अर्थतन्त्रको सन्तुलनमा ध्यान दिनु आवश्यक

  • मंसिर २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विलासी मानिएका वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्धलाई सरकारले फुकुवा गर्ने भएको छ । मङ्सिर मसान्तपछि यस्तो प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको छ । विलासी सामानमा लगाइएको आयात प्रतिबन्धका कारण बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल हुन थालेको अवस्थालाई ध्यानमा राखेर सरकार यस्तो निर्णयमा पुगेको हो ।

अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले विभिन्न चरणमा छलफल गरेपछि सरकारले यो निर्णय गरेको हो । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिबन्ध औपचारिक रूपमा हट्नेछ ।

समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको बाटोमा गएको निष्कर्ष निकालेर यस्तो निर्णय गरिएको बताइएको छ । बढ्दो आयातका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको कारण देखाएर सरकारले गत वैशाख १३ गते आर्थिक वर्षको अन्त्यसम्म १० प्रकारका विलासी वस्तु आयातमा पूर्ण प्रतिबन्धको नीति लिएको थियो ।

केही वस्तुको आयात सरकारले खुलाउँदै गए पनि अहिलेसम्म चार वस्तुको प्रतिबन्ध भने कायमै थियो ।
प्रतिबन्धको कदमपछि अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दवाब सुधारउन्मुख देखिएको विज्ञहरूको भनाइ छ । अहिले रेमिट्यान्स (विप्रेषण) पनि बढ्दै गएको कारणले गर्दा पनि सञ्चितिमा परेको दवाब कम भएको छ ।

यी सबै अवस्थाले अर्ततन्त्रको बाह्य क्षेत्र अब ठूलो दवाबमा नरहेको निष्कर्षसहित सरकारले आयात प्रतिबन्ध हटाउने भएको हो । यसलाई अर्थतन्त्रका लागि सकारात्मक नै मान्नुपर्छ तर यसका अन्य पक्षलाई भने उपेक्षा गर्न मिल्दैन । बाह्य क्षेत्र सुधारका लागि चालिएका कदमहरूले अर्थतन्त्रको वास्तविक, सरकारी वित्त र वित्तीय क्षेत्रमा भने अर्को खालको समस्या ल्याएको विज्ञहरूको भनाइ छ । आयात प्रतिबन्धका कारण बजारमा मागमा उच्च दरमा सङ्कुचन आएको थियो ।
त्यसैले अर्थतन्त्रलाई सन्तुलनमा राख्नु आवश्यक छ ।

आयातमा गरिएको कडाइको नतिजा अर्थतन्त्रमा सकारात्मक रूपमा देखिएको छ । अब पुनः आयात खुलाउँदा अनियन्त्रित हुन नदिनेतर्पm ध्यान दिनुपर्छ । बैङ्ककहरूले विलासी वस्तु आयातमा गर्ने अन्धाधुन्द लगानीलाई निरुत्साहन गरिरहनुपर्छ । यसतर्पm सचेत हुन सकिएन भने समस्या फेरि नदोहोरिएला भन्न सकिन्न ।

बजारमा माग र सरकारको राजस्व घटेर सिर्जना भएको अप्ठ्यारोबाट भने अब राहत मिल्ने विश्वास गर्न सकिन्छ तर आयातलाई एकैपटक सबैतिरबाट खुकुलो गर्ने विगतको गल्तीलाई दोहो¥याउन नहुनेमा भने सचेत हुनैपर्छ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved