धरान । जिल्ला समन्वय समिति इलाममा नेकपा एमालेका जयप्रकाश राई विजयी बनेका छन । उनले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी वनेका हुन । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली निर्वाचित भएकी छिन । उनले केंग्रेसकी कमला अधिकारी बराललाई हराउँदै विजयी वनेकी हुन । त्यस्तै सदस्यहरुमा एमालेका प्रेम राज गुरूङ, शेर बहादुर खालिङ, राम प्रसाद लिम्बु, सिता कार्की र मिना कुमारी राई निर्वाचीत भएका छन भने नेकपा (एस) का तृष्णा लोहार र सपना देवि राई शेर्पा निर्वाचित भएका हुन । प्रमुखमा एमालेका राईको १२ मत आउँदा उपप्रमुखमा एसकी बराईलीको १३ मत आएको थियो भने कांग्रेसका वैद्यको ८ र अधिकारीको ७ मत आएको थि
धरान । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यहि असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडि भाइवहिनिहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ट्यालेन्ट हन्टको माध्यम वाट बास्केटवल खेल विकास तथा खेलाडिलाई प्रोत्साहन गर्ने उद्धेश्यले संघले विगत केहि वर्ष देखि ट्यालेन्ट हन्ट प्रोगामको आयोजना गर्दै आइरहेका छन । संघले ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा हेरेर धरानका विभिन्न कलेजमा छात्रवृतिm दिदैं आइरहेको धरान बा
धरान । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रू. एक करोड बराबरको करीब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूँर्जी काटेर आधिकारिक रुपमा विक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् । वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रू. एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जानकारी दिएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्ताम
धरान । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित तथा जेठ १६ गते भएको कार्यपालिकाको निर्वाचनबाट दलित समुदायबाट निर्वाचित सुनसरी जिल्लाका जनप्रतिनिधिहरुलाइ मुक्ती समाजले सम्मान गरेको छ । नेकपा एमालेको जनबर्गिय संगठन नेपाल जातिय उत्पिडित मुक्ती समाज सुनसरीले सम्मान गरेको हो । एमालेको इनरुवा स्थित पार्टी कार्यलयको सभाहलमा आयोजना गरिएको सम्मान तथा स्वागत कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का पुर्व मुख्यमन्त्री भिम आचार्यले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाइ सम्मान गरेका थिए । जिल्लाका विभिन्न स्थानीयतहमा ५६ जन
धरान । प्रदेश नं. १ पूर्व मुख्यमन्त्री शेरधन राईले काँग्रेसले साथ दिए आधा घण्टा भित्र प्रदेशको नामाकरण गर्न सकिने बताएका छन् । बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री राईले काँग्रेसले साथ दिए आधा घण्टामा प्रदेशको नाम राख्न सकिने बताएका हुन् । राईले आफ्नै कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै भने, ‘नामको विषयमा एमालेमा कुनै समस्या छैन, हामी आधा घण्टामा टुंग्याउन सक्छौं,’ उनले भने, ‘नेपाली काँग्रेस लगायतका दलहरूसँग सम्वाद चलिरहेको छ र हामी केही दिनभित्र ठोस साझा प्रस्ताव गरेर प्रक्रियामा हामी सहभागी हुन्छौं ।’ सञ्चारकर्
धरान । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय स्थलको रुपमा प्रदेश नं. १ मै परिचित छ । विजयपुरमा रहेका मठमन्दिरको ऐतिहासिक महत्व रहेकै कारण यहाँ प्रदेश नं. १ बाटमात्र हैन नेपालका विभिन्न स्थान र भारतबाट विजयपुर आउने गरेका छन् । विगतमा वडा समितिको कार्यालयको माथिल्लो तलामा सानो कोठामा सञ्चालन गरिएको अस्थायी प्रहरी चौकीका कारण सुरक्षाकर्मीलाई सुरक्षाको काम गर्न कठिन भएको थियो । सुरक्षाकर्मीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी चौकी निर्माणको योजना वडाले अगाडि सारेको हो । सोही अनुरुप विहीबार अस्थायी प्रहरी चौकीको शिलान्यास समेत भएको छ । भवनको उद्घाटन प्रदेश नं १ का आन्
धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् । भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका हुन् । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रह समेत गरे । ‘आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी ब्लक हुने गरेको छ,&rsq
धरान । मिर्गौला पीडित विरामीहरूले चर्को शुल्क तिर्दा पनि घण्टौ लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहँदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका विरामीको लागि सस्तोमा डाइलासिस गर्ने भएको छ । अस्पतालमा मिर्गौला पीडित विरामीहरूको सहजताको लागि एक हजारमा डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला पीडित विरामीहरूले डायलाइसिस गर्नुपरे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित हेमाडायलासिस सञ्चालनमा ल्याएको छ । सर्वसुलभ ढंगमा गुणस्तरीय डाइलासिस गर्न पाउने भएपछि विरामीले राहत मिलेको बताएका छन् । अस्पतालका डाइरेक्टर ई. रन्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि
धरान । झापाको झापा गाउँपालिका ३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधबार दिउसो सवा २ बजे मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ । धनकुटामा शनिबार शरु भएको प्रतियोगिता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको थियो । मंगलबार भएकोे फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदसहित ट्रफी हात पारेको छ । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै