मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता

  • आश्विन २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि दिएका उमेद्वारमध्य मोरङमा ११ जनाले उमेद्वारी फिर्ता लिएका छन् ।
मोरङमा २२७ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ आठ जना गरी ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजु मण्डल राजवंशीले मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सत्ता गठबन्धन उम्मेदवार काँग्रेसका नेता डा. शेखर कोइरालालाई समथन गर्दै उनको उम्मेदवारी फिर्ता भएको हो ।

यसैगरी सुजता थापाले मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा दिएको उम्मेदवारी पनि फिर्ता लिएकी छन् । उनी स्वतन्त्र उम्मेदवार थिइन् । यसैगरी मोरङ क्षेत्र नं. ४ बाट गोकुलप्रसाद पोखरेलले दिएको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । एकीकृत समाजवादी पार्टीबाट प्रदेशसभामा उम्मेदवार नेका दुई जनाको पनि उम्मेदवारी फिर्ता भएको छ । एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले मोरङ क्षेत्र नं. ४(२) र एकीकृत समाजवादी मोरङका प्रवक्ता वसिम आलमले मोरङ क्षेत्र नं. ६(२) मा दिएको उम्मेदवारी उम्मेदवारी फिर्ता लिएका हुन् । दुबै क्षेत्रमा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार छन् । गठबन्धनबाट काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका पूर्वमेयर भिम पराजुलीले मोरङ क्षेत्र नं. ४(२) र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की मोरङ क्षेत्र नं. ६(२) बाट उम्मेदवार छन् ।

यसैगरी मोरङ क्षेत्र नं. १(२) मा उम्मेदवारी दिएका डिल्लीराम शर्मा अधिकारी, मोरङ क्षेत्र नं. ३(२) का तिलकप्रसाद राई, कञ्चनकुमार बुढाथोकी, मोरङ क्षेत्र नं. ५(२) का भुराज राई, मोरङ क्षेत्र नं. ६(२) बाट जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरू सबै जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

संघतर्फ ६ र प्रदेशतर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा २१४ जनाले उम्मेदवारी दर्ता गराएको १ नं. प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए । उनका अनुसार संघतर्फ १०५ र प्रदेशमा १०९ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएकामध्ये मोरङ क्षेत्र नं. १(१) का स्वतन्त्र उम्मेदवार प्रेम बर्देवा र मोरङ क्षेत्र नं. २(१) बाट जनमत पार्टीबाट उम्मेदवारी दिएका दिपेन्द्रकुमार चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । बर्देवा कालो सूचीमा परेको र चौधरीले स्थानीय तहको उम्मेदवार बन्दाको खर्च बिवरण निर्वाचन आयोगमा नबुझाएको कारणले उनीहरूको उम्मेदवारी खारेज भएको हो ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved