Top 4

    Showing 5,611-5,620 of 9,513 items.
  • स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे

    झापा /हरेक स्थानीय तहले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । पछिल्लो समय झापाको दमक नगरपालिकाले समेत आफ्नो नगरमा रहेका दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिकासँग सहकार्य गरेर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । रेडक्रसका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमत रगतको आवश्यकता पर्ने, पाँच बर्ष मुनिका बालबबालिका लागि निःशुल्क रगत उपलब्ध

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

    मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लामो समयपछि मेची रंंगशालामा गोल्डकप

    झापा / लामो समयपछि मेची रंगशालामा गोल्ड हुने भएको छ । करिब १८ बर्ष अगाडि यो रंगशालामा गोल्डकप भएको थियो । राष्ट्रिय स्तरको गोल्डकप गर्दै आएको भद्रपुरमा रहेको यो रंगशालामा २०६१ सालपछि गोल्डकप हुन सकेको थिएन । फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरि प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक क

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘साइबर ब्युरोमा उजुरी हाल्छु’

    धरान / धरान उपमहानगरपालिकाका कार्यपालिका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर हर्क साम्पाङका समर्थकका विरुद्धमा साइबर क्राइम विरुद्ध उजुरी दिन सोमबार काठमाण्डौ गएका छन् ।मेयर साम्पाङका समर्थकले आफ्नो सामाजिक सञ्जालमा अशोभनीय कमेन्ट गर्ने गरेकाले काठमाण्डौको साइबर व्युरोमा गएर साइबर क्राइमको मुद्दा हाल्न लागेको बताए । उनले भने–‘धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङका समर्थकले सामाजिक सञ्जालमा अत्यन्तै अशोभनीय गालीगलौज गरेर टिप्पणी गर्ने गरेका छन्, उनीहरुले गरेको कमेन्ट परिवारमा बसेर सुन्नै नसकिने शब्द प्रयोग गरेका छन्, आफूमाथि भएको अपमान विरुद्ध साइबर ब्युरोमा उजु

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गतवर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन बढ्यो

    धरान / कालो सुन भनेर चिनिएको अलैचीको खेती हुने जिल्लामध्ये धनकुटा पनि पर्दछ । एक समयमा अलैँचीको धेरै नै उत्पादन हुने धनकुटामा केही समय अगाडि रोग कीराका कारण अलैचीको बगान मासिदा धेरै नै उत्पादन घट्न पुग्यो । गत वर्षबाट भने पुन ः अलैचीको उत्पादन बढ्न थालेको छ । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. २ का स्थानीय कृषक देबीबहादुर अधिकारीले अलैची खेती गरेको करिब तीन दशक बितेको छ । तीन दशकको दौरानमा अधिकारीले धेरै उतारचढाव भोगे । बार्षिक ४५ मनसम्म अलैँची उत्पादन गर्दै आएका अधिकारीको बगैँचा विभिन्न रोगकीराको प्रकोपका कारण एकाएक मासियो । तर अहिले पुन ः नया बगान लगाएर अहिले बार्षिक १५ मन उत्पादन गर

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : व्यवसायको स्वास्थ्य परीक्षण

    विराटनगर /विराटनगर–१४ डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । एक्स्पोमा राखिएको स्टार्टअप पेभेलियनमा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । व्ययवसाय नफष्टाएको, पर्याप्त लाभ लिन नसकेको, व्यवसायिक योजना नभएर व्यवसाय सञ्चालनमा समस्या भए उक्त स्टलमा गई आफ्नो व्यवसायको स्वास्थ्य परीक्षण गर्न सकिने लगानी अनुसन्धानकर्ता सौजन्य तिम्सिनाले बताए । उनले मानिसको स्वास्थ्य जस्तै

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्यमशील बचतको साधारणसभा सम्पन्न

    धरान / धरान–१०, सैनिक चोकस्थित उद्यमशील सहकारीले शनिबार आप्mनो ११ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवस तथा १० औँ वार्षिक साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष भूपालप्रसाद घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८\७९ मा ९० लाख ७ हजार रूपैयाँ खुद मुनाफा गर्न सफल भएको जनाए । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा करीब साढे २ अर्ब रुपैयाँ कुल कारोबार गरेको उनले बताए । सहकारीले विभिन्न कोषहरूमा बाँडफाँट गर्दा शेयर बोनस कोषमा करीब ३० लाख २० हजार रुपैयाँ सञ्चित गरी ७ प्रतिशतका दरले लाभांश वितरण गरेको सहकारीले बताएको छ । सहकारीले आर्थिक वर्ष २०७८\७९ को अन्त्यमा करीब पौने ६ करोड र

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    विराटनगर / नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी, अमर÷अशक्त प्रहरीका सन्ततिसमेत गरी पुरुष २८५, महिला ७६ र बालबालिका १० गरी ३७१ जनाले सेवा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए ।शिविरमा भिडियो एक्सरे, ईसीजीलगायत विभिन्न किसिमका

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालमा नयाँ भवन

    मोरङ / विराटनगर महानगरपालिकामा रहेको सरकारी अस्पताल कोशी अस्पताल सेवाग्राहीको चापका कारण अस्तव्यस्त हुने गरेको छ । यसैलाई मध्यनगर गरी कोशीमा ५ सय शै्याको भवन बन्ने भएको हो ।आठतले मेडिकल भवनको बन्ने सो भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन् । विहीबार २ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 433 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भाडावृद्धिको विरोध गर्दै उद्योगीहरू आन्दोलित

    धरान / देशभरका औद्योगिक क्षेत्रमा अवस्थित उद्योगीहरू आन्दोलनमा ओर्लिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अस्वाभाविक भाडा वृद्धि गरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । लिमिटेडले एकैपटक आठ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको नेतृत्वमा उनीहरू आन्दोलित बनेका हुन् । महासङ्घले ९ दिनयता काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा निरन्तर आन्दोलन गरिरहेको छ । लिमिटेडले एकैपटक अस्वाभाविकरूपमा भाडा बढाएको महासङ्घको आरोप छ । महासङ्घका अध्यक्ष रामहिरा पाठकले काठमाडौँ, भक्तपुर, ललितपुर र पोखरामा अवस्थित औद्योगिक क्षेत्रमा आठ सय प्रतिशतसम्म भाडावृद्धि भएको जानका

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 507 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved