हात जोड्दै घर घरमा उम्मेदवार

  • आश्विन ३०, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम/ राजनैतिक हिसाबले इलाम निर्वाचनमा महत्त्वपूर्ण मानिन्छ । इलामबाट निर्वाचन जितेका नेता देश हाँक्ने प्रमुख ओदमा रहेको कारण इलामको निर्वाचन महत्त्वपूर्ण मान्ने गरिएको हो । लामो समय देखि निर्वाचन जितिरहेका इलामका नेता झालनाथ खनाल र सुवासचन्द्र नेम्बाङ यस पटक पनि चुनावी मैदानमा छन । पटक पटक निर्वाचन जितेका खनाल प्रधानमन्त्री भई सकेका छन भने नेम्बाङ संविधान सभा अध्यक्ष र दुई पटक सभामुख भई सकेका छन ।
यति बेला चाडबाडको समय हो । भरखरै दसैँ सकिएको छ भने तिहार र छैटको सँगारमा छौ । तर इलाममा भने चाडबाड भन्दा पनि चुनावी अभियान सुरु भएको छ । यति बेला इलामका उम्मेदवार आफ्ना कार्यकर्तासँग चुनावी दौडाहामा व्यस्त छन ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गरे सँगै चुनावी मावल सुरु भएको छ । मनोनयन दर्ता गरेसँगै इलामका राजनीतिक दल घर घरमा भोट माग्दै हानिरहेका छन । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ आफ्नो निर्वाचन क्षेत्रमा दौड धूपका साथ हानिरहेका छन । असोज २३ गते मनोनयन दर्ता गरेपश्चात् नेम्बाङ कार्यकर्ता भेटघाट कार्यक्रममा लागि परेका हुन । नेकपा एमालेका नेता आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट कार्यक्रममा लागेका छन । इलाम क्षेत्र नं. २ बाट निर्वाचन लड्दै छन । उनले आफ्नो निर्वाचन क्षेत्रमा अहिले सम्म आफूले सुरु गरेका कामको समीक्षा गर्दै अधुरा रहेका काम आफैले सम्पन्न गरेर छाड्ने बताउँदै भेटघाट अभियानमा छन । उनले यसअघि चुनाव जितेपछि आफ्नो क्षेत्रमा बजेट छुट्टाएर सुरु गरेका विकासका काम पुरा गर्ने भन्दै भेटघाटमा पुगेका छन । नेम्बाङ आफू ५६ सालमा चुनाव लड्दै गर्दा इलाम निर्वाचन क्षेत्र नं. २ मा दुई किलोमिटर कालोपत्रे सडक त होईन कच्ची सडक नबनेको क्षेत्रमा अहिले अर्वौका योजना सञ्चालन भई रहेको बताउँछन् । अबको निर्वाचन जितेपछि अहिले सम्म सञ्चालन भएका अधुरा काम सम्पन्न गर्ने नेम्बाङको योजना छ । उनीसँग प्रतिस्पर्धीमा काँग्रेस सभापति डम्बर खड्का पनि चुनावी मैदानमा छन । खड्का पनि मनोनयन दर्ता पश्चात् गाउँ गाउँमा हिँड्न थालिसकेका छन । आफूलाई समाजसेवी र युवा नेता भनेर भाषण गर्ने खड्का गठबन्धनबाट नेम्बाङलाई हराउने दाउमा छन । उनी आफूले चुनाव जिते विकास निर्माणमा लाग्ने भन्दै भेटघाटमा हिनेका खड्का इलामका ठेकेदार हुन । उनी ठेक्का पट्टाको काम सँगै राजनीतिमा लागेका हुन ।

इलामको क्षेत्र नं. १ बाट उम्मेदवार बनेका खनाल जिल्ला आएका छैनन् । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेपश्चात् सूर्योदय नगरपालिकामा ५० करोडका योजना उद्घाटन गरेका गएपश्चात् जिल्ला फर्केका छैन । २३ गतेको मनोनयन दर्ता समेत केन्द्रबाट वारेस मार्फत गरेका खनाल चुनावी अभियानमा देखिएका छैनन् । काँग्रेसको साथले चुनाव जित्ने र राष्ट्रपति बन्ने योजनामा रहेका खनाललाई काँग्रेसले साथ दिन विभाजन देखिएको छ । गठबन्धनबाट खनालले टिकट पाएपछि काँग्रेसका विक्रम पाण्डेले काँग्रेसको अस्तित्व बचाउन भन्दै उम्मेदवारी दिएका छन । स्थानीय निर्वाचनमा इलामको माईजोगमाई गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीले पराजय भोगेपछि काँग्रेसको कटाक्ष गरेका खनालप्रति काँग्रेसको एक पक्ष असन्तुष्टि बनेको छ । खनाल सँग एमालेका महेश बस्नेत चुनावी मैदानमा छन । बस्नेत स्थानीय निर्वाचन २०७४ मा काँग्रेसका हिमाल कर्माचार्यलाई पराजित गर्दे एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा निवार्चीत भएका थिए । काँग्रेसको उम्मेदवार नभएको र खनालसँग काँग्रेस असन्तुष्टि रहेको समयमा बस्नेत चुनाव जित्ने दाउमा छन । बस्नेत यति बेला १ नं. क्षेत्रको विकास निर्माण सँगै कृषि, स्वास्थ्य, शिक्षा सँगै इलामको मुख्य आम्दानीको श्रोत रहेको चियाको समस्या समाधान गर्ने प्रतिबन्दताका साथ भेटघाटमा छन ।

क्षेत्र नं. २ क का गठबन्धनबाट काँग्रेसका उम्मेदवार गोविन्द गिरी पनि भेटघाट अभियानमै व्यस्त छन भने नेकपा एमालेका गणेश बराल पनि भेटघाट अभियानको दौड धूपमा लागेका छन । बराल २०७४ को निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुख भैसकेका छन । त्यस्तै २ ख का गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कान्छा लावती पनि भेटघाटमै व्यस्त देखिएका छन भने एमालेका राम राना पनि चुनावी दौडाहामा छन । राना २०७४ मा २ क बाट काँग्रेसका डम्बर खड्कालाई पराजीत गर्दे प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशको कृषि मन्त्री सम्म भैसकेका छन ।
निर्वाचन क्षेत्र नं. १ मा पनि उम्मेदवार भेटघाट कार्यक्रममा व्यस्त छन । १ को क मा एमालेबाट उम्मेदवार बनेका शोभा पराजुली र गठबन्धनबाट एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बु भेटघाटमै व्यस्त छन । पराजुली सन्दुकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन भने लिम्बु २०७४ को निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन । १ ख मा एमालेका दीपक थेबे र गठबन्धनबाट काँग्रेसका समसेर राई भेटघाट अभियानमा निस्किएका छन । थेबे र राई माई नगरपालिका र रोङ गाउँपालिकाका निवर्तमान प्रमुख÷ अध्यक्ष हुन ।
मङ्सिर ४ मा हुने निर्वाचनमा जित हासिल गर्नका लागि सबै उम्मेदवारहरू किसानका भेटघामा हात जोड्दै पुगेका छन । निर्वाचन जिताउनुहोस् यस क्षेत्रको विकासमा कुनै कसुर बाँकी नराख्ने आश्वासनका साथ भेटघाट अभियानमा उम्मेदवार व्यस्त छन ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved