Top 4

    Showing 5,541-5,550 of 9,512 items.
  • बजेट र भौतिक संरचनाले सुधार हुँदैन

    मोरङ  / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई) ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियामा बोल्दिै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताए । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाश

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "समचार प्रभाव" बराहक्षेत्र शिक्षा शाखाद्वारा ७ कक्षाको नेपाली परीक्षा रद्ध

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका शिक्षा शाखाले बराहक्षेत्रमा रहेका विद्यालयले गरेको मंगलबार लिएको नेपाली विषयको परीक्षा रद्ध गरेको जनाएको छ । मंगलबार गरेको नेपाली विषयको परीक्षामा व्यापक त्रुटी भएको विषयमा कोशीपत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेपनि बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको ध्यानाकर्षण भएको थियो । त्रुटी भएको विषयगत परीक्षालाई बुधबार शिक्षा शाखा बराहक्षेत्रले परीक्षालाई रद्ध गरेको सूचना प्रकाशित गरेको छ । शिक्षा शााखा प्रमुख देबेन्द्रबहादुर मल्लद्वारा हस्क्षरित सूचनामा सबै सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयलाई सम्बोधन गर्दै २०७९ को अर्ध बार्षिक परीक्षाको मंगलबार भएको

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 776 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीको आन्दोलन स्थगित

    मोरङ /  नवनियुक्त अर्थमन्त्री विष्णु पौडेले व्यवसायीका विषयमा छलफल गर्न वार्तामा बोलाएपछि निरन्तर आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले हाललाई आन्दोलन स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । उनले भने–‘नवनियुक्त अर्थमन्त्री ज्यूले वार्तामा बोलाउनु भएको छ, समस्या समाधान हुने अपेक्षा हामीले राखेका छौंं, वार्तामा बोलाएपछि हामीले हाललाई आन्दोलन स्थगित गरेका हौंै ।’ उनले वार्तामा बोलाएसँगै सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताए । उनले भने–

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 696 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नव निर्मित प्रहरी कार्यालयको उद्घाटन

    तेह्रथुम / ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मंगलबार बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । भवन उदघाटनपछि बोल्दै प्रदेश प्रमुख प्रहरी गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने बताए । उनले भवन निर्माणले कार्यक्षेत्रमा समेत प्रहरीलाई सहज हुने बताए । उनले प्रहरीलाई भवन प्राप्त भएसंगै नागरिकहरुको जिउधनको सुरक्षामा खटिन मातहतका प्रहरीहरुलाई निर्देशन समेत दिए ।   नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आ

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानव बेचविखन भयावह बन्दै

    मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । माइती नेपाल मोरङले मंगलबार महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राखे । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उनको भनाई थजयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए । माइती

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरको अनुगमन १७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री

    मोरङ / विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको पाइएको छ । विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको हो । महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ । मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए । अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकले सरसफाइ नगरी खाना तयारी गर्ने लगायतका कमजोरी फेला

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 502 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जाडो बढेसँगै भक्काको व्यापार बढ्यो

    विजयपुर / जाडो बढेसँगै भक्काको व्यापार बढेको छ । अहिले भक्का बनाएर व्यापार गर्र्नेहरुलाई भ्याई नभ्याई रहेको छ । चामलको पिठोबाट बनाइएको भक्का अचारसंग तातो तातो खाँदा जाडो हराउने भक्का खान आउनेहरुले बताएका छन् । जाडो महिनामा गर्मी महिनामा भन्दा भकाको परिकार निकै लोकप्रिय बन्ने गरेको छ । जाडो महिनाभरि भकाकाको राम्रो व्यापार हुने धरान ९ आचार्यलाइनमा भक्का बेच्दै आएकी देवीकुमारी राजधामीको भनाई छ । उनले भनिन्–‘अन्य बेला भक्काको ब्यापार राम्रो नभए पनि जाडो महिनामा भक्काको व्यापार राम्रो हुन्छ, धेरैले जाडोमा भक्का मना पराउने गर्छन् ।’ उनका अनुसार भकाको ब्यापार मंशिर महिनादेखि थ

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रशंसनीय काम

    देशमा निराशा मात्र छैन, केही सकारात्मक कामहरू पनि हुँदैछन् भन्ने आशा जगाउने केही घटना र अभियानहरू छन् । सबै जनप्रतिनिधिहरू गफाडी वा सामाजिक सञ्जालमै झुण्डिएर दिन बिताउनेहरू छैनन्, केहीप् जनप्रतिनिधिहरूले सार्थक अभियान पनि सञ्चालन गरिरहेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि आफूलाई यसरी आशा जगाउने केही स्थानीय तहहरूको लहरमा उभ्याएको छ । वास्तवमा परिवर्तनका लागि ठूलै काम गर्नु पर्दैन । स–साना कामले पनि ठूल्ठूला सकारात्मक परिणाम दिन सक्छन् । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला लालीगुराँस नगरपालिकाले आफ्नाे क्षेत्रलाई जैविक (अग्र्यानिक) कृषि उत्पादन नगरपालिका ब

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 543 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • ‘गठबन्धनको कारण काँग्रेस पाँच वर्ष पछि पर्‍यो’

    धरान / नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गरेकै कारण नेपाली काँग्रेस पछि परेको बताएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र छुटिएर नेकपा एमालेसँग मिलेर सरकार बनाएसँगै नेता डा. कोइरालाले यस्तो धारणा राखेका हुन् ।  उनले सभापति शेरबहादुर देउवाको सत्तामोहका कारण अहिलेको अवस्था आएको बताएका छन् । नेता डा. कोइरालाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् । कोइरालाले जारी विज्ञप्तीमा भनेका छन् ‘संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकको दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई पाएको छ ।सर्वप्रथम

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रश्नपत्र निर्माणमा बराहक्षेत्र शिक्षा समितिको लापर्बाही

    चक्रघट्टी / बराहक्षेत्र नगरपालिकाको शिक्षा समितिअन्तर्गत परीक्षा समितिले तयार गरेको कक्षा ७ को प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेको छ । दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको छ । नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका छन् । ‘पढाइ भएको पाठअनुसार प्रश्नहरु छैनन्, पुरानो पाठ्यक्रमअनुसार प्रश्नहरु सोधिएको पाइयो,’ वराहक्षेत्रस्थित एक विद्यालयका विषय शिक्षकले भने, ‘विद्यार्थीहरुमा अन्योलता भएपछि हामी

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved