लायन्स क्लबको शिक्षाका लागि एक रुपैया अभियान

  • असोज ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर/ लायन्स क्लब अफ धरान पञ्चकन्याले शिक्षाका लागि एक रुपैया अभियान सञ्चालनमा ल्याएको छ ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले बीचैमा पाठनपाठन छोड्नु नपरोस् भन्ने अभिप्रायले क्लवले यस्तो अभियान ल्याएको हो ।

क्लबकी अध्यक्ष एकता श्रेष्ठका अनुसार पढन मन हुदाहुदै पनि आर्थिक अवस्था कजोर भएर विद्यालय तथा कलेज जान नसकेका बालबालिकाहरुलाई लायन्स कल्वले सहयोग गर्ने भएको हो । उनले भनिन् ‘दिनको १ रुपैया बचत गर्दा महिनाको ३० रुपैयाँ बचत हुन्छ, एकबर्षमा ३ सय ६५ रुपैयाँ जम्मा हुन्छ, पाँच बर्षसम्म जम्मा गर्दा १ हजार ८ सय २५ रुपैयाँ हुन्छ भने १० बर्ष जम्मा गर्दा ३ हजार ६ सय ५० जम्मा हुन्छ । जम्मा गर्दा दिनको एक रुपैया हो, तर यसले असहाय तथा गरिबहरुका लागि ठूलो सहयोग पु¥याउँछ ।’

उनले यो अभियानमा जोकोहीले सहयोग गर्न सक्ने बताइन् । उनले भनिन्–‘गरिब विद्यार्थीले बीचैमा विद्यालय तथा कलेज छोड्नु नपरोस भन्ने हाम्रो उद्देश्य हो, यसमा जो कोही सहभागी बन्न सक्छ ।’
लायन्स क्लबले स्थापनादेखि नै शिक्षा, स्वास्थ र वातावरण संरक्षण र खाधान्न वितरण जस्ता धेरै सामाजिक कार्य गर्दै आएको छ । चाडै नै क्लबले धरानको सुकुम्बासी बस्तिका अवस्था कमजोर भएका बालबालिकाहरुलाई ५ हजार कापी वितरण गर्ने भएको छ ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved