Top 4

    Showing 5,591-5,600 of 9,513 items.
  • हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

    झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु भएको जनाइएको छ । यही अवधिमा १६ वटा हात्ती समेत मरेको बताइएको छ। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : प्रविधिलाई विशेष एक्स्पो

    मोरङ / विराटनगर–१४ को डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ । विशेष प्रविधिको बनाउने उद्देश्यले एक्स्पोलाई क्याँसलेस, पेपरलेस र भर्चुअल एक्स्पोका रुपमा चित्रण गरिएको छ । एक्स्पोमा ईसेवाका माध्ययमबाट पनि सामान खरिद गर्न पाउने व्यवस्था गरिएको छ । एक्पोमा टिकट पनि इसेवाबाटै काट्न पाइने व्यवस्था गरिएको इसेवाले जनाएको छ । एक्स्पोमा राखिएको इसेवाको स्टलमा खेलका माध्ययमबाट पनि इसेवाको प्रयोग गरी कसरी समान खरिद गर्ने, बिजुली, पानीको बिल तिर्नेलगायतका विषयमा जानकारी दिने व्यवस्था गरिएको इसेवाकी सन्ध्या मण्डलले जानकारी दिइन् ।   मण्डलका अनुसा

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन दिने खेलकुद पत्रकारिता तालिम

    बिजयपुर / धरान मित्र मिलन कलबले ३ दिने खेलकुद आधारभूत पत्रकारिता तालिम बुधबारबाट धरानको पुर्वी स्टार होटलमा आयोजना गरेको छ । तालिमको उत्घाटन नेपाली कांग्रेससका प्रदेश नम्बर १ का महामन्त्री उमेश थापाले पानसमा बत्ती बालेर उत्घाटन गरेका थिए । पछिल्लो समय खेलकुदका गतिविधिहरु धेरै हुने गरेको प्रमुख अतिति समेत रहेका थापाले बताए । उनले भने–‘काठमाण्डौमा समाचार लेख्ने पत्रकारहरुल विटवाइज समाचार लेख्ने गर्छन, मोफसलमा त्यो सम्भव छैन, धेरैलाई खेलकुद समाचार लेख्न अभिरुचि भएपनि तालिमको अभावका कारण लेख्न सकेका छैनन्, हुन त यो आधारभूत तालिम हो, यसले पनि समाचार लेख्न भने केही सहयोग पु¥याउँछ

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 797 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • ऐतिहासिक संरचनाको संरक्षण आवश्यक

    उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचना भइरहेको समाचार प्रकाशमा आएको छ । सो ऐतिहासिक गढीले पुरानै स्वरूप प्राप्त गर्दै गरेको समाचारले नेपालीहरूलाई पक्कै पनि सुखद् अनुभूति दिएको छ । हरेक क्षेत्रमा बेथिति र अराजकता मात्र व्याप्त भइरहेको बेला आएको सकारात्मक समाचारले सर्वसाधारणमा आशाको सञ्चार गरेको छ । यो स्वाभाविक पनि हो । तीन वर्षयता भइरहेको पुनर्संरचनाअन्तर्गत गढीको निर्माण कार्य अहिलेसम्म झन्डै ८० प्रतिशत पूरा भएको समाचारमा उल्लेख छ । यो गढी २५० वर्षभन्दा अघिको सो गढी ध्वस्त भएको थियो तर अहिले भग

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 529 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • चर्को व्याज विरुद्धको आन्दोलन आजबाट

    मोरङ / बैंकले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलित हुँदै आएका उद्योगी तथा व्यापारीहरुले विहीबार (आज) बाट पुनः आन्दोलन गर्ने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर स्थागित गरिएको आन्दोलन बिहीबारबाट ज ारी राख्ने परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले बताए । बुधबार बिराटनगरमा पत्रकार सम्मेलने गर्दै उद्योगी व्यवसायीहरुले ब्याजदर नघटाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अध्यक्ष घिमिरेले भने–‘ ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणाग गरेका हौं सरकारले हाम्रो मागलाई वेवास्ता गरेकोले बिहीबारदेखि ब्याजदर नघटुन्जेल बन्द हड्तालमै उत्रिन्दछौंै ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 618 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालले जोडियो :तराई झरेर जानुपर्ने बाध्यता हट्यो

    धरान / पहाडी तथा हिमाली जिल्लाहरु तराईसँग सडक सञ्जाल जोडिएको लामो समय बिते पनि पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान तराई झर्नैै पर्ने बाध्यता थियो तर पछिल्लो समय सडक विस्तार भएसँगै त्यो अन्त्य भएको छ । धनकुटामा करिब २०३८ सालदेखि नै सवारी साधन सञ्चालनमा आएका हुन् । धनकुटासँगै सीमाना जोडिएको पाँचथर जिल्लामा पनि करिब २०४२ सालदेखि यातायातको साधन सञ्चालनमा आएको बताइएको छ । बेलैदेखि यी जिल्लामा सवारी साधन तथा एक अपासमा सीमाना जोडिएको भए पनि धनकुटा सदरमुकामबाट पाँचथर सदरमुकाम जान तराईका सुनसरी, मोरङ र झापा र इलाम हुँदै करिब ३ किलोमिटर पार गरेर मात्र पुग्न सकिन्थ्यो । तर केही बर्ष यता पनि त्यो ब

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटको अभाव देखाउदै ट्राफिक भवन निर्माणको काम रोकियो

    झापा / नेपालीमा एउटा उखान छ, अर्काको काम कहिले जाला घाम । दमक ट्राफिक प्रहरी कार्यालयको भवनसँग ठ्याक्कै मिल्न गएको छ । एक बर्ष भित्रमा सम्पन्न गर्ने गरी २०७६  वैैशाखमै २३ गते १ नं. प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको थियो ।तर शिलान्यास भएकै तीन बर्ष बितिसक्दा भवनको काम बल्लतल्ल ६० प्रतिशतमात्रै पूरा भएको छ । झापाको दमक ५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण शुरु भएको भवनको लामो समयदेखि निर्माणको काम रोकिएको छ । बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिएको दमक ट्राफिक भवन निर्माण समितिका सचि

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरबाट आँखाको लेन्स बरामद

    विराटनगर / विगतदेखि नै नेपालको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तस्करहरु सक्रिय बन्दै आएका छन् । तर पछिल्लो समय नेपालमा आँखाको लेन्स तस्करी भएर आउने गरेको पाइएको छ । नेपालमा उत्पादन भएको आँखाको लेन्स भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात हुने भारतबाट तस्करी भएर लेन्स आयात गरेको अवस्थामा पक्राउ गरेसँगै सार्वजनिक भएको हो । भारतबाट तस्करी भएर आयात भएको आँखाको लेन्स प्रहरीले आइतबार विराटनगर १६ बाट बरामद गरेको छ । नेपालमा सस्तो, भरपर्दो र विश्वसनीय उपचार हुने भएकोले मुख्य गरी भारत र छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा विरामीहरु आउने गरेका छन् । प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको आँखामा लगाइने

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा प्रतिष्ठान उत्कृष्ट

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा नेपालकै उत्कृष्ट सेवा दिने संस्था बनेको छ ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघिय सरकारी अस्पताल तथा देशका स्वाथ्य विज्ञान प्रतिष्ठानहरुको राष्ट्रिय बार्षिक समीक्षा बैठकको प्रतिवेदनबाट वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट सावित भएको हो । समीक्षा बैठकमा पेश गरिएका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैक्षिक गुणस्तरमा सुधार आवश्यक

    सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर दिनदिनै बिग्रँदै गएको छ । केही अपवादलाई छाड्ने हो भने अधिकांश सामुदायिक विद्यालयको खराब प्रदर्शन चिन्ताजनक छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी उचित प्रतिफल दिन असफल भएको छ । यस्तै अवस्थालाई ध्यान दिएर अहिले विद्यालय तहलाई नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । त्यसैले विद्यालय तहको शैक्षिक स्तरमा सुधार ल्याउने जिम्मेवारी अब स्थानीय तहमा आएको छ । नयाँ संविधानले व्यवस्था गरेको सङ्घीय संरचनाअन्तर्गत तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूसँग बजेट परिचालन गर्ने अधिकार छ । अहिले स्थानीय तह पहिलेभन्दा शक्तिशाली र अधिकार सम्पन्न भएको छ तर सामुदा

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 549 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved