धरान । धरानलाई सफा सुग्गर बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सहयोग गर्न हङकङमा कार्यरत ‘हाम्रो समूह’ मा आवद्ध रहेका धरानका स्थानीय वासीहरुले शनिबार १४ थान डस्विन सहयोग प्रदान गरेका छन् । हङकङमा कार्यरत धरान ११ निवासी दिपेन्द्र फुपाहाङ्ग लिम्बूले पठाएको रकमबाट उनका छोरा महेश फोम्बो र नुगेकेश काफ्ले नगर प्रमुख राईलाई डस्विन प्रदान गरेका हुन् । सो अवसरमा मेरि साम्पाङले ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ, भनेझै सबैले साथ दिएमा धरानलाई सुन्दर नगरी बनाउन सकिन्छ, सहयोग गरेकोप्रति म अभार प्रकट गर्छु ।’
धरान । अभियन्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर बनिसकेपछि पनि आफ्नो अभियानलाई छोडेका छैनन् । १४ बर्ष अभियानमा लागेर २०७९ सालमा भएको दोस्रो निर्वाचनमा स्वतन्त्रका तर्फबाट मेयर बनेका साम्पाङले धरानको खानेपानी समस्या समाधान, वृृक्षरोपणमार्फत धरानलाई स्वच्छ सफा बनाउने, दुव्र्यसनीमुक्त सहर बनाउने, भ्रष्टाचार न्यूनिकरण गर्ने, मितव्ययिता अपाउने, सरसफाई अभियान चलाउने र तारलाई व्यवस्थित गर्ने अभियानलाई निरन्तता दिइरहेका छन् । उनको अभियानलाई सार्थक बनाउन पछिल्लो समय धरानेहरुले समेत साथ दिन थालेका छन् । धरान २० पकुवा खोलामा पुगेर धरानका सर्वसाधारण, विभिन्न सरोकारवाला संघ संस्थाहरुले जनश्रमदान नै
धरान । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । शनिबार बसेको १० औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आयस्रोत कमजोर हुँदा विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट आर्थिक वर्ष ०७८÷७९ कोभन्दा १५ प्रतिशतले कम बजेट सार्वजनिक गरेको थियो । शनिबार बसेको बैठकमा मेयर नागेश कोइरालाको अनुमतिले उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोज
धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन । आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन । पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अम
धरान । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एक स्थानीयको खाटमुनि अजिंगर भेटिएको छ । करिब ५ मिटर लम्बाई भएको सो अजिंगर डिकुवाको छोम्पाङस्थित एक स्थानीयको घरमा खाटमुनि बेरिएको अवस्थामा फेला परेको हो । स्थानीय स्थानीय रमेश राईका अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टामा बेरिइरहेको अवस्थामा अजिंगरर भेटिएको थियो । मानिसले देखेपछि केही समयसम्म पनि अजिगर कतै नगएपछि स्थानीयले पूजा गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छोडिदिएको राईले बताए । उनले भने–‘अजिगर प्राय ः गरेर जगल वा नदी तथा पोखरीका घासे मैदानमा भेटिने गरिएको छ, तर यो चाहिँ घरको खाटकाो खुट्टामा बेरिएको
धरान । यहाँ आयोजित विचार गोष्ठीका वक्ताहरूले बढ्दो राजनीतिक हस्तक्षेपका कारण त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्तर दिनदिनै खस्कँदै गएको धारणा व्यक्त गरेका छन् । त्रिवि प्राध्यापक सङ्घको महेन्द्र बहुमुखी एकाइ समितिले ६४ औँ त्रिवि दिवसको अवसरमा शुक्रबार आयोजना गरेको विचार गोष्ठीका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । प्राज्ञिक स्तर जोगाउन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा सबै वक्ताहरूको जोड थियो । प्राध्यापकहरूको नियुक्ति र बढुवाको आधार अध्ययन–अनुसन्धानलाई बनाइनुपर्ने धारणा राख्दै वक्ताहरूले राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालयको प्राज्ञिक उन्नयन हुन नसकेको
धरान । संखुवासभाको चैनपुर नगरपालिका(१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् । शुक्रबार दिउँसो १ बजे मलामी बोकी पिलुवा खोलामा गई दाहा सस्कार गरी फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्रयाक्टर सडक साईडमा पल्टी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर १० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर ९ का ४६ बर्षीय केशब कार्कीको मृत्यू भएको हो । ट्रयाक्टर चालक मोहन कुमार तामाङलाई प्रहरीले निय
धरान । झापाको कन्काई नगरपालिका ३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ९ बजे मे १त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार रहेकि कन्काई नगरपालिका ३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको बताएको छ ।
धरान । भारतबाट भन्सार छली ल्याएएको लत्ता कपडा मोरङ प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपाल भारत सीमा नाकामा कडाइ गरेकोा जनाएपनि मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारी, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन । मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेको छ । बिना कागजात ल्याइएको १८ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बुधबार बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस पार्क नजिकैबाट विहान ३ बजे बरामद गरेको
धरान । र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.इ इ.स्पिकरका उत्कृष्ट १० जना सहभागिलाई बुधबार नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण दिइएको छ । युनिभर्सल पिस फेडरेसनका १ नम्बर प्रदेसका संयोजक एवम समाजसेवी राम बहादुर लिम्बुले विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धि सहजीकरण गरेका थिए । असल शिक्षाबाट निर्देसित भएर काम गर्न लिम्बुले विद्यार्थीहरुलाई सुझाए । देशमा विद्यमान बढ्दो विकृति र विसङ्गतिलाई त्यागेर सामाजिक कार्यमा अग्रसर गर्ने उत्प्रेरणा मिल्ने खालका तालिम दिइएका सहजकर्ता लिम्बुले जानकारी दिए । मङ्गलबार भएको दोश्रो चरणको प्रतियोगीताबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेस गरेका थिए । विद्या