विराटनगर–१९ मा सुगर, प्रेसर तथा बालकुपोषण खोजी

  • मंसिर २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको शिविरमा आसपासका क्षेत्रका स्थानीयले सुगर र प्रेसरको जाँच गराएका थिए ।

सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने संख्या बढ्दो रहेको वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका बस्नेतले बताए । ‘कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुन्छ,’ बस्नेतले भने, ‘बेलैमा स्वास्थ्य परीक्षण गरियो भने रोग पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।’

आममानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटुरोग, किड्नीसम्बन्धी रोग लाग्ने गरेको जनाइएको छ । वडा नम्बर १९ का १२ वटा टोलबस्तीमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको उपस्थितिमा खोजी कार्य सञ्चालन गरिने वडाध्यक्ष श्याम घिमिरेले जानकारी दिए ।

उनका अनुसार अभियानबाट पत्ता लागेका रोगीहरुका लागि आगामी पुस ११ गते विशेषज्ञ डाक्टरसहितको टोलीले थप परीक्षणका साथै उपचार गर्नेछ । बैथनाथपुर स्वास्थ्य चौकीमा थप परीक्षण र उपचार गरिनेछ ।

४० वर्ष नाघेका सबै वडाबासीको सुगर र प्रेसर जाँच गरिने वडाध्यक्ष घिमिरेले बताए । अस्वस्थकर खाना, शारीरिक सक्रियताको कमी, मद्यपान र धु्रमपानको प्रयोगका कारण सुगर, मुटुरोग, किड्नीलगायतका रोग लाग्ने गरेको वडा नम्बर १९ स्थित बैथनाथपुर स्वास्थ्य चौकीका प्रमुख भोला तिम्सिनाले बताए । स्वास्थ्यमा ध्यान दिए रोग लाग्नबाट बच्न सकिने उनको भनाइ थियो ।

महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडाका सम्पूर्ण गर्भवती, सुत्केरीलगायत २ वर्षमुनिका बालबालिकाको तथ्यांक संकलन गरिने वडाध्यक्ष घिमिरेले बताए । कुपोषित बालबालिकाको लगत संकलन गर्नुका साथै स्वास्थ्य चौकीमा सुनौलो हजार तथा पोषण शिक्षा एवम् व्यवस्थापन गर्ने योजनासमेत रहेको उनले सुनाए ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved