सुनसरी/ धरान उपमहानगरपालिका–११ मा मङ्गलवार मध्यराति एक किशोरमाथि धारिलो हतियार प्रहार भएको छ। राति करिब १ः३० बजे घर बाहिर निस्किएका लाक्पा राईका १५ वर्षीय छोरा आकाश राईमाथि तीन जनाको समूहले अचानक आक्रमण गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट आकाश गम्भीर घाइते भएका छन्। उनको बायाँ कुममा गहिरो चोट लागेको र तत्कालै धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। आक्रमणमा संलग्न तीनै जनाको पहिचान खुलेको छैन। घटनापछि फरार उनीहरूको खोजी कार्य इलाका प्रहरी कार्यालय धरानले तीव्र बनाएको छ। प्रह
सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगाय
धरान/ औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक तथा संवैधानिक रूपमा अमान्य रहेको निष्कर्ष निकाल्दै औषधि व्यवसायीहरू देशव्यापी रूपमा आन्दोलन चर्काउने तयारीमा छन् । नेपाल औषधी व्यवसायी संघको पहलमा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समिति ले सरकारलाई बारम्बार ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएपछि कडा आन्दोलन गर्ने निर्णय लिएको हो । तिमीले संगठनले जनाएको अनुसार, दफा ११ का केही उपदफा व्यवसायिक संरक्षणका आधारभूत मापदण्ड विपरीत रहेका छन् । व्यवहारमा अन्यायपूर्ण र अनुपयुक्त देखिएको तथा यसले औषधि व्यवसायीको पेशागत वातावरण नै प्रभावित गरेका कारण ती उपदफा खारेज गर्न
मोरङ/ विराटनगर–१३ मा लागूऔषध कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीले गरेको छापा मारामा २ जना अभियुक्त पक्राउ परेका छन्। मंसिर ०९ गते प्राप्त विशेष सूचनाअनुसार इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादव रहेका छन्। उनीहरूकै साथबाट ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ। मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं.
सुनसरी/ विशेष सूचनाको आधारमा सञ्चालन गरिएको दुई सफल प्रहरी कारबाहीमा इनरुवाका फरक–फरक स्थानबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२।०८।०८ गते साँझ १९:१५ बजे इनरुवा–३ महेन्द्रचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारत, बिहारका ३२ वर्षीय राजु कुमार सोनीलाई नियन्त्रणमा लियो।चेकजाँचका क्रममा उनको साथबाट INZASCAN-10 लेखिएको INTRAZEPAM TABLETS का १४ पत्ता (१४० क्याप्सुल) Spasmo-Proxyvon Plus लेखिएको १ पत्ता (८ क्याप्सुल) जम्मा १४८ क्याप्सुल बरामद भएपछि उनलाई पक्राउ गरी जि
धरान/ नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियो
धरान/ धरानमा लागू औषध ओसार–पसार गर्दै गरिएको गस्ती निगरानीपछि प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास्पेनसहित एक युवकलाई पक्राउ गरेको छ। साेमबार दिउँसो करिब ३ः३० बजे, धरान उप–महानगरपालिका–१४ स्थित पिण्डेश्वरी कलेज पछाडिको क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट विजयपुरबाट खटिएको प्रहरीले नियन्त्रण संचालन गरेको हो। जाँच–पडतालका क्रममा धरान–१५ बस्ने २७ वर्षीय सनम लिम्बुको साथबाट ट्रामाडोल ३०० क्याप्सुल र स्पास्पेन २४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागुऔषध तथा नियन्त्रित औषधीसहित पक्राउ परेका
झापा/ झापामा निर्माण भइरहेको सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाले झापालाई देशकै दोस्रो ठूलो इन्धन हबको रूपमा स्थापित गर्ने संकेत देखिएको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले परियोजना सम्पन्न भएपछिको इन्धन आपूर्ति पूर्ण सुरक्षित हुने र नाकाबन्दी तथा हड्ताल जस्ता परिस्थितिले अब देशमा इन्धन अभाव नल्याउने दाबी गरेका हुन्। मेचीनगर नगरपालिकाले सोमबार आयोजना गरेको ईआइएसम्बन्धी सर्वदलिय वैठकमा बोल्दै बरालले भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताए। सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र मे
धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ। यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी