेपाली जनता एमालेको पक्षमा छन्, हाम्रो जित सुनिश्चित छ ।’

उनले देशभर ८ लाख ५५ हजार एमालेको संगठित सदस्य रहेको वताउँदै नेता ढकालले अव मंसिर ४ गतेको चुनावका लागि गाउँ नगर सवै तह तप्काका नेता कार्यकर्ताले एक व्यक्ति , २ जनाको भोट र कम्तीमा ५ जनालाई एमालेको समर्थनमा ल्याउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । उम्मेद्धवारको सम्वन्धमा नेता ढकालले एमालले विवाद रहित ढंगले उम्मेद्धवार छनौट गर्ने पनि बताए । उनले भने–‘आँकाक्षीहरु धेर्रै हुनुहुन्छ, तर उमेद्वगार जो भएपनि पाटीलाई जिताउनको लागि सवै लाग्नु पर्छ ।’ विस्तारित वैठक एवम् प्रशिक्षण कार्यक्रममा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय स्तरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved