मोरङ / संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदिय पत्रकाहहरुको चार दिने भेला सम्पन्न भएको छ ।
संसदिय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको १८ देखी २१ मंसिर सम्मको भेला प्रदेशले अधिकार नपाएसम्म संघियता बलियो नहुने निष्कर्ष निकाल्दै सातवटै प्रदेशका पत्रकारहरुको भेला सम्पन्न भएको हो ।
पाँच बर्षसम्म आ–आफ्ना प्रदेशमा संघियता प्रर्बद्धन गराउन कति भुमिका खेल्न सकियो र कमकमजोरीहरु के भए र आगामी दिनमा अझै राम्रो कसरी गिर्न सकिन्छ भन्नेबारे सातवटै प्रदेशबाट सहभागी पत्रकारहरुले भेलामा समिक्षा गरेका थिए । उनीहरुले संघीयतालाई बलियो बनाउन संबिधान प्रदत्त अधिकार प्रदेशलाई चाँडै हस्तान्तरण गर्नुपर्ने मुख्य निष्कर्ष निकालेका थिए ।
सातवटै प्रदेशबाट सहभागी भएका नियमित सक्रिय रिर्पोटिङ गरिरहेका पत्रकाहरुको भेलाले संसदिय पत्रकारितालाई बलियो बनाउदै संघियतालाई दीगो रुपले प्रबृद्ध गराउन सातबुँदे घोषणा पत्र पनि जारी गरेको छ ।
संघमा रहेको संसदिय पत्रकार समाज र सातवटै प्रदेशका संसदिय मामिलामा पाँच बर्षसम्म नियमित पत्रकारिता गरिरहेका पत्रकाहरु भेलामा सहभागी भएका थिए ।
उनीहरुले संघले उपेक्षा गरेकै कारण प्रदेशमा धेरे कानुनहरु बनेपनि कार्यान्वनयमा जान नसकेको र संबिधानमा उल्लेख भएका अधिकार प्राप्तिलाई संघियता जनआपेक्षा अनुसार बन्न नसकेको पत्रकारहरुको ठहर छ ।
सातवटै प्रदेशको संसदिय पत्रकार मञ्चमा आवद्ध पदाधिकारी र सल्लाहकार र सक्रिृय सदस्यहरु सहभागी रहेको भेलामा पाँच बर्षमा संसदीय पत्रकारिता गर्दा प्राप्त गर्न सकेको उपलब्धि , आइपरेका समस्या र चुनौति र भावि कार्यायोजनाबारे गम्भिर समिक्षा भएको संसदिय पत्रकार मञ्च प्रदेश १का उपाध्यक्ष बाबुराम भण्डारीले बताए ।
सो अवसरमा पाच बर्षे कार्यकालको समीक्षा गरिएको थियो । ४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट संघीय संसद र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिदै संसदलाई अझै प्रभावकारी, जनमुखी बनाउदै कार्यकाल सफलरुपमा पुरा गर्न बधाई दिएका थिए ।
भेलामा संसदिय पत्रकार समाजका महासचिव बिष्णु खडका , संसदिय पत्रकार प्रदेश सञ्जालका संयोजक बिष्णु घिमिरे , गण्डकी प्रदेश संसदीय पत्रकार मञ्चका कार्याबाहक अध्यक्ष अमृत सुबेदी ,सुदुर पश्चिमका अध्यक्ष प्रकाशविक्रम शाह , मधेश प्रदेशका सल्लाहकार वीरेन्द्र रमण बाग्मती प्रदेशका अध्यक्ष राममणी दहाल लगायत २५ जना अनुभवी पत्रकाहरुले भेलामा पाँच बर्र्षे अनुभव सहित भावी कार्ययोजनाबारे बताएका थिए ।
पत्रकाहरुले प्रस्तुत गरेको अनुभवलाई संसदिय पत्रकार मञ्च प्रदेश १का सल्लाहकार विवेक गौतम लगायतले निष्कर्षमा प्रस्तुत गरेका थिए ।