Top 4

    Showing ५,५९१-५,६०० of ९,८२३ items.
  • सरस्वतीको ६६ औ वार्षिकोत्सव सम्पन्न

    दुहबी /  दुहबी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा पुरस्कार तथा छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा सोमबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पूर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागू गर्ने जानकारी दिएका थिए । उनले यो काम स्थानीय सरकार एक्लैले गर्न नसक्ने बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट मात्र सम्भव हुने बताए

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ७८० पटक पढिएको
    • "चन्दन रौनियार"
  • घरमै सामाजिक सुरक्षा भत्ता

    धरान /  स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् । धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो क

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ८७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशस्तरीय भलिबलको उपाधि ओखलढुंगालाई

    धरान/एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुर

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ७८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी व्यवस्थापनमा सचेत बनौँ

    धरान बजारको केन्द्रमै रहेको बसपार्क अस्तव्यस्त भएपछि सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनमा सक्रिय भएको छ । ट्राफिक कार्यालयले भानुचोक क्षेत्रमा जथाभावी रोक्ने टेम्पो र सिटी सफारीलाई नियन्त्रण गर्न थालेको छ । सिटी सफारीकै बसपार्क अस्तव्यस्त भएर दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । उसले सरोकारवाला पक्षसँग छलफल गरेर नियन्त्रणको प्रयास थालेको हो । ट्राफिक प्रकरीको यो कार्य सराहनीय छ । वास्तवमा सवारी साधनहरू जथाभावी रोक्दा सडक व्यवस्थापन र सवारी व्यवस्थापनमा समस्या देखिएका हुन् । सडकको तुलनामा सवारी साधनको चाप बढी हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या द

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ७३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारद्वय भण्डारी र सुब्बा सम्मानित

    मोरङ /  नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । आइतबार स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदानप्रदानसँगै जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम्मान गरेको हो । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट तेजेन्द्र भण्डारी र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार २०७९ बाट दिनेश सुब्बालाई सम्मान गरिएको हो । पत्रकारद्वय भण्डारी र सुब्बालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुम

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ७३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस चौतारीको स्थापना दिवस धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

    धनकुटा / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो । सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे । त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ७१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाबासीलाई सुरक्षित बनाउने वडा कार्यालयको योजना

     धरान / स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् । यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् । पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति स

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ८२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी फुटबल क्लब सेमिफाइनलमा

    दुहबी \ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले बसाहा ११ फुटबल क्लब उदयपुरलाइ १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९ औं मिनेटमा इटहरी फुटबल क्लब सुनसरीका खेलाडी राजेश लुंगेलिले एक गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका हुन् । दुवै तर्फबाट आक्रमक खेल भएपनि निर्धारित समय सम्म बसाहा फुटबल क्लब उदयपुरले गोल फर्काउन सकेको थिएन । खेलको म्यान अफ द म्याच इटहरी फुटबल क्लब सुनसरीका खेलाडी

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ८८२ पटक पढिएको
    • "चन्दन रौनियार"
  • नोबेलको हिज्जे प्रतियोगितामा निलो सदन प्रथम

    धरान /  नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल बनेको छ ।निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ९१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन सञ्चारकर्मी पुरस्कृत

     सुनसरी /  प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । विगत दुई दशकदेखि सुनसरीमा रहेर पत्रकारिता गरिरहेका नवराज विष्टलाई चौतारीले कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै उदयीमान पत्रकारका रुपमा इटहरीका प्रकाश तिम्सिनालाई पुरस्कृत गरेको छ । साथै कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट रोजी खतिवडालाई पुरस्कृत गरेको पुरस्कार छनोट समितिका संयोजक तथा चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए । यसैबीच गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चौतारीका तर्फबाट उत्कृष्ट रिपोर्टिङ गर्ने सन्चारकर्मी

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ९३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved